Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

भारतको अर्को कूटनीतिक जोल्ट

२४ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

प्रधानमन्त्री केपी ओली चैत ७ गते चीन जाने निश्चित भएपछि भारतले नेपाललाई कूटनीतिक जोल्ट दिन चैत ४ गते विदेशमन्त्री सुषमा स्वराजलाई नेाल पाउने निर्णय गरेको छ। यसबाट थाहा हुन्छ, नेपालले चीनसँग के गर्छ, के गर्दैन, के गर्नुहुन्छ, के गर्नु हुँदैन भनेर भारत गाइड गर्न खोजिरहेको छ।

निश्चय नै पोखरामा सार्क विदेशमन्त्रीहरुको सम्मेलन हुँदैछ। यही सम्मेलनमा सहभागी हुन सुषमा स्वराज नेपाल आउन लागेकी हुन्। तर उनले विदेश सचिव जयशंकरलाई पनि साथै ल्याउने भएकी छिन्। स्वराजले नेपालमा सञ्चालित भारतीय सहयोगका आयोजनाहरुबारे विशेष छलफल गर्नेछिन्, उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री सबैसँग भेट्ने कार्यक्रमसमेत तय गरिसकेकी छिन्। यो कागताली परेको होइन, भारतले ओलीको चीन भ्रमणलाई नियोजित रुपमा साँघुरो पार्न खोजेकी हुन्। कूटनीतिज्ञहरु यो घटनालाई भारतको जोल्ट भनिरहेका छन्।