सुरेशकुमार पाण्डे - - - -
संगठन केहो र संगठन किन चाहिन्छ भन्ने कुरा भारत स्थीत नेपालीहरू सँग सिक्न सकिन्छ । खास गरि प्रवाशी नेपालीहरूको लागि त संगठनले बिशेष महत्व राख्दछ । भनिन्छ माछालाई पानी जस्तै मान्छेलाई संगठन अनिवार्य छ ।
आज पनि हामी भारततर्फ पुग्यौँ भने भारतका बिभिन्न सहरहरूमा बिभिन्न पेसामा संलग्न भएका नेपाली श्रमजिविहरू भेटिन्छन् । यी नेपालीहरू मध्य धेरैजसो संगठित भएकाछन् । जहाँ उनीहरू संगठित अवस्थामा छन् त्यहाँ नेपालीहरूले आफ्नो हक अधिकार प्राप्त गरेका हुन्छन् । जहाँ असंगठित अबस्थामा छन उनिहरू प्रायःजसो नारकिय जीवन यापन गर्न बाध्य छन् ।
मानिसहरूले एकता पहिले–पहिले जनावरहरू सँग आफ्नो रक्षाको लागि चाहिन्थ्यो । त्यसका साथै सामुहिक सिकार वा आहारा जुटाउँन मानिसहरूको एकता अनिवार्य हुन्थ्यो । सामन्तवादी युगमा मानिसहरूले सामुहिक कृषिमा योगदान दिने वा पर्मबाट उत्पादनमा एक आर्कालाई सहयोग पुराउँने प्रयास गरेको देखिन्छ । त्यो वेला बिनिमय कार्य प्रणाली अप्नाउने चलन थियो । जस्तै अन्नले दही, दुध, घ्यू,मह, लुगा लगायतका बस्तुहरू बिनिमय गरिन्थ्यो । त्यस्तै आफुले आर्को सँग काम साटासाट पनि गर्ने चलन थियो ।
पछि दिन बित्दै गए मानिसलाई अन्य पसु पंक्षीको भन्दा मानिसबाट जोगिनपर्ने भयो । सामन्तबादी युग देखी अहिलेको पुँजिवादी युगको यो द्वौरमा गरिब श्रमजिविहरूलाई शोशक फटाहा सँग जोगिनका लागि आफु जस्तै श्रमजिविहरूको एकताको खाँचो पर्दै गयो । अंझ हामि नेपालीहरूको लागि परदेशको बाटो खुलेपछि त आआफ्नो जीवन निर्वाह गर्न परदेशतिर लाग्न बाध्य भयौँ । यस्तो अबस्थामा आम नेपालीहरू आर्काको देशमा आफ्नो र आफु जस्तै नेपालीको सहयोगको लागि संगठन अनिवार्य भयो । यसै सिलसिलामा सन् १९७९को दिन भारतको प्राचिन सहर बनारसमा ७ जना बुद्दीजिविहरू द्वारा अखिल भारत नेपाली एकता समाजको गठन गरिएको थियो ।
अहिले भारतमा बिभिन्न प्रकारका संगठनहरू अस्तित्वमा छन् । पहिले पनि जातिय क्षेत्रिय संगठनहरू थिए । कसैले मन्दीर धर्मशाला, पुल बनाउने भन्दै चन्दा सङ्कलन गरिरहन्थे । भारत स्थित नेपालीहरूको पसिनामा ब्रमलुट गर्ने परम्परा पनि हुँदै आएको देखिन्छ ।
भारतमा त्यो वेला दुई प्रकारका नेपालीहरू देखिन्थे । पहिलो सन् १८१५÷१६को सुगौली सन्धिमा जमिन सँगै काटिएर भारतिय भएका नेपाली र आर्का थरि सन् १९५० को शान्ति तथा मन्त्रि सन्धिबाट पुगेका प्रवाशीहरू ।
आखिर उनिहरूको दुइ प्रकार भएपनि समस्या भने मिल्दो जुल्दो देखियो । त्यसैले गर्दा पनि अखिल भारत स्तरको एउटै जुझारू संगठनको खाँचो थियो । त्यो वेला केही बुद्धिजिविहरूको सुझबुझले अहिलेसम्म नेपाली श्रमजिविहरू लावारिश हुनुपरेको छैन । हुन त यो संगठनबाट समय समयमा फुटेर बेग्लै संगठन बनाएकाहरूले आफुलाई सही साबित गर्ने सक्दो प्रयास गर्दै आएका छन् ।
