Advertisement Banner
Advertisement Banner

०१ आइतबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

रूकुमको पहिलो मेरो साहित्यिक यात्रा

०१ सोमबार , बैशाख २०८२एक बर्ष अगाडि

रूकुमको पहिलो मेरो साहित्यिक यात्रा

सुरेशकुमार पाण्डे-------------------

म त्यति ठुलो साहित्यकार त होइन तर किनहो कुन्नी आफुलाई साहित्येकार भन्दा मन हुरूक्कै हुन्छ।हुँन त मेक्शिम गोर्कीले भनेको जस्तै ू ख्याल ख्याललैमा कतिवेला साहित्यकार भएछु हेक्कै नै भएन।ू
गोर्की पनि मज्दुरी गर्दै समुन्द्री जहाजमा फिरन्ते थिए अनि समुन्दरको किनारमा बनेको बगरमा बालुवामा लेख्थे चीत्र बनाउँथे।कति वेला लेख्न पढ्न सिके र साहित्येकार बने उनि आफैलाई थाहा थिएन। अरूले साहित्येकार भन्दा उनि मख्ख हुन्थे।ू
मलाई पनि साहित्येकार भनेर सम्मोदन गरी बोलाउंदा त्यस्तै लाग्छ।
एउटा साररिक परिश्रम गरेर जीवन यापन गरेको व्यक्ती स्कुल जानेवेलामा झोला बोकेर छिमेकी मुलुकमा ९लाहुरे०बाल मज्दुरको रूपमा पुग्छ।
जीवनमा खाए नखाएका ठोक्कर खान्छ।आर्काको देशमा पुगेर ठाउँ बनाउनु भनेको आर्को जन्मलिनु जस्तै हो।भाषा त्यहाँको रहनसहन भेशभुषा अप्नाउंनु सिक्नु भनेकै ठुलो कुरा हुन्छ।म आफ्नो आँमाको काखबाट सिधा विदेशी भूमिमा पुगेको थिएँ। त्यो सम्झिंदा झसङ्ग हुन्छु।काम नपाएर कयौँ दिनसम्म भोकै बस्नुपर्दाको पिढा अहिले पनि कता कता चसक्क पोल्छ।
साहिद म स्कुलमा पढ्न नपाएरैहोला साहित्यिक पाटो पच्छाउँन पुग्छु।मानिसलाई भोकले थुप्रै कुरा सिकाइदिन्छ।पेटभरी खानेहरू मसक्कै निदाउँछन् तर भोको मानिसलाई निन्द्रा लाग्दैन रातिमा जागा बस्नेहरू निकास खोज्छन्।दिउसै निदाउँनेहरू बिलासितका दाउँ खोज्छन्।म उनै निकास खोज्नेहरूको पछि पछि हिँडे।
लामू समयसम्म भारतको सहरहरूमा काम खोज्दा यो केटाले कतै चोरेर भाग्यो भने आफु फसिएला भन्ने डरले पनि मलाई कसैले नोकरी लगाइदिँदैनथे।साहिद् मेरो अनुहार नै चोरको जस्तो उनिहरूलाई लाग्थ्योहोला।जब मलाई कसैले उपहास गर्दथ्यो त्यसबाट मैले शिक्षा लिने गर्थें।
भारतको दिल्ली,हरियाणाको पानीपत ,पञ्जाबका लुधियाना,जलन्दर,फक्वाडा ,युपिको मेरठ आदि सहरहरूमा भौँतारिएपछि १७वर्षको कलिलो उमेरमा पानीपतको थर्मलमा मज्दुरी गर्न सुरू गरेको थिएँ।म नेपालमा त्यती घुमेको छैन तर प्यूठान मेरो मावलीहरू बसने भएकोले सानै उमेर देखि पैदल दुइदिनको बाटो हिंडेर मामाका घरमा जुम्रीकाँडा जान्थे।यसरी अरङ्गखोला,बाक्सिंग स्वर्गद्वारी हुँदै माडीखोला बेलबास र कहिले केपबाट पातलकटेरको बाटो दुइ दिनको पैदल यात्रा लुप्लुङ्गसम्म कयौँ चोटी गरेको छु।
काठमाण्डौ म पहिलो पटक आफ्नै भाई हराएकोलाई खोज्न भनेर पुगेको थिएँ।तर त्यसपछि कयौँ पटक घुमियो।
साहित्यिक कार्यक्रमको द्वौरान वा सामाजिक कार्यको द्वौरान बाहेक घुम्नै भनेर म अहिलेसम्म कतै गएको छैन।
मलाई रूकुम सल्यान घुम्ने रहर थियो।सल्यान त यस अर्थमा की कुनैवेला दाङ जील्लाको केही हिस्सा सल्यानमा पर्दथ्यो।र म जन्मेको गाउँ काउलेपानी स्यूजा पनि त्यो वेला सल्यानमै पर्दथ्यो।
हुँन त आफ्नो देशका कुनाकुनामा पुग्ने रहर सबैलाई हुन्छ त्यस्तै मलाईपनि छ।तर समयको अभाव विदेशी कर्मचारीको जिम्मेवारीले गर्दा पनि घुम्न सकिन।हुन त कसैले आफ्नो स्वर्थमा जिम्मा भुल्छन् तर मैले आफ्नो जिम्मा लिएको काम पुरा नगर्दासम्म अरू काम गरिन।प्रवाशी जीवनमा पनि मैले समयलाई मूल्यवान सम्झिने गरें।जहाँपनि निर्धारित समयमै पुग्ने बानि छ।
अहिले म सन् २०२१बाट अबकास जीवन यापन गर्दै छु।तरपनि कतिपय घरेलु कामले गर्दा ती कामहरूले नै घरभन्दा बाहिर जान दिएका छैनन्।
अहिले राप्ती साहित्य परिषद् दाङ शाखाको वार्षिकउत्सव पछि रूकुम जाने अवसर प्राप्त भयो।एम रेग्मीजी अनि टीकाराम उदाशीजीहरूले पटक ( पटक फोनमा गाइड गरेर होसला दिनुभयो।
