Advertisement Banner
Advertisement Banner

१९ आइतबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत

१८ शुक्रबार , आश्विन २०८११० महिना अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत

काठमाडौं असोज १७, पूर्वराजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरूका साथमा भुटानी राजपरिवारको निमन्त्रणामा भुटान जानुभएको छ । पूर्वराजाको भुटानमा भव्य स्वागत गरिएको छ । पूर्वराजा भुटानको ड्रुक एयरको नियमित उडानमा जानुभएको हो । भुटानका राजा नेपालमै जन्मेका कारण पनि नेपाल र भुटानवीच गहिरो सम्बन्ध छ । पूर्वराजाले भुटानमा रहेका केही मठमन्दिरको पूजाआजा, भुटानका राजासँग मैत्रीवार्ता गरेर फर्कने कार्यक्रम रहेको छ । यद्यपि केहीले सन्देश र संकेतका रुपमा राजनीतिक अर्थ पनि लगाएका छन् ।

पूर्वराजालाई राजकुमारीले स्वागत गर्नुभएको थियो ।