मधेसी माग संवोध गर भन्दै मधेसी मोर्चाका नेताहरु फेरि एक भएका छन् र यो मोर्चालाई जनजातिहरु, खुम्बुवानले समेत समर्थन दिएका छन्। हौसिएका मधेसी मोर्चाका नेाहरुले नेपाल राष्ट्रलाई फुटाउने धक्का दिने कुत्सित मनसाय राखेको फेरि स्पष्ट हुनपुगेको छ। महन्थ ठाकुर, राजेन्द्र महतोले फेरि भनेका छन्– मधेस एउटा राष्ट्र हुनुपर्छ, मधेस राष्ट्र नै हो। अर्थात, मधेसीले वैशाख ६ गते आन्दोलनको घोषणा गर्दा मधेस टुक्य्राउने आवाज पनि उठाउने संकेत गरेका छन्।
अहिलेसम्म संविधानले मधेसीका माग पूरा गर्ने आश्वासन दिएर प्रधानमन्त्री केपी ओलीले मधेसीहरुलाई झुलाउन सफल त भएका छन् तर मधेसीले निर्णायक आन्दोलन गर्ने तैयारी गरिरहदा राज्य संवेदनहीन हुनु भनेको नेपालमाथि अर्को संकट आउन लागेको आहट सुन्न थालिएको छ। जतिसुकै नेपाल भारत सम्बन्ध सुधि्रएको गफ हाँके पनि भारत ओली सरकारसँग खुश छैन र देउवालाई दिल्ली बोलाइसकेको छ। यसको अर्थ नेपाली राजनीतिमा परिवर्तन हुने लक्ष्यण देखिनथाल्यो। नेपालमा समस्या थपिदिनैका लागि भारतले महन्थ र राजेन्द्रको मुखबाट भाषा, संस्कृति, जनसंख्याको आधार देखाएर मधेस एउटा राष्ट्र भएको ठोकुवा गराउन थालेको छ। मधेसी मोर्चाका नेताहरुले उल्टै 'मधेस एउटा राष्ट्र भएकाले हामी हाम्रो जन्मसिद्ध अधिकार पूरा गर्छौं भन्दै शान्तिपूर्ण आन्दोलन गर्दा राष्ट्रघाती र बिखण्डनकारीको नारा राज्यबाटै दिनु सरासर गलत हो।' भनेर आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीलाई मधेसी नेताहरुले राज्यले शान्तिपूर्ण आन्दोलनमा जे जसरी दमन गर्दैछ त्यो अन्धा धृतराष्ट्रलाई दुर्योधनले संचालन गरे जस्तो मात्र हो भनेर गिज्याएका छन्।