चैत्र २१गते बिहानै पाँच बजे घरबाट हिंडे।मसँग देवेन्द्र रिजालजी पनि तुल्सिपुर चौकमा वहान सहित भेट हुनुभयो।हँसिलो स्वाभावका धनी रिजाल सँग बाटो काट्न सजिलो भयो।उहाँमा अरूलाई छिट्टै हँसाउँन सक्ने क्षमता छ।
वास्तबमा सफरमा यस्ता साथिहरूको सधैँ अभाव रहन्छ।उहाँलाई नभेटाएको भए मलाई सजिलो हुनेथिएन।
रूकुमको खलङ्गा पुगेपछि आदर्णिय कमलमणी देवकोटाजीको जोसिलो स्वागत पाएपछि झनै खुसि लाग्यो।उहाँले उसैदिन ढिला नगरी खलङ्गाको केही ठाउँमा आफैलिएर म लगायत देवेन्द्र रिजालजीलाई घुमाउँनुभयो।दुबै झोलङ्गे पुल,हवाई मार्ग,घुम्दा त्यहाँको बारेमा जानकारी पनि गराउँदै जानुभयो।
धेरै कम मानिसहरू हुन्छन् जो आफ्नो थकाईको कुनै प्रवाह नगरी अरूको सहयोगमा सधैँ तत्पर  हुन्छन्।उनै मध्यका आदर्णिय व्यक्तित्व कमलमणी देबकोटाजी हुनुहुन्छ।खुसि लाग्छ यस्ता महान व्यक्तित्वलाई भेट्न पाउँदा।
उहाँले हाम्रोलागि बसने खाने सबै व्यवस्था मिलाएईदिनुभयो।
साँझमा काठमाण्डौबाट पाल्नु भयका सबै साहित्यकारहरूको स्वागत् र परिचयत्मक कार्यक्रम एसियन होटलमा भयो।
भोली पल्ट खलङ्गाको सिरानमा रहेको मन्दीरको भ्रमण गराउँनुभयो। काठमाण्डौबाट आएका पाहुनाहरूको गाडीमा बसेर हामिपनि घुम्न गयौँ।
त्यसपछि हामी त्रिवेणी झर्यौँ र मायाँ होटलमा भान्सा पछि कार्यक्रम स्थल सहीद प्रतिष्ठानमा पुग्यौँ।त्यो प्रतिसठानमा भित्तोभरी करिब सहत्तर जना शहिदहरूको तस्विरले सजाइएको थियो।जहाँ चार जनाको दाँसंस्कार गरेकै ठाउँमा भवन बनाएर शहीद प्रतिष्ठानको नाम दिएका रहेछन्।
यहाँ खारा खोला,रूघु खोला र मुघु खोलाको दोवान भएकाले यो गाउँको नाम त्रिवेणी राखिएको रूकुमका अध्यक्षले बताउँनुभयो।दिउसो करिब एक बजेको आसपासमा स्थानिय झाँकीहरू र ठाडी भाकाका गीत नाचहरूले मनोरञ्जन गरायो।साथै  काठमाण्डौबाट आउँनुभएका साहित्येकारहरूले अत्यान्तै राम्रो ढङ्गबट कार्यक्रमको सञ्चालन् गर्नुभयो।कविता वाचनका कार्यक्रमहरू भयो।स्रष्टा समँमानका कार्यक्रमपनि भए। कार्यक्रमको समापन पछि फेरी हामी खलङ्गा फर्कियौँ।र आ आफ्नो बास स्थानमा पुग्यो।तेस्रो दिन बिहानै उठेर नुहइ धोईगरी हामी पाहुना सँगै कमल ताल जान हिंड्यौँ तर त्यहाँ बाटो अलि साउँरो र बन्दै गरेको अवस्थामा सानी भेरीको पुलमा एकछिन फोटा खिचाए पछि फिर्ता भयौँ।
आजको कार्यक्रम पनि खलङ्गा बाजारबाट तल खेरी गाउँमा झरेर सहिद प्रतिष्ठानको भवनमा नै भएको थियो।यहाँ पनि त्रिवेणी झैँ उत्तिकै शहीदहरूका फोटाले भित्ता सझाइएको थियो।चैते दँशैको दिन परेकाले शहीद प्रतिष्ठानको बाहिर नै नाच गान चलेको थियो।पञ्चे बाजा सहितको नाच पछि होलमा प्रवेश भयौँ।यहाँ कविता प्रतियोगिता पनि भयो।सबैले जोडदार कविताहरू पस्केकाथिए।कयौँ कविताले त हामिलाई पनि रूवाउँन सफल भयो।कार्यक्रम दिनैभरी चल्यो ।सरकारको तर्फबाट मेहर ,उप महेर अनि पूर्व मन्त्री र सभासदहरू लगायत कर्मचारी गाउँ पालिका ,वाडाका प्रमुखहरू समेतको राम्रो उपस्थितीमा कार्यक्रम भब्य र शब्य रूपमा सम्पन्न भयो।
बिहान पख मित्र मनलाल व़लीले आफ्नो जीवन साथिको सम्झनामा दिनु भएको घडेरीमा राप्ती साहित्य परिसद्को भवनको उद्घाटन मान्ननिय प्रदेश सभाका पूर्व मुख्यमन्त्री तथा वर्तमान सभासद द्वारा भयो।यी सबै कार्यक्रमहरूमा हाम्रो प्रत्यक्ष सहभागिता रह्यो।
अन्तमा मैले देखेको र अनुभव गरेको कुरा सटिकमा केहो भने।रूकूम पश्चिमको खलङ्गा एउटा नमुनाको रूपमा बिकास भएको देखियो।पहाड पहराहरूमा पनि तीन चार तले भवनहरू बनेका छन्।यहाँका मानिसहरूको एकता र आफ्नो यो गाउ आफै बनाऊँ भन्ने संदेश फिंजाउँन सफल भएको छ ।गाउँबासिमा यो गाउँ प्रतिको अघात प्रेम भएको यहाँ झल्किन्छ।
सोलरबाट मोटर चलाएर तलको पानी माथि तानेर सिंचाई भएको छ। पानीबाट बिधुत् उत्पादन गरेर प्रसारण गरिएको छ।यस्तो ठाउँमा पनि अन्न उब्जिन सक्छ र विकाश हुनसक्छ भन्ने यो रूकूम पश्चिमको खलङ्गाले संदेश दिएको छ।

