Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राष्ट्रघातीलाई इन्काउण्टर, जनाघातीलाई के?

२९ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

वाशुदेव वाग्ले: उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले नेपाल राष्ट्र टुक्य्राउन खोज्ने र मधेसलाई स्वतन्त्र देश बनाउन खोज्ने सिके राउतलाई सिधै इन्काउन्टर गर्नुपर्ने मत राखेपछि सामाजिक सञ्जालमा बहस तीब्र बनेको छ। एउटा टीभीले सिके राउतको लाइभ अन्तर्वार्ता लिएर मधेसलाई छुट्टै देश बनाउने पृथकतावादी सवाल उठाएपछि एकाएक प्रेस काउन्सिल, पत्रकार महासंघ, सरकार, राजनीतिक पार्टीहरुसमेत सिके राउतका पक्षविपक्षमा उभिन थालेका छन्। यो विवादमा मानवाधिकार आयोगकी प्रवक्त मोहना अन्सारी समेत मुछिन पुगेकी छिन्। उनीमाथि सिके राउतको वैठकमा आवतजावत भएका समाचारहरु सार्वजनिक भइरहेका छन्। यो खबरले पनि धेरै आशंकाहरुलाई बल दिएको छ। \u000a    केही देशभक्त युवाहरुको प्रश्न छ– राष्ट्रघाती कुरा गर्ने सिके राउतलाई इन्काउन्टर गर्नुपर्ने हो भने जनघातीलाई के गर्ने? तराईमा बसेर पहाडलाई नाकावन्दी गरिदिन्छौं भन्ने राजेन्द्र महतोको आतंक दण्डित हुनुपर्छ कि छुट पाउनुपर्छ? देशमा सिके राउतमात्र राष्ट्रघाती हुन् कि सत्ता र सडकमा बसेका अनेक पार्टी, व्यापारी, उद्यमी, आइएनजीओवालाहरु र नागरिक समाजमा पनि राष्ट्रघाती र जनघातीहरु छन्। तिनलाई जनताले नै लोकतान्त्रिक इन्काउन्टर गर्दा के होला? इन्काउन्टर भनेको गोलीमात्र होइन, जनदण्ड पनि त हुनसक्छ। \u000a    उपराष्ट्रपति पुनका छोरा दिपेशले एउटा जल्दोबल्दो प्रश्न उठाइदिएका छन्। चरी, घैंटेजस्ता घोषित गुण्डा डनलाई इन्काउन्टरमा मारियो। राज्यकोष, राज्यसत्ता र शक्ति, प्रशासन र संवैधानिक निकायमा पनि थुप्रै सेता डनहरु छन्। तिनीहरुबारे उपराष्ट्रपतिका छोरा र अन्य देशभक्तहरुको धारणा के छ? अव सार्वजनिक हुनुपर्छ। देश विधिले चलाउने, लोकतन्त्र बलियो बनाउने हो भने देश र लोकविरुद्धका जुनसुकै खालका डनहरुबारे सबैले चाल पाउनैपर्छ।