Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कालोधनवालाहरु कालकोठरी जाने भए

०३ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

वाशुदेव वाग्ले-
पानामा पेपर्सको लिक के सार्वजनिक भयो सबैभन्दा पहिले सातो गयो उपेन्द्र महतोको। उनले आफूलाई सकभर चोख्याउने र विदेशमा लगानी छ, नियमित लगानी हो भनेर कालोधनलाई नकारेका छन्। तथापि पानामा पेपर्समा नाम आएका अरुण चौधरी र उपेन्द्र महतोबारे सरकारले अनुसन्धान थालेको छ। यद्यपि नेपालमा कर छलेको र सम्पत्तिको स्रोत खुलेको हो कि होइन भन्ने विषयले यसको निर्क्यौल गर्नेछ। तथापि नवाङ डोल्मा, उमादेवी सिंहानिया, करणकुमार चौधरी, सुर्वशकुमार चौधरी र सिला चौधरीको नाम पनि पानामा पेपर्समा उल्लेख गरिएको छ। यिनीहरु पनि अनुसन्धानको दायरामा परेका छन्।
पहिले स्वीस लिकमा पनि धेरै नेपालीको नाम थियो, त्यसमा सरकारले कुनै छानबिन गर्न सकेन र स्थगित रहेको छ। पानामा पेपर्सको पनि त्यस्तै हुने हो कि? पानामा पेपर्समा उल्लेख भएका उपेन्155 महतोको दुई कम्पनीमा शेयर रहेको र ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएका स्पार्टली भेन्चर्स लिमिटेड र पन्कुर पाइनान्सेज लिडिटेडमा शेयर देखिएको छ। अरुण चौधरीको उर्साइन लिमिटेडमा शेयर रहेको छ। ब्रिटिस भर्निज आइल्याण्डमा दर्ता भएको कम्पनी हो यो। पानामा पेपर्समा अन्य नाम भएका सुर्वश, करण र शीला चौधरीको पनि यही यही दक्षिण अफ्रिकामा दर्ता रहेको कम्पनी उर्साइनमा शेयर भएको उल्लेख छ। नवाङ डोल्माको ब्रिटिस भर्निज आइल्याण्डमा, उमोदेवी सिंहानियाको शेयर पनि ब्रिटिस भर्निज आइल्याण्डमै दर्ता भएको प्रिङ फल्स लिमिटेड लगानी भएको खुलासा गरिएको छ।
सरकारले ट्याक्स छली गर्न विदेशमा लगानी गर्नेहरुमाथि कारवाही गर्ला त? नेपालको दोहन गरेर विदेशमा पैसा थुपार्ने प्रवृत्ति दिनदिनै बढेर गएको छ। राज्यले कडा नीति नल्याउने हो भने ट्याक्स हेभनतिर नेपाली लगानी पानी बगेझैं बगेर जाने निश्चित छ। विशेष न्यायिक आयोग गठन गरेर विदेशमा पैसा राख्नेहरुको छानबिन गर्नु जरुरी छ। राजनीतिक नेताहरु नवधनाध्येसाग चन्दा लिने कारणले विदेशमा पैसा राख्नेहरुको जााच गर्न सक्रिय देखिदैनन्। यसको झल्को संसदमा कुनै पनि दलले पानामा पेपर्स वा स्वीस वैंकबारे अझैसम्म कुरा उठाएका छैनन्, तैा चुप मै चुप भएर दलहरु बस्नु भनेको कर्तव्य निर्वाह नगर्नु हो।