स्थापनाको वेला गोबिन्द सिंह थापाको नेतृत्वमा, रामचन्द्र शर्मा, पदम राना, दण्डपाणी न्यौपाने, राजु नेपाली, रतन बहादुर, दुर्गा प्रसाद शर्मा यो संगठनको संस्थापकहरू हुनुहुन्थ्यो । यिनै सात जना संस्थापकहरूले भारतमा अखिल भारत नेपाली एकता समाजको गठन गरेर अभिभावकत्व दिनुभएको हो ।
अहिले उहाँहरू मध्ये केही हुनुहुँदैन । कतिपय अहिले पनि कार्यरत हुनुहुन्छ ।
उनिहरूले गरेको काम र बिचारले सदियौँ सम्म उनिहरूलाई जीवित राख्नेछ । यो छुट्टै कुरा हो कतिपय व्यक्तिहरू छुट्टै राजनीतिमा सामिल भएर नेता मन्त्री वा सभासद पनि भएका छन् । भारत स्थित नेपालीहरूको हक हितको आवाज उठाउने स्वयम भारत स्थित संगठनले नै हो । भारतमा १९७९ भन्दा पहिले संगठन नभएका पनि होइनन् । जातिय क्षेत्रिय र इलाकिए आदिका संगठनहरू प्रसस्तै थिए । अखिल भारत स्तरको संगठन भारतमा पहिलो पटक नेपालीहरूको अखिल भारत नेपाली एकता समाज नै हो ।
भारतमा मात्र होइन जहा जहाँ नेपाली श्रमजिविहरू छन् त्यहाँ नेपालीहरूको लागि संगठन नभै नहुने हुन्छ । त्यो वेलाको यो संगठनले नेपालीहरूको आधारभूत जरूरत पुरा गर्न सफल भयो ।
देशभित्र निरङ्कूश व्यवस्था । गुण्डाहरूको बिगबिगी । आर्कोतिर परदेशमा श्रमजिविहरूको दयानिय र अपहेलित अबस्था प्रशासनको मिलिभगतमा ठगी, लुट, कुटपिट र नेपाली महिलाहरूमाथि बलात्कार बेचबिखान । शाररिक र मानसिक शोषण र सिमानाहरूमा प्रसासनको र गुण्डाहरूको मिलिभगतमा सोझा नेपालीहरू माथि अमानविय व्यवहारले आम नेपालीको अबस्था दयानीय हुँदै गएको थियो । त्यसैले संगठनको आवश्यकता थियो ।
एकातिर भारतसँग संधि गरेर नेपालीहरू भारतमा जान बाध्य गराइएको थियो । आर्कोतिर शान्ति तथा मैत्रि सन्धि अनुसार नेपालीहरूको लागि भारत सरकारले काम मुहाइया गराउँदैनथ्यो । नेपाली श्रमजिविहरू न्यूनतम ज्यालामा भारतिय धनीहरूका घरमा होटेलमा, गेटमा र आफिसहरूमा बढी भन्दा बढी कजाइन्थ्यो । भारतीय साहुहरू खुसि भएपछि नेपालीहरूलाई तलब मिल्ने नत्र चोरीको आरोप लगाएर कयौँ महिनासम्म काम गरेको ज्याला हडप्ने गरिन्थ्यो । बंधुवा मज्दुर झैँ बनाएर राखेको पनि भेटिन्थ्यो । यो पछि संगठन गठन भएपछि क्रमसै बिभिन्न सहरहरूबाट बँधुवा मज्दुरहरूलाई न्याय दिलाउने काम भयो ।
नेपालीहरूको लागि न नेपाल सरकार चुँ गरेर बोल्थ्यो न भारतिय प्रशाशनले । लाई एउटा अखिल भारत स्तरको बलियो जुझारू संगठनको खाँचो थियो । जो अखिल भारत नेपाली एकता समाजले पुरा गर्यो । जब भारतिय भूमिमा अखिल भारत नेपाली एकता समाजको गठन भयो । त्यसपछि विस्तारै क्षेत्रिय जातियसँग संस्थाहरू सेलाउँदै गए ।
सन् १९७९ र जुन १९८१सम्मको संगठनको अबस्था खासै संतोष जनक थिएन । पछि जुन १९८१मा एकता समाजको अस्थाई समितिको पूर्नगठन पछि संगठनको व्यापक बिकास हुँदै गयो । संगठन झाङ्गिदै गयो । संगठन अनुशासित र लडाकु बन्दै गयो ।
