Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अरबौं पति र अरब पति

१३ सोमबार , बैशाख २०७३९ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की-

दलीय पद्धतिको पुर्नवहालीदेखि वर्तमान गणतन्त्रसम्ममा नेपालका प्राय जसो सबै घरमा अरबपति छन्। केही घर अरबौं सम्पत्ति भएर अरबपति छन् भने बाँकी प्राय सबै घर पति अरब पुर्‍याएर अरबमा  पति भएका छन्। लाहौर भर्ति भए पनि मलाया भर्ति भए पनि लाहुरे, हड्डी घोट्न अरव गए पनि मलेसिया गए पनि अरब गएको मान्यता हो। पतिले वाहिरको काम गरेर जीविकोपार्जनको निमित्त धनको प्रवन्ध गर्ने र पत्नीले उपलव्ध साधन श्रोतमा घरको चलाउने पुरातन सोच अनुसार कमाउने पनि घरको हर्ताकर्ता पत्नी। श्रुति साम्यको निमित्त यो उपमाको प्रयोगले लैङ्गिक विभेदको अर्थ राख्न खोजेको पटक्कै होईन।

समाजमा धनी गरिव हुन्छन्, विभिन्न बर्ग हुन्छन्, बलिया निर्धा हुन्छन्। कुनै कारखानामा ढालिएका पुतला जस्तो एकनासका प्राणी पनि सम्भव छैन भने पृथ्वीमा आफ्नो बुुद्धिले एक छत्र प्रभुत्व कमाएको मान्छेको समाजमा विभिन्नता हुनु प्राकृतिक कुरा हो। आफ्नो शोषण विरुद्ध आन्दोलित भएका सर्वहारा मजदुरको आन्दोलनलाई वैचारिक धरातल दिएर राजनैतिक दर्शनको रुप दिन कार्लमार्क्स र फ्रेडरिक एंेगेल्सले पहिलो कम्युनिष्ट पार्टीको घोषण पत्र लेखेको पौने दुईसय बर्ष पुग्ने बेला हुँदैछ। वर्गविहिन समाजको उच्चरुप साम्यवाद परिकल्पना गरिएको यो दर्शनको विश्वका विभिन्न मुलुकहरुमा विभिन्न प्रकारले अभ्यास भएका छन्। तर वर्गविहिन समाजको छनकसम्म पनि देखापरेको छैन।

त्यसैले यो कठोर सत्य स्विकार गरिनै पर्छ, मानव समाज कहिल्यै पनि वर्ग विहिन हुन सक्दैन। त्यसैले वर्ग विचको फरकको खाडल कम गर्नु नै समानता तर्फ, सबैको भलोको तर्फको कदम हो। जति यो खाडल चौडा हुँदै जान्छ समाजमा थोरै अरवपति र धेरै अरव भएका पति पैदा हुँदै जान्छन्। कथित अग्रगमनका परिवर्तनहरुलेे मुलुकमा अरव हुने खरवपति हुँदै जादैछन्, लाख हुने खाकपति हुँदैछन्। यो सबै तथ्यांक प्रस्तुतिको कौशल हो कि मुलुकमा प्रशस्त उद्योगहरु खुलेका छन्। कुल गार्हस्थ्य उत्पादन बढेको छ। प्रतिव्यक्ति औसत आय पनि टन्नै बढेको छ।

मुलुकका विकट भन्दा विकट स्थानमा पनि 'मनी ट्रान्सफर' खुलेका छन्। अधिकांश युवाहरु अहिले साइकलमा हैन मोटरसाइकलमा हुँइकिन्छन्। सहि कोणबाट प्रस्तुत गरिने हो भने यी सकारात्मक आर्थिक सुचक हुँदै होईन। वास्तविकता फरक छ , गाउँका गाउँ बलियाबाङ्गा विहिन बनेको छ। श्रम गर्न सक्ने जनशक्ति अरब भएका पति वन्न विवश छ। आफुले जन्मसिद्ध हकका रुपमा पाउनु पर्ने स्थानिय साधनश्रोत माथिको अग्राधिकार, आफ्नो कुल परम्पराको चिनारी माग्न उग्र कुरा गर्नु परेको छ।

