Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

हिन्दूराज्य र राजतन्त्र फर्किन्छ

२९ सोमबार , चैत्र २०७२९ बर्ष अगाडि

यो उद्घोष हो– राप्रपा नेपालका अध्यक्ष कमल थापाको। थापा ओली सरकारका दोस्रो बरियता र परराष्ट्रसहितका उपप्रधानमन्त्री पनि हुन्। बिद्रोही केशरबहादुर बिष्टले हिन्दूराष्ट्र र राजतन्त्रको एजेन्डा छोडिसके, यो थापाको फुइँकी मात्र हो, थापाले मलाई होइन, अव म कारवाही गर्छु कमल थापालाई भनेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले यस्तो उद्घोष गरेका हुन्। राप्रपा नेपाल देशव्यापी हिन्दूजागरण फैलाइरहेको छ भने राप्रपा इतरका टुक्रे जमातहरुले हिन्दूराज्य र राजतन्त्रका लागि राष्ट्रिय जनसंघर्ष मोर्चा नै बनाएर सडक आन्दोलन थालेका छन्। त्यो आन्दोलनले गति लिइसकेको छैन भने नेपाली कांग्रेसभित्रका खुमबहादुर खड्काको हिन्दूराष्ट्र अभियान तात्न सकेको छैन।

यस्तो बेलामा रिपोर्टर्स क्लव, दाङमा उभिएर अध्यक्ष कमल थापाले जनतामा विश्वास हुनुपर्‍यो, हिन्दूराज्य र राजतन्त्र दुबै आउनसक्छ भनिदिए। थापाले सरकारमै बसेर यसो भन्नासाथ नयाँ तरङ्ग उत्पन्न भएको छ। यता प्रधानमन्त्री ओलीले दरवारको टाट्नमा घाँस खानेहरु भनेर थापामाथि छड्के गाली गरेपछि थापा आक्रोसित भएका छन्। त्यसैपनि संघीयता कार्यान्वयन उच्चस्तरय समितिमा थापालाई प्रधानमन्त्रीले माइनस् गरेपछि उपप्रधानमन्त्री थापाले क्याविनेट बैठकसमेत बहिष्कार गरेर प्रधानमन्त्रीसँग शीतयुद्ध सुरु गरेका छन्।

थापाले शान्तिपूर्ण आन्दोलनको कुरा गरेका छन्। संविधानमा बसेरै आफ्ना माग संवोधन गर्न सकिने बताएका छन्। नाकावन्दीको विरोध पनि गरेका छन्। थापाले हिन्दूराष्ट्र र राजतन्त्र त्याग्यो भनेर आरोप लागिसकेको अवस्थामा आफ्नो बचाउ गदै भनेका छन्– 'हो, यो संविधानमा हाम्रो पार्टीका आधारभूत मान्यताहरुसमेत समेटिएका छैनन् तर, अत्यधिक बहुमतले त्यसलाई पारित गरिसकेपछि त्यसलाई स्विकार गर्नु प्रजातिन्त्रक आदर्श हो। संविधान अपरिवर्तनीय छैन। आगामी अध्यावधिक चुनावमा राप्रपाले त्यो मुद्दामा जित हासिल गर्न सकिन्छ।

अर्थात् राप्रपा नेपालले सडक आन्दोलन होइन, संवैधानिक चुनावी आन्दोलनलाई प्राथमिकता दिएको स्पष्ट भएको छ। राप्रपा नेपालले अव सडक संघर्ष अथवा संसदमा धर्ना दिएर आफ्ना एजेन्डा अघि सार्नेवाला देखिदैन।