जसले छोंटो समयमा सन् १९८२ सेप्टेमवर ५÷७ मा आफ्नो प्रथम सम्मेलन दिल्लीको निलकण्ठ भवनमा सम्पन्न गर्यो । संगठनलाई बिच बिचमा थुप्रै अवसरवादहरूले टुक्रा पार्ने दुस्साहस नगरेका पनि होइनन् । संगठनका जुझारू कर्मठ कार्यकर्ताहरूले संगठनलाई जोगाउँदै डोराउँदै न्याययुद्ध आन्दोलनमा अगाडी बढाउँदै आएका छन् ।
दूतिय अखिल भारत सम्मेलन १०÷१४ दिसम्वर सन् १९८५ दिल्लीमै सम्पन्न भयो । त्यो वेला पनि संगठनमा फुटप्रस्तहरूले संगठनलाई कलकत्ता पुराउन खोजेका थिए । तर केही साथिहरू भ्रमबस फुटेपनि मूल समिति जोगियो । कानपुरमा भएको तृतिय अखिल भारत सम्मेलन १९८९ पछि पनि कयौँ साथिहरू फुटेर गए । त्यो प्रथम दशाब्दी समारोह १३÷१६ नोवेम्वर सम्म सम्पन्न भएको थियो । यस्तै गरेर चौथो अखिल भारत सम्मेलन १५÷१६ फरवरी सन् १९९५ दिल्ली शिविल लाइन स्थित शाह अडिटोरियनमा भयो । त्यो सम्मेलन पछि पनि संगठनलाई गलत बाटोमा डोराउन प्रयत्न भयो । खास गरेर माओवादीहरूको कथित जनयुद्धको कतिपय नेताहरू प्रभावमा परेको देखियो ।
अखिल भारत नेपाली एकता समाजलाई माओवादीहरूले ठुलो नोक्सान पुराउँदै आएको देखिन्छ । उनिहरूले संगठनलाई पटक पटक आफ्नो पिछलग्गु बनाउने खोजेका थिए ।
पछि पाँचौ सम्मेलन हैद्राबादको सिकन्द्राबादमा १०÷१३ फरवरी सम्म सपन्न भयो । जसले आफ्नो नाम भन्दा पहिले मूलप्रवाह थप्ने निर्णय गर्यो र संगठनको नाम मूलप्रवाह अखिल भारत नेपाली एकता समाज राख्यो । संगठनका सिपाईहरूको सजगताले संगठन माओवादको पुच्छर बन्नबाट जोगियो । मूलप्रवाहले आफ्नो छैठौँ सम्मेलन भारतको फरिदाबादमा सम्पन्न गर्यो ।१३÷१५ सन् २००९ मा भयो । यो ऐतिहासिक सम्मेलनले परिषदको सुरूवात पनि गर्यो । सातौँ मूलप्रवाहको अखिल भारत सम्मेलन २१÷२३ सेप्टेम्वर २०१४मा लखनऊ मा सम्पन्न भयो । संगठनले आफ्नो आठौँ सम्मेलन फेरी फरिदाबादमा सम्पन्न भयो । अहिले संगठनले आठौँ सम्मेलन सम्पन्न गरेपछि त्यसैको मैण्डेटमा कार्यरत छ ।
भारतमा नेपालीहरूको यो संगठन नभएको भए भारत स्थित नेपालीहरू सचेत हुन सक्ने थिएनन् । उनिहरू न्यायका लागि लड्न सक्ने थिएनन् । संगठनले धेरै जुझारू साथिहरूलाई जन्माएको हामिले देखेका छौँ ।
अहिले भारतमा मात्र संगठन छैन , संगठन विश्वमा फैलिन सफल भएकोछ । यो मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको देन हो । आज विश्वस्तरमा नेपालीहरू संगठित भएर आफ्नो हक अधिकारका लागि शंघर्ष गर्दै आएकाछन् । संगठनले विदेशबाट पनि विदेशी अतिकर्मणको बिरोधमा आवाज उठाउँदै आएको छ । विदेशमा बसेका प्रवाशी नेपाली हरूलाई सन्धि अनुसार अधिकारको माग गर्नुका साथै असमान सन्धिको खारेजीका लागि ससक्त आवाज उठाउँदै आएको छ ।
यसरी एउटा अबिभावकको भूमिकामा मूलप्रवाह अखिल भारत नेपाली एकता समाज आज निरन्तर अगाडी बढ्दै आएको छ । आज देशभित्र रोजगार नभएकोले प्रवाशिन बाध्य नेपालीहरूको एकताले ठुलो महत्व राख्छ । हामि जो जहाँ भएपनि एकढिक्का भएर बस्नु समयको माग हो ।