Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सांस्कृतिक छात्रवृत्तिले आर्जन गरेको विद्वता

१५ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

स्वयम्भूनाथ कार्की :

दक्षिण एसिया क्षेत्रिय सहयोग संगठन, सर्वोच्च शिखर धारण गरेको गौरव होस वा शान्तिदूत भगवान बुद्धको जन्मथलो, नेपालसंग गौरव गर्न धेरै कुराहरु थिए। ति मध्ये कतिकुरा प्रकृति प्रदत्त थिए भने नेपालीले आफ्नो बल, बुद्धि तथा वर्गतले कमाएको साखको सुची पनि कम थिएन। आफ्नो साम्राज्यमा कहिले सूर्य अस्त नहुनेे दम्म गर्ने बेलाईतले पनि अधिनस्थ गर्न नसकेको केहि एसियाली देशमध्ये नेपाल पनि थियो। पुर्खाहरुले पराधिनताले प्राप्त हुने भौतिक लाभ भन्दा अभावको नै भए पनि स्वाधिनता नै रोजे। फलतः जब बेलाइतले भारत छोडेर गयो आफ्नो सुविधाको निमित्त बनाएको भौतिक पूर्वाधार न लैजान सक्यो, न भत्कायो नै। त्यस बाहेक अनेक परम्परा र रितिरिवाजको जग पनि बसाएर गयो।

    हिमवत खण्डमा नेपालले आफ्नो अलग अस्तित्व र परिचय कायम राख्दा यसको डाहा पनि धेरैलाई भयो नै होला। सांस्कृतिक छात्रवृत्ति दूतावासले बाँडने र त्यसलाई आफुले नेपालमा स्थापना गर्न चाहेको व्यक्तिको सिफारिसमा दिने दीर्घकालिन चालले नेपालमा एक अलग्गै किसिमको शिक्षित वर्ग जन्मायो। कर्मकाण्डी र पंण्डितहरु त बनारसबाट पढेर आउदा संकल्पमा हिमवतखण्डे भन्नको साटो भरतखण्डे र नेपाल देशे भन्नको साटो भारतबर्षे भनेर भन्दछन्। पुरोहितले पढेको श्लोक सर्वसाधारण सबैले बुझ्न नखोज्ने हुँदा यसको त्यति खास नेपाली भावनामा नकारात्मक असर परेको पाईन्न, तर सांस्कृतिक छात्रबृत्ति अन्तरगत विदेशको लगानीमा पढेर आएका श्ििक्षतले नै नेपालका बालबालिकालाई शिक्षा दिदा नेपालको गौरवलाई भन्दा आफुलाई शिक्षा दिने मुलुकको महानता बोध गराउने गर्दछन्।

चेतनाको स्तरमा भएको यो अतिक्रमणले विस्तारै नयाँ पिढीले पुर्खाको कामलाई हिन देख्ने र विदेशलाई उच्च ठान्ने बानी विकास गर्दै लग्यो। नेपाली भाषाको विरोध गर्ने तर मजदुरी गर्न जान विदेशी भाषा सिक्न प्रयाप्त समय र पैसा ऋण लिएर भए पनि खर्च गर्ने चलन नेपालमा सर्वत्र व्याप्त छ। आफुलाई संास्कृतिक छात्रबृतिको सिफारिस गर्नेको केही भए पनि गुण तिर्ने सदिक्षाले उनीहरुको गुण गाउँने र लोलो मिलाउने कार्य भएको पनि प्रष्ट देख्न पाईन्छ। आफ्नो जन्मभूमिलाई भन्दा अर्कालाई नै मान दिने, आफ्नो परम्परालाई भन्दा आयातित परम्परालाई अपनाउने यो संस्कृतिक अतिक्रमण कुनै बिबाह समारोहमा प्रत्यक्ष देख्न पाईन्छ। बालन वा सिलोक हाल्ने कोही छैनन तर जुत्ता लुकाउने आयातित संस्कृति अनिवार्य बनेको छ।

शी भन्ने शब्दले भारतीय भन्ने जनाउँछ, विदेशी भन्ने शब्दले भारतीय भन्दा बाहेकका देश भन्ने जनाउँछ। यो नै शिक्षाको सुरुवातमा पाठशालामा पढाउन ल्याएका शिक्षकहरुले दिएको ज्ञान हो। न त बनारसबाट शिक्षित पंडित पुजारीले यो कुरा तोडन सके न संस्कृतिक छात्रबृतिद्वारा शिक्षितले तोडन चाहे। विवश भएर आफ्नो देशमाथि गौरव गर्नेहरुले स्वदेशी भन्ने शब्द चलाए जसको अर्थ भने नेपाली हुन्छ। शिक्षामा नेपाली पाठ्यपुस्तकको अभावको बहानामा शिक्षामा अतिक्रमण नहोस् भनेर जुर्मुराउने आदरणीयजनहरु अझै हुनुहुन्छ। आज न वहाँहरुको त्यो मेहनतको अर्थ नै रहेको छ, न चिन्न नै खोजिएको छ। बरु नेपालमा नेपाली भाषामा पनि कही शिक्षा हुन्छ भनेर वहाँहरुलाई हियाउने काम भने भएको छ। संभवत यसैले होला वा थाकेर हो नेपालको संस्कृति, परम्परा इत्यादिमा भएको नाङ्गो अतिक्रमणको मौन तमासे भएर रहनु भएको छ।

नेपालीले नेपालको गौरव पुनस्थापना गर्ने हो भने अब प्रत्येक नेपाली विद्वानहरुको व्याख्यान सुन्दा यो राष्ट्रगौरव मर्दन गर्ने छ छैन त्यो विचार पुर्‍याइनु पर्दछ। यदी राष्ट्रगौरव मर्दन गर्ने किसिमको लागेमा वहाँले कसरी शिक्षा प्राप्त गर्नुभएको थियो त्यो खोतल्न आवश्यक छ। कुनै नेता वा प्रणालीको वकालत गर्नेहरुको शिक्षा दिक्षाको स्थान र अबस्था खोज्न अति जरुरी छ। यसमा वहाँहरुको कुनै दोष छैन शिक्षा दिक्षा दिने बेलैमा नजानिदो प्रकारले यो भावना वहाँहरुमा घुसाईएको छ। अव नेपालीले चिकित्सक भएर संस्कृतिक छात्रबृतिको नाममा विचारमा मिसाईएका यस्ता देशद्रोहका बिषको उपचार गर्नु पर्दछ। यस्तो विष सबैमा हुँदैन र मात्रा पनि एक नास हुँदैन तसर्थ संस्कृतिक छात्रबृतिमा ज्ञान आर्जन गर्ने सबैमा बिष छ नै भन्ने भने होईन। यस्ता बिष बहुसंख्यकमा पस्न पाएको छैन थोरैमा मात्र छ। यही कारण हो कि नेपाल भन्ने मुलुकको अस्तित्व र वर्चश्व कायम  छ। (२०६७।३।१५ (रि)