Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

यसरी कतिञ्जेल चल्छ?

०३ सोमबार , जेठ २०७३९ बर्ष अगाडि

शाश्वत शर्मा-
यस्तो अन्यौलग्रस्त मुलुक कतिञ्जेल चल्छ? कतिञ्जेल चलाउने? जनआन्दोलनमा प्रत्यक्ष रअप्रत्यक्ष सहभागी भएकाहरु मध्ये पनि एकथरिलाई मात्र हुने गरी गत असोज ३ गते जारी गरिएको गणतान्त्रिक संविधानले अव राजनिितक अस्थिता मात्रै उब्जाएको होइन कि मुलुककै अस्तित्वमाथि प्रश्नचिन्ह लगाएको छ। अझ भन्नुपर्दा अव यो शासन व्यवस्था कसरी र कुन हिसावले चलाउने भन्ने विषय गौण बन्दै गयो भने नेपालको अस्तित्व रहने कि नरहने भन्ने प्रश्न प्रमुख भएर आउनेछ। जस्तो कि भनिएअनुसार जनआन्दोलन र त्यसपछिका केही दिनहरुमा, सम्पूर्ण समस्याको जड भनेकै त्यो सामन्ती राजतन्त्र थियो।...त्यही राजतन्त्रले गर्दा मुलुकले स्थिरता, शान्ति, विकासआदिमा फड्को मार्न नसकेको हो। त्यसको समूल नास गर्न सकियो भने मुलुक सिंगापुर, स्वीटजरलेण्ड बन्छ, बन्छ। यस्ता आश्वासन दिएर सोझा युवाहरुलाई लोभलालच दिदै कथित आन्दोलनमा उतारियो। त्यसको दुस्परिणाम आज मुलुकले भोग्नु परिरहेको छ।
मुलुक शान्ति, प्रगति, स्थिरताको मार्गमा हिड्न त परै जावस्, मुलुकको नक्शा नै फेरिने, घट्ने तरखरमा पुगेको देखिन्छ। सबैलाई अधिकार दिने नाममा विभाजनको विजारोपण गरियो। हिजोको एकात्मक राज्यव्यवस्थाले सबै जातजाति, भाषाभाषी, वर्णहरुको विकास गर्नु नसकेको भनेर उचालिएका केही नेपालीहरु आज मुलुकमा स्वराज ल्याउने वा छुट्टै राष्ट्र माग्ने हैसियतमा पुगेका छन्। राजतन्त्रलाई विस्थापित गर्न जसलाई जे हुन्छ, त्यही भनियो, आश्वासन दिइयो, त्यस्तै गरेर विदेशीसहयोग लिन, तिनलाई पनि आश्वासन दिइयो। भ्रम र भ्रमित राजनीतिका फलस्वरुप आज मुलुक आफ्नो मौलिक स्वरुप, पहिचान, संस्कृति सबैै गुमाउने खतरनाक अवस्थामा पुगिसकेको छ।
मुलुक अहिलेसम्म दुई कित्तामा विभाजित भएको छ। एकथरि संविधानलाई कार्यान्वयन गर्नतिर, अर्काथरि पुनर्लेखन गराउनेतिर। अव भोलिका दिनमा अझ खुलेर देखापर्ने विखण्डन र परम्परागत शक्तिहरुको अहिले यहाा चर्चा नगर्दा पनि अस्थिरता र अन्यौलतामा मुलुक पुगिसकेको प्रष्ट देखिन्छ। मधेसतिरबाट उठेको ज्वारभाटा काठमाडौंको सिंहदरवारसम्म पुगेको छ। वार्तालाई अस्वीकार गर्नु र सरकारको आग्रहलाई लत्याउनुको मतलव अवका दिनहरु अझ कष्टकर हुनसक्ने आाकलन छ विज्ञहरुको। राष्ट्रवादी चरित्र देखाउने धूनमा सरकार एकपछि अर्को गल्ती गर्दै जाादो छ। सम्पूर्ण वामपन्थीहरु राष्ट्रवादी कित्तामा अनि अरु दक्षिणपन्थीहरु भारतपरस्त कित्तामा देखाउने होड नै चलाइएको छ। यसरी हिजोका व्यवस्थाहरु (२००७ सालपछिका) समेत अहिलेको यो व्यवस्था पनि असफल शिद्ध गराएर मुलुकलाई अन्तै लैजान लागिएको लख काट्नेहरु पनि प्रशस्त देखिन्छन्। समग्रमा भन्नुपर्दा, मुलुकको अवस्थ्ाा अत्यन्तै जटिल बनिसकेको छ। केही जमातहरुले मात्र रुचाएको र तिनका लागि मात्र घोषणा गरिएको यो संविधानलाई तुरुन्तै विस्थापन गरी सबै नेपालीहरुलाई समेट्ने खालको संविधान जारी गरी सम्पूर्ण समस्याहरुको संवोधन गर्न जरुरी भइसकेको छ। नत्र यो भााडभैलोलाई अव थेग्न सकिदैन।