Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

उद्यमी र कर्मचारी तनतनी ग्याँस पिउनथाले

१५ सोमबार , चैत्र २०७२९ बर्ष अगाडि

ग्यासको अभाव जारी छ। पर्याप्त ग्यास आयात भइरहेको छ, तर उपभोक्ताले ग्यास पाइरहेका छैनन्। ग्यास कहाँ जान्छ? देशभरि प्रश्न उठेको छ तर यो प्रश्नको जवाफ आपूर्तिमन्त्रीसँग समेत छैन।भारतीय नाकावन्दी खुलेको दुई महिना भइसक्यो, अझै पेट्रोल, डिजल, मटितेलको कालोबजार जारी छ, ग्यासको कालोबजार त डरलाग्दो रुपमा फैलिएको छ। डिलरले ग्यास पाउँदैनन्, कालोबजारमा जति पनि पाइन्छ। यसको अर्थ उद्योगी र आयल कर्मचारी नै ग्यास तनतनी पिउन थालेका छन्। आयल निगम, उद्योगी, विक्रेताहरुको मत बाझिएको छ। आयलका कर्मचारी र उद्यमी मिलेर ग्यास कालोबजारमा पठाइरहेका छन् र उपभोक्ता मारमा परिरहेका छन्। ग्यास विक्रेता महासंघका महासचिव चन्द्रबहादुर थापाका अनुसार ग्यास उद्योगीका कारण नै बजारमा ग्यासको अभाव देखिएको हो।  भारतबाट दिनहुँ पर्याप्त ग्यास आयात भइरहेको छ, उद्योगीहरु मनोमानी रुपमा ग्यास विक्री गरिरहेका छन्। ठूला होटल, कारखानालगायतका व्यवसायीहरुका ढोका ढोकामा उद्योगीले नै ग्यास आपूर्ति गरिरहेका छन्। ग्यासमा कालोबजार व्याप्त छ। नियमन हुनसकेको छैन। नियमन हुननसक्नुमा आयलका कर्मचारी र आपूर्ति मन्त्रालयसमेत कमिशनमा फसेको छ।

आम नागरिकहरुले भनेका छन्– सिलिण्डर एकैनासको बनाइयोस्, त्यसो भयो भने ग्यास सहज हुनसक्छ। आपूर्ति मन्त्री स्मार्ट कार्डमार्फत ग्यास आपूर्ति गर्ने सोच बनाइरहेका छन्। यथार्थमा आयल निगमको भ्रष्टाचारमा आँखा चिम्लिने आपूर्ति मन्त्री गणेशमान पुन सबैभन्दा प्रभावहीन मन्त्री हुनपुगेका छन्। उनको विरोध एमाओवादीको केन्द्रीय समितिमै भएको सुनियो।

यस्तै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हालसम्म पनि ग्यासको अभाव कायम हुनु नेपाल आयल निगम, ग्यास उद्योगी तथा बिक्रेताहरुको भ्रष्टाचारी चरित्रले गर्दा हो। उनले भने, ग्यास उद्योगी र बिक्रेताको चपेटामा आम ग्यास उपभोक्ताहरु परेका छन्, अनुगमनको क्रममा ग्यास उद्योगीहरुले ग्यास नदिएको भन्दै बिक्रेताहरुले आरोप लगाएपछि ग्यासमा ठूलै चलखेल भइरहेको खुलासा भएको छ। आयल निगम भने अझै जनताको आँखामा भ्रम छरिरहेको छ, केही दिनमा सहज हुन्छ भनिरहेको छ। कति कमाएपछि ग्यास सहज हुने हो, यसै भन्न सकिन्न।