रोशन कार्की :
उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनले आणविक अस्त्र बनाएको दावी सार्वजनिक गरेका छन्। यस अघि नै थुप्रै क्षेप्यास्त्र र हाइड्रोजन बमको परिक्षण गरिसकेको उत्तर कोरियाले ठूलै हंगामा सिर्जना गरिदिएको छ। अमेरिकी दबाबमा राष्ट्रसंघमार्फत कडा खालको नाकावन्दी लगाए पनि उत्तर कोरिया टसमस भएको छैन। विश्व महाशक्ति राष्ट्रहरुका लागि उत्तर कोरिया आतंक बन्न पुगेको छ। शायद यही कारण अमेरिकी राष्ट्रपति बाराक ओवामाले आणविक आतंक फैलिन थालेको बताएका हुनसक्छन्। तर उत्तर कोरिायाले आफ्नो देशको सुरक्षा, उर्जाका लागि साना खालका आणविक हतियार बनाएको दावी गरेको छ। अमेरिका–दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास गरेपछि आफूमाथि हमला हुन लागेको भनेर उत्तर कोरिया आक्रोसित भएको छ।
राष्ट्रसंघले उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी लगाइरहेको छ। यसप्रति अमेरिका लगायतको समर्थन छ। विश्वका महाशक्ति राष्ट्रको लागि 'आतंक' जस्तै बनेको उत्तर कोरिया यस्ता नाकावन्दीबाट तर्सेको देखिदैन। अमेरिका, दक्षिण कोरियालगायतका अन्तर्रार्िष्ट्रय समुदायले उत्तर कोरियाद्वारा निरन्तर गरेका आणविक तथा अन्य क्षेप्यास्त्र परीक्षणले विश्वशान्ति र सुरक्षास्थितिमा समस्या ल्याउने भनिरहेका छन्। उत्तर कोरियालाई पटकपटक चेतावनी दिई आणविक गतिविधि रोक्न अनुरोध गरे पनि उत्तर कोरियाले यसलाई बेवास्ता गरेपछि राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाउने निर्णय गरेको हो। यस अघि रोचक र आश्चर्यजनक रुपमा उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेको खबर दक्षिण कोरियाले सार्वजनिक गरेको थियो। उत्तर कोरियाली अधिकारीहरुले सफलतापूर्वक हाईड्रोजन बमको परीक्षण गरिएको बताइरहँदा त्यस क्षेत्रमा ५ दशमलव १ म्यागनिच्युडको भूकम्पजस्तो धक्का महसुस गरिएपछि उत्तर कोरियाका प्रवक्ताले हाइड्रोजन बम परीक्षणको पुष्टि गरेका थिए।
सन् २००६ यता उत्तर कोरियाले ३ वटा भूमिगत परमाणु परीक्षण गरेको बताइन्छ। केही महिना अघि उत्तर कोरियाली नेता किम जोङ उनले हाईड्रोजन बम विकास गरेको बताएका थिए तर अन्तरार्ि्ष्ट्रय विज्ञहरुले पत्याएका थिएनन्। दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले डिसेम्बरको अन्त्यमा उत्तर कोरियाले पनडुबीबाट एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो। अघिल्लो वर्षको शुरुमा उत्तर कोरियाले पनडुबीबाट गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएको भन्दै उत्तरले प्रमाणका रुपमा तस्वीरहरु सार्वजनिक गरेपछि उत्तरको सामरिक क्षमता अप्रत्यासित मानिएको छ।
अव उत्तर कोरियाले 'अर्थ अब्जर्भेसन स्याटेलाइट लन्च' गर्ने भनिसकेको छ। कोरियाली प्रायद्विपमात्र होइन, विश्वलाई नै कम्पनमा ल्याइदिने जोखिम उत्तर कोरियाले गरिरहेको छ। उत्तरका शासक किम जोङ उनले अव लामो दूरीको मिसाइल प्रविधि विकास गर्ने भनेपछि विश्वभरि चिन्ता र चासो बढेर गइरहेको छ। उत्तर कोरियाको अप्रत्यासित सामरिक शक्ति विकासले अमेरिकासम्मलाई त्रसित पारेको छ। अव आशंका के पनि गर्न थालिएको छ भने उत्तर कोरिायसँग अरु डरलाग्दा मिसाइलहरु हुनसक्छन्। र उत्तरलाई यसरी सामरिक विकासमा सघाउनेहरुको बारेमा समेत चासो राख्न थालिएको छ। हल्लायो उत्तरले अमेरिकालाई पनि।
'सानो आकारको परमाणु हतियार बनाएका छौं'
फागुन २६। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आ136नो देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गरेका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले यसअघि नै ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार तयार भएको जनाएको थियो। तर यस विषयमा सर्वोच्च नेता उनकै दाबी भने पहिलो पटक आएको हो। विश्व समुदायबाट अलग रहादै आएको उत्तर कोरियाले गत जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको थियो। तर विशेषज्ञ भने यो दाबीको विश्वसनीयतामा विवादित छन्।
उत्तर कोरियाको परमाणु कार्यक्रमका विषयमा विवाद रहादै आएको छ। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तरले दुई दिनअघि मात्रै अमेरिका र दक्षिण कोरियामा अन्धाधुन्ध परमाणु आक्रमण गर्ने चेतावनी दिएको थियो। पछिल्लो समय उत्तरले बढाउादै लगेको परमाणु परीक्षणको प्रतिक्रिया स्वरुप राष्ट्र संघले गत हप्ता उसमाथिको प्रतिबन्ध थप कडा पारेको थियो। त्यसका बाबजुद उत्तर कोरियाले आ136नो परमाणु कार्यक्रम रोकेको छैन। कोरिया प्रायःदीपमा तनाव बढ्दै गएको छ। (एजेन्सी)