Advertisement Banner
Advertisement Banner

२९ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

किन MAGA ले बौद्धिक आधार निर्माण गर्नुपर्छ ?

१८ मंगलबार , चैत्र २०८१३ महिना अगाडि

 किन MAGA ले 
बौद्धिक आधार निर्माण गर्नुपर्छ ?

विचारहरूको द्वन्द्व: किन MAGA ले बौद्धिक आधार निर्माण गर्नुपर्छ

✍️अलेक्जेन्डर दुगिन
पुरानो व्यवस्थाले ट्रम्पको क्रान्तिलाई प्रतिरोध साथै अवरोध गर्दछ, जसले प्रत्येक अग्रगामी कदमलाई शक्ति र अस्तित्व लागि  युद्ध जस्तैः बनाउँछ।

ट्रम्पको क्रान्तिको प्रतिरोध अमेरिकामा मात्र नभई युरोपियन युनियन (EU) मा पनि बढ्दै गएको छ। MAGA (Make America Great Again) लाई दोस्रो सास आवश्यक छ। पुरानो व्यवस्था, नयाँ उदाउँदो व्यवस्थाविरुद्ध आक्रामक रूपमा संघर्षरत छ। कुनै पनि कुरा सहज रूपमा अघि बढिरहेको छैन। सबै कुरा कठिन छन्, र झन् कठिन हुँदै गइरहेका छन्। उदारवादीहरू (Libs) गृहयुद्ध चर्काउने तयारीमा छन्।

सरोस नेटवर्कहरूले अमेरिकी सरकारसँग ठीक त्यही प्रकारले व्यवहार गरिरहेका छन्। जसरी उनीहरूले युक्रेनसहित अन्य राष्ट्रहरूसँग गरे। उनीहरू अराजकता, सामाजिक अस्थिरता र हिंसालाई प्रोत्साहित गर्छन्। जसको उद्देश्य उनीहरूले मन नपराएको राजनीतिक व्यवस्थालाई उल्टाउनु हो। उनीहरुका यी विधिहरू क्रूर हुनुको  साथै  प्रभावकारी पनि छन्।

प्रजातन्त्रले MAGA लाई सत्तामा पुग्न ठूलो सहयोग गर्‍यो। तर अब यही प्रजातन्त्रले MAGA लाई आफ्नै रक्षा गर्न र सत्तालाई निरन्तरता दिन अवरोध पुर्‍याइरहेको छ। MAGA ले एक महत्वपूर्ण परीक्षा पार गरिसकेको छ। यदि MAGA ले निर्णायक र अपरिवर्तनीय रूपमा विजय हासिल गर्न सकेन भने, अमेरिकाको अनि विश्वकै अन्त्य शीघ्र आउनेछ। यस्तो जोखिम अत्यन्तै उच्च छ।

यद्यपि, अमेरिकामा दुई-दलीय प्रणाली पतन भइरहेको छ। नयाँ शिविरहरू MAGA र वैश्वीकतावादीहरू बीच बनेका छन्। वैश्वीकतावादीहरू एउटा सञ्जाल र विचारधाराका रूपमा संगठित छन्। MAGA इमानदार जनताको सत्यनिष्ठ इच्छा हो, जसले सही विचारहरू बोकेको छ। तर… यो पर्याप्त छैन। 'म्यागा' अमेरिकाका क्रान्तिकारी अभिजात वर्गीय जनताको विचारधारा बन्नुपर्छ।

MAGA ले एक बौद्धिक केन्द्रको निर्माण गर्नुपर्छ, जसले सबै परिस्थितिमा (सबै कुरा राम्ररी चलिरहेको बेलामा पनिर गम्भीर समस्या उत्पन्न भएको बेलामा पनि) ट्रम्पलाई समर्थन गर्नेछ। जब सबै कुरा जस्तै, अहिले MAGA ले धेरै छिटो सुरुवात गर्यो। अब यसले प्राप्त उपलब्धिहरूलाई सुरक्षित गर्न झन् तीव्र गतिमा अघि बढ्न आवश्यक छ। अन्यथा...

जर्ज सोरस केवल एक वृद्ध दुष्ट व्यक्ति मात्र होइन। यो त मानवतालाई अन्धकारतर्फ धकेल्ने दुष्ट शक्ति पनि हो।  त्योभन्दा अझ धेरै  एक भयावह अदृश्य शक्ति र सत्ताको हातमा रहेको एउटा खतरनाक  साधन  हो।

अलेक्जेन्डर दुगिनको "द ट्रम्प रिवोल्युशन" प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् https://arktos.com/product/the-trump-revolution/