हुन त शोलाबाङ्ग र त्रिवेणीले पनि राम्रो संदेश बोकेका छन्।सारदा नदीले धेरै जमिन सिंचेर अन्नको भण्डरको रूपमा चिनाएको छ। खोलाका किइनारा र बगरहरूमा पहेंलै सुन फलेको देख्दा मन लोभाउँ छ र खुसिले गदगद् हुन्छ।
फर्किने क्रममा साथिहरूले हामिलाई चीया नास्ता समेत गराएर मनलाल जी लगायतका साथिहरू हामिसँगै तल शोलावाङ्गसम्म आउँनुभयो।त्यहाँका सबै जसो साहित्ये प्रेमि अत्यान्तै सक्रिय लगनसिल देखियो।खगेस्वर भण्डारी,पूर्ण ओली लगातार खट्नुभएको थियो।हुन त धेरै साथिहरू नियमित खट्नु भएको छ । सबैको नाम मलाई याद छैन र उल्लेख गर्दापनि यो छोँटो लेखमा समेट्न गारै छ।सबै साथिलाई मिठो सम्झना पनि मनैमा छ।
बाटोम हामि खुबै रमाउँदै हाँस्दै र हसाउँदै आयौँ।हामि दँगालीहरू आदर्णिय कमल मणी देवकोटा,दीपक शर्मा समिर,देवेन्द्र रिजाल ,सारदा मैम,सुसिला मैम रीमा गौतम् मैम,अनि उसा केसी मैम र मनलाल वलीको छोरी सहित सबै घोराई सम्म पुग्यौँ र आ आफ्नो गनतव्य तर्फ लाग्यौँ ।