Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

ब्रम्हनालमा पुग्यो व्यवस्था

२२ बुधबार , बैशाख २०७३९ बर्ष अगाडि

 - शाश्वत शर्मा -

पूर्वराजाले गरेको एकदिने दिल्ली भ्रमणबाट उत्पन्न ९ रेक्टरस्केलको राजनीतिक भूकम्पको कम्पन अझै थामिएको छैन। गत विहीवार अपरान्ह ५ बजेतिर दिल्ली उडेका पूर्वराजा भोलिपल्ट राति फर्केका थिए। यता पूर्वराजा उडे, उता कम्पन सुरु भैगो। मुलुकको शक्तिशाली पार्टी भनेर चिनिएको नेकपा माओवादीको स्थायी समितिको बैठकमा यो घटनाबारे गम्भीर छलफल भएो समाचार छ। शाहको यो भ्रमण गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका लागि ठूलै चुनौति रहेको तर्फ गम्भीर हुन र त्यसका लागि तत्कालै ठोस र प्रभावकारी कदम चाल्न समेत बैठकले सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष प्रचण्डसँग माँग गरेको समाचार छ।

पूर्वराजाको भारत भ्रमणको परिस्थिति उत्पन्न हुनुमा सरकारको असफलता नै कारण रहेको दावी एमाअहोवादी बैठकले गरेको छ। हिजोका दिनमा पूर्वराजा सपरिवाार देशाटनमा निस्कन्थे, समाजसेवा गर्दथे। कसैको टाउको दुखाईको विषय नै भएन। झन जनता नजिक जाँदा टाउको दुख्नुपर्ने थियो। तर , कसैलाई कहीँ पनि बिझेन। तर कुनै काम विशेषले पूर्वराजा दिल्ली जाँदा पनि यहाँ त ठूलै हल्लाखल्ला पो भयो। यसबाट यो पनि पुनः प्रमाणित हुन्छ कि जनआन्दालनको परिवर्तन नेपाली जनताको बलामा होइन कि नयाँदिल्लीको कृपाबाट भएको रहेछ। बरु पूर्वराजाले नेपालत्रिै नेपाली जनताका माझ जाँदा जनआन्दोलनका कथित उपलव्धिहरु माथि खतरा देखिनुपर्ने थियो तर त्यो देखिएन।दिलल्ी जाँदा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि गम्भीर संकट परेको छनक दिइयो। किन त? फेरि पनि भन्नुपर्दा हिजोका परिवर्तन नेपाली जनताले ल्याएकै थिएनन्। भारु, डलर र गुण्डागर्दीको बलमा अनि भारतीय बिस्तारवादको प्रभाव र दबाबमा ल्याइएको थियो। त्यसैकारण पूर्वराजाको बाह्य भ्रमणबाट सशंकित भए यिनीहरु। \u000aकस्तो कमजोर जग रहेछ यी नयाँ शासकबर्गको?

एकजना दिल्ली जाँदैमा शासनमाथि संकट आइहाल्ने। यसबाट यो व्यवस्था जनअनुमोदित होइन भन्ने प्रमाण हो यो। संविधानसभाको कूल सदस्यहरु मध्ये ९० प्रतिशत भन्दा बढी सदस्यद्वारा पारित गरिएको अनि गत असोज ३ गते संसदबाट जारी गरिएको यो संविधान र यसका व्यवस्थाहरु केही पार्टी र केही नेताहरुले आफ्ना लागि मात्र बनाएको, असग्र मुलुकका लागि होइन भन्ने कुराको प्रमाण त्यसपछिका दिनहरुमा मुलुकभर सल्केको आन्दोलनको डढेलोबाट पुष्टि भएको छ। यो आन्दोलन बिकृति र बिसंगति, विभेदको अन्त्यबिना रोकिनेवाला छैन।

समष्टिमा भन्नुपर्दा जबरजस्ती थोपरिएको यो व्यवस्था आफ्नो अन्तिम पडावमा छ भन्ने देखिन्छ। एकचोटि नेपाली जनता संगठित भए भने एकै धक्कामा गर्ल्याम गुर्लुम ढल्छ, यो पक्का छ। त्यही बुझेर एकथरि राजनीतिक दल र तिनका नेताहरु बर्बराउन थालिसकेका छन्। अव राजतन्त्र कहिल्यै फर्कन सक्दैन भनेर संविधान परिवर्तनशील बनाउनेहरु नै कुर्लदै हिडेका छन्। मतलव हिजोको घटनाक्रम फेरि दोहार्‍याउन थालेका छन्। आफूहरु असक्षम र नालायक शिद्ध हुने अनि दोषजति जम्मै पूर्वराजामाथि थोपर्ने। अव जनता यो मान्नेवाला छैनन्। एक एकको हिसावकिताव हुनुपर्छ अव। सडेगलेकाहरुलाई सधै काँध थाप्न सकिदैन। पूर्वराजाले पनि जनता माझ आउनका लागि आफ्ना सामु तेर्स्याइएका सम्पूर्ण तगाराहरु तेाड्नुपर्छ। र, भ्रम र भुलभुलैयामा परेका आमनागरिकहरुले पनि अव सत्यतथ्य कुरा बुझेर हस्तक्षेप गर्नैपर्छ। ...त्यसपछि यहाँ यस्तो भाँडतन्त्रको नामोनिशान रहने छैन। लोकतन्त्रको नाममा भाँडतन्त्र सधैं चलिरहन सक्दैन। लोकको अपेक्षामाथि कुठाराघात गर्ने पद्धति लोकपद्धति हुनसक्दैन। र, स्पष्ट हुनुपर्छ, पूर्वराजाले अहिलेसम्म आफूलाई सक्रिय राजनीतिमा अघि सारेका छैनन्। लाग्छ, उनी आफूलाई जसले जसरी बलात् किनारा लगाउने काम गरे, तिनीहरु आफैले आफूले गरेका भूल सुधार गरुन् भन्ने उनको लक्ष्य छ।