हिजोसम्म सुखदुख बरावर साटेका छिमेकीहरु आज एक अर्कालाई गाली गलौज गर्दे पानी वारावार गर्दैछन्। के जीवनका यी पाटाहरुको आर्थिक र मानवीय विकास सुचांकसँग सम्बन्ध छैन र? के यसो हुनुको कारण वर्ग विहिन समाजको परिकल्पनामा वर्ग समन्वयको मिठास भुल्नु हैन र?  धेरैलाई पँुजिपतिलाई गाली गर्न लगाएर, उनीहरुको विरुद्ध वर्गसंघर्षको नाममा ज्यान अर्पण गर्न लगाएर स्वयं ती पँुजिपति सरहको हैसियतमा पुग्ने धुत्याईलाई रणनैतिक कौशल मान्न जनताले अस्विकार नगरेसम्म न परिवर्तन हुन्छ न कुन्दर भविष्य तर्फ यात्रा आरम्भ नै हुनेछ।

मुलुकका अनेक नामधारी अगुवाहरुमा एक अनौठो डर पसेको छ। मुलुकको ढुंगे युगको अतित्वको विवेचन गर्छन्, मध्य युगको विवेचना गर्छन्। त्यो मुलुकमा थियो भन्ने स्विकार गर्न कुनै आइतवार पर्देन। तर विचको समयलाई केवल कालरात्री भनेर त्यसको विवेचना गर्न तैयार हुँदैनन्। यदि त्यो विवेचना गर्न तैयार भए यी अर्थतन्त्रका सकारात्मक सुचकहरुका भ्रम चिरिन्छन्, आफुले जनता झुक्याएको उजागर हुन्छ। त्यसैले बरु अनेक बहानामा पहिले सुखदुख बरावर गर्नेहरुका विचमा पानी वारावार गराउन सक्यो भने मात्र आफ्नो वर्चश्व रहन्छ।

सत्य हो वियर उद्योग वढेका छन्, अजिनोमोटो प्रमुख मसला भएका चाउचाउ उद्योग वढेका छन्। वाहिरबाट क्लिंकर ल्याएर वनाइने सिमेन्ट उद्योग त यसै कालमा आएका हुन्। पहिलेका उद्योग भने घाट पुगे। कृषि औजार कारखाना, चोभारको सिमेन्ट कारखाना, बाँसवारी छालाजुत्ता, हेटौडा कपडा, गोरखकाली टायर जस्ता आधारभूत उद्योगहरुको थलो किलो पत्तो नहुने भइसकेको छ। नेपाली जीवनशैली र जीवनयापनमा महत्वपूर्ण भुमिका भएका यस्ता उद्योगहरुको साटो बोत्रे्क आडम्वर देखाउन आवश्यक बस्तुहरुका उद्योगको अनुपात बढनु ठिक हैन। कदापि होइन।

एक डेढ रुपैयाँ किलो पाइने धान बीस रुपैयाँ किलो नाघ्नु, पचहत्तर पैसा युनिट विजुली नौ रुपैयाँ पुग्नु भनेको कमाई बढ्नु हैन, यो त मुद्राको अबमुल्यन हो। जति यो अवमुल्यन हुन्छ त्यति नै कुल गार्हस्थ्य उत्पादन अंकमा बढ्छ। यो अंकको वृद्धिले जीवनयापनमा सहजता भन्दा कठिनता नै थपेको छ। एक निम्नस्तरको कमाइले पहिले पनि परिवार पाल्न धौधौ हुन्थ्यो, अहिले झन अफ्ठ्यारो भएको छ। 

गन्दा दुई अंक नाघ्न मुस्किल पर्ने व्यक्तिहरु मध्ये एकको मात्र आय नजोड्ने हो भने पनि प्रतिव्यक्ति औसत आयमा कमी आउँछ भने सरदर मुलुकवासीको प्रतिव्यक्ति औसत आय बढेको छ कि घटेका छ, त्यसको विवेचना आवश्यक छ र? 'मनी ट्रान्सफर'को व्यापार फस्टाउनु भनेको मुलुकको उर्जाशिल जनशक्तिको उर्जा मुलुकले नपाउनु हो। यो सबै कुरा जनतासँग यस कारण लुकेको छ की अगुवाहरु तुरुन्त पहिलेको कालखण्ड नै थिएन भन्ने भ्रम छर्न सफल भएका छन्।

वर्गसमन्वय गरेर सबै मिलेर उन्नती, प्रगति तर्फ लाग्नु पर्ने जनतालाई वर्गसंघर्षको नारा दिएर एक अर्काको उछित्तो कढाएका छन्। स्वयं आफु भने जुन वर्गको नेतृत्व गरेको छ त्यसैले पाउने अधिकारले विदेश भ्रमण, मान प्रतिष्ठा जस्ता फाइदा लिएर बसेका छन। त्यसैले अरबपति र अरबमा भएका पति विचको फरक कम गर्ने हो भने त्यसको औजार वर्ग संघर्ष हैन वर्ग समन्वय हो।