Advertisement Banner
Advertisement Banner

२९ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

तरङ्गूमुक्तक सङ्ग्रहको समीक्षा कार्यक्रम

०१ सोमबार , बैशाख २०८२एक बर्ष अगाडि

तरङ्गूमुक्तक सङ्ग्रहको समीक्षा कार्यक्रम

दाङ चैत्र २९, राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत साहित्यकार कपिलकिशोर घिमिरेको मुक्तक सङ्ग्रह तरङ्गको समीक्षा तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम  रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्मा प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो। 
सो कार्यक्रममा तरङ्ग मुक्तक सङ्ग्रहको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल 
स्वर्णशिखाले गर्नुभएको थियो ।
समीक्षक साहित्यकार स्वर्णशिकाले तरङ्गमुक्तक सङ्ग्रहमा रहेका सम्पूर्ण मुक्तकहरू राम्रा रहेका कुरा बताउनुभएको थियो।

राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल, वरिष्ठ साहित्यकार गणेश विषम, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार उत्तमकृष्ण मजगैँया, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेले  शुभकामना मन्तव्य दिनुभएको थियो भने मुक्तक सङ्ग्