Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

न्यूयोर्कमा नेपाल झल्कने परेड

२३ मंगलबार , चैत्र २०७२१० बर्ष अगाडि

न्यूयोर्कमा नेपाल झल्कने परेड हुने खबर छ। न्यूयोर्क अमेरिकाको व्यापारिक राजधानी हो। यही राजधानीको म्यानहटन शहरमा पहिलो पटक नेपाल झल्कने परेड हुने भएको हो। आगामी गणतन्त्र दिवस अर्थात् मे २२ को दिन पारेर संसारका सयौं देशका लाखौं मानिसहरुको चहल पहल हुने म्यानहटनमा नेपाल झल्कने परेड हुँदा विश्वले नेपालबारे थप जानकारी पाउन सक्नेछन्। यो व्यापारिक परेड अमेरिकामा रहेका तिन ठूला संस्था नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च र फिप्नाको अगुवाई र न्यूयार्कमा रहेको नेपाली कन्सुलेटको सहयोगमा हुन लागेको र यो परेड म्यानहटनको ब्रोडवेमा हुने बताइएको छ। आयोजक संस्था जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अनुसार न्यूयोर्कमा संसारका पर्यटक आउने र न्यूयोर्कमा नेपालको पर्यटन सम्बन्धी प्रचार र झांकीले पर्यटकलाई नेपालप्रति थप जानकारी प्राप्त हुनेछ।

आयोजक संस्था प्रवासी मन्चका अध्यक्ष थापाले पनि यो ऐतिहासीक अवसरमा अमेरिकामा रहेका सबै नेपालीले एक भएर बिषेश परेड गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन्। फिप्पानका अध्यक्ष लुईसांग वाईवाले कार्यक्रको अग्रसरता आफुहरुले लिए पनि अमेरिकामा रहेका सबै संस्थाहरुसँग सहकार्य गरेर कार्यक्रमलाई भब्य र सफल पार्ने योजनामा आफुहरु लागिपरेको बताएका छन्। न्यूयोर्कमा पहिलो पटक नेपाल चिनाउने परेड हुन लागेको छ, यस परेडमा सहभागी हुन अमेरिकामा रहेका अधिकांश नेपाली हौसिएको पाइएको छ।