Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

चीन र भारतले लिपुलेक खोले

०८ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-

तातोपानी नाका मानवीय दृष्टिबाट खोल्न सकिन्न, भन्सार र क्वारेन्टाइन पनि राख्न सकिन्न भन्ने जवाफ दिएको चीनले भारतीय मानसरोवर तीर्थयात्रीहरुलाई लिपुलेकबाट आवतजावत गर्ने सुविधा उपलव्ध गराएको छ। तातोपानी नाका बन्द भएपछि चीनले लिपुलेक मार्गलाई सहज बनाएर चल्तीफिर्तिको बनाउने र यही नाकाबाट भारतसँग व्यापार बढाउने उद्देश्य राखेको देखिन्छ।

लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग हो। तर यही भूभागबाट भारत र चीनले व्यापार बढाउने सम्झाैता गरेका छन् र नेपालमाथि अन्याय गरेका छन्। प्रधानमन्त्री केपी ओली चीन पुगेका छन् र चीनमा लिपुलेकबारे कुरा उठाउन र त्रीदेशीय व्यापार सम्बन्धमा नेपाललाई गाँस्ने कुरा उठाउन जरुरी छ। जानुअघि विज्ञहरुले, नागरिक समाजले सुझाव पनि दिएका छन्। ती नागरिकस्तरका सुझावलाई ओलीले कति कार्यरुपमा उतार्ने छन्, हेर्ने विषय बनेको छ।

मानसरोवर हिन्दू र बौद्ध तीर्थयात्रीका लागि महत्वपूर्ण मानिन्छ। साहसी टे्रकिङका लागि समेत मानसरोवरको नाम चर्चित छ। पहिले पहिले भारतीयहरु तातोपानी नाकाबाट मानसरोवरको यात्रा गर्नेगर्थे। भूकम्पले तातोपानी नाका अस्तव्यस्त पारिदिएपछि तातोपानी नाका बन्द गरेर लिपुलेक मार्ग चीनले भारतीय तीर्थयात्रीहरुलाई उपलव्ध गराएको छ। जुन भित्री रुपमा रणनीतिक देखिन्छ।

अव मानसरोवर यात्रीहरु नेपाल आउने छैनन्। धार्मिक पर्यटनबाट हुने आम्दानीबाट समेत नेपाल बन्चित हुनपुगेको छ। मानसरोवर दर्शन गर्न जाने र फर्कदा पशुपतिनाथको दर्शन गर्ने प्रचलनमाथि समेत नयाँ मार्गले असर पुर्‍याएको छ। नेपालको लिपुलेक भारत र चीनले मिलेर व्यापार सन्धि गरे, अव पर्यटकीय मार्गका रुपमा विकास गर्न थालेका छन्। भारतले भर्खर झण्डै हजारजनालाई मानसरोवरको यात्रा लिपुलेकबाट यात्रा गर्ने चाँजोपाँजो मिलाएको छ। टाइम्स अफ इण्डियाले समेत झण्डै एकलाख साठी हजार खर्च गरेर भारतीय तीर्थयात्रीहरु लिपुलेक हुँदै मानसरोवर यात्रामा जाने व्यवस्था भएको समाचार छापेको छ। स्मरणीय छ, सिक्किमको नाथुला नाका पनि चीनले खोलेको छ। यो नाकाबाट मानसरोवर जानेहरु पनि बढेका छन्। यो नाका बढी खर्चालु भएकाले अव लिपुलेक नाकाबाट भारत र चीनवीच धार्मिक पर्यटन सम्बन्ध र व्यापार बढ्ने देखिन्छ। \u000a    तर, लिपुलेक नेपालको। नेपाल यस सम्बन्धमा जिल्लाराम परेर बसेको छ।