Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुगौली सन्धि लादिएको थियो

२४ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

रोशन कार्की -

१. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्‍यो जसमा ले136िटनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो। नेपाललाई ती शर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन। त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो। राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न बाध्य बन्यो।

२. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्षर गर्न चााहदैनथे। तर नेपाल बाध्य बन्यो यसका शर्तहरू मान्न। पण्डित गजराज मिश्र र चन्155शेखर उपाध्यायले सुगौली भन्ने ठाउामा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे।

३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा हस्ताक्षर गरयो। सन्धि सोही दिनदेखि लागू गरियो।

सन्धिको वैधता

१. सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मंजूर गरिनु पर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाण युद्ध बिक्रमबाट यस्तो गरेको कुनै रिकर्ड छैन।

२. ब्रिटिशलाई नेपालले सन्धिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र सन्धिको एक प्रति चन्155शेखर उपाध्यायलाई सुम्पियो 219

फागुन २१ गते सुगौली सन्धि खारेज गरभन्दै युवाहरुको जुलुस भारतीय दूतावास घेर्न पुग्यो। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अगुवाईमा गएका युवाहरुको गगनभेदी नारा सुन्न नसकेर राजदूतले प्रधानमन्त्रीलाई के हो यो? भनेर चेतावनीपूर्ण फोन गरेपछि राज्यशक्ति आफ्नै देशका यूवाहरुविरुद्ध खनियो र ११ जनालाई पक्राउ समेत गरियो। ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालका अनुसार सुगौली सन्धि भएको २ सय वर्ष पुगेको दिन लैनचौरस्थित भारतीय राजदूतावास अगाडि सन्धिविरुद्ध प्रदर्शन गरिएको हो। ग्रेटर नेपालका कार्यकर्ताहरुले नारा लगाएका थिए– सुगौली सन्धि मान्दैनौं, अतिक्रमित भूमि फिर्ता गर। यो कार्यक्रम नेपाली जनतालाई चेतना फैलाउन गरिएको बताइएको छ।

यो समस्या नेपाल सरकारले बेलायतसरकारको मध्यस्थताका साथ भारतसँग कुरा गर्नुपर्ने समस्या हो। समस्या नभएसम्म आन्दोलन जारी रहने ग्रेटर नेपाल मोर्चाले जनाएको छ। सुगौली सन्धि त्यही सन्धि हो, जुन सन्धिका कारणले नेपालले एकतिहाई भूभाग गुमाएको थियो। यो सन्धिलाई अवैध सन्धि जिकिर गरिएको छ।