Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पूर्वराजा निस्कनै लागे: अव के होला?

०८ सोमबार , चैत्र २०७२९ बर्ष अगाडि

शाश्वत शर्मा -

पूर्वराजा पशुपति दर्शन गर्नजाँदा ओली सरकारले सुरक्षा प्रवन्ध गर्न पसिना काढ्नुपर्‍यो। यही चैत महिनाको मध्येदेखि पूर्वराजा पूर्वी र मध्य तराईमा धार्मिक भ्रमणमा निस्कदैछन्। विराटनगरमा हुने नागरिक अभिनन्दन ग्रहण गरेर सुरु हुने यो पूर्वराजाको भ्रमण झापादेखि पर्सासम्म, हिमालदेखि तराईसम्मको हुनेछ। त्यतिबेला पूर्वराजाको पक्षमा ओइरिने जनभीड र जनताले लगाउने राजतन्त्रवादी नारालाई रोक्ने हिम्मत संविधान कार्यान्वयन गर्न नसक्ने 'लाक्षी'मा पक्कै हुनेछैन। त्यहीकारण बुद्धिजीवीहरु भन्छन्– पूर्वराजा निस्किए भने के होला?

त्यसो त एक नेपालीले आफ्नो मुलुकको जुनसुकै भूभागमा जुनसुकै समयमा पनि आवतजावत गर्नु सामान्य कुरा हो। तर ज्ञानेन्द्र शाह पूर्व राजा भएकाले उनको भ्रमणको महत्व छुट्टैछ। खासगरी मुलुक अहिले अत्यन्त कठिन परिस्थितिबाट गुजि्रदै गरेको र वर्तमान सत्ता सञ्चालकहरु, जो कथित जनआन्दोलनका उपज हुन, सबै क्षेत्रमा असफल शिद्ध भइनै सकेकाले र केन्द्रविजनदमा पुन पूर्वराजा चर्चामा देखिएकाले पनि यो भ्रमणको महत्व देखिएको हो। झन काठमाडोंले बिभेद गरेको भन्दै तराई मधेशमा विगत ७ महिनादेखि चलिरहेको अधिकार प्राप्तिको आन्दोलनको कारणले गर्दा पनि पूर्वराजाको यो मधेस भ्रमणलाई एकथरि मानिसहरु ज्यादा उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका देखिन्छन्। भन्नेहरु त, पूर्वराजाको मधेस भ्रमणकै कारण मधेसी मोर्चाको फाइनल आन्दोलन वैशाख सरेको भन्छन्। जेहोस्, पूर्वराजा देशाटनमा निस्कदैछन् र वर्तमान अराजक र जनताप्रति गैरजिम्मेवारीपूर्ण शासनव्यवस्थाबाट असन्तुष्ट भएका पूर्वराजाको यसपटकको मधेस भ्रमण राजनीति प्रवेश गरें भन्ने सन्देश हुनसक्छ।

अधिकार पाइएन भन्ने मधेसी मोर्चा र राष्ट्रै टुक्य्राउन खोजिरहेका सीके राउतका पल्टनको दबदबा जाँच गर्न पनि पूर्वराजाको लोकप्रियताले निर्णायक भूमिका खेल्ने निश्चित छ। राजनीतिक पार्टी, राज्यले समेत देशको बिखण्डनबारे मौनता साधिरहेको र देशलाई संकट परे सेना परिचालन हुन्छ भनेर नेपाली सेनाले मुख खोलिसकेको स्थितिमा पूर्वराजाको भ्रमणले बिधर्मी र बिखण्डनवादीहरुलाई किनारा लगाइदिने र देशमा राजनीतिक सहमतिको अनिवार्य सर्तको ढोका खोल्न राजनीतिक दलहरुलाई बाध्य पारी छाड्ने काम समेत पूर्वराजाको देशाटन हुनसक्ने सम्भाबना विश्लेषकहरु देखिरहेका छन्।

हो, सत्ता स्वार्थन्ध बनेका केही पार्टीले पूर्वराजाको देशाटनलाई प्रशासन लगाएर र षडयन्त्र गरेर केही रोक लगाउने प्रयास गर्नसक्छन्। पूर्वराजाका प्रति जनताको झुकाव र जयजयकारको नारा नलागोस् भनेर रोक्ने प्रयत्न पनि हुनसक्छ तर पूर्वराजाको भ्रमणको निम्तो दिने नागरिक समाजका व्यक्तिहरु आफै खटिएकाले पूर्वराजाको महत्व बढ्ने र दलहरुको महत्व घटेको देखिने निश्चित छ। पहाड र तराईलाई मिलाउन सक्ने, सबै नेपाली समान हुन् भनेर एकतावद्ध पार्नसक्ने भनेको शक्ति नै पूर्वराजामा निहित देखिन्छ। देशको राष्ट्रियता र सन्तुलनको यो सूत्रको महत्व अव सबैले बुझ्न थालिसकेका छन्। जेभए पनि एउटा कुराचैं पक्कका के हो भने वर्तमान संविधान र संविधानको जगमा बनेको सम्पूर्णा संरचनाको आधार दलीय भागबण्डा, भ्रष्टाचार, माफियाकरण, तस्करी भएकाले ती सबै कामै नलाग्नेगरी मक्किसकेको र पुनः उपयोग हुन नसक्ने भएकाले अव नेपालका नेपालीहरुले पूर्वराजाको आधार खोजेका हुन्। थााइलेण्डमा जे भयो, बेलायतमा जस्तो घटना घट्यो, नेपालमा त्यो इतिहास दोहोरिदैन भन्न सकिने स्थिति रहेन। किनभने, जनयुद्धमा १७ हजार मारिए। जनताको लाशमाथि चढेर केही नेता सत्तामा पुगे। जनताले के पाए? अहिलेसम्म बेपत्ता पारिएका, मारिएकाका परिवारजन रगतको आँसु पिएर भुटभुटिइरहेका छन्। न्याय कता हो कता?

०६३ सालको जनआन्दोलनमा राजा झुके सफल भयो। थोरै रक्तपातमै लोकतन्त्र आयो। बिना जनादेश हिन्दूराष्ट्रलाई धर्मनिरपेक्ष र संघीय गणतन्त्रमा लगियो। यही बिबादले देशलाई धरासायी पारिरहेको छ। जातीय एकताको आधारहरु चुँडिन पुगेका छन्। एक नेपाली अर्को नेपालीप्रति सशंकित भइरहेको छ। विश्वासको आधार र नैतिक धरातल दुबै जोडन राजनीतिक नेताहरुले खडा गर्न सकेनन्। राजनीति अराजक बन्नपुगेको छ। आज देशमा अविश्वास र अराजकताको कारण लोकतन्त्रको आवरणमा नेतातन्त्र चलिरहेो छ। बिधिको शासनलाई नेताको शासनमा रुपान्तरण गरिएको छ। यी सबै कारणले गर्दा पनि भत्किएको पुलको सम्झना देशभरिका जनताले गर्न बाध्य भएका हुन्, यथार्थ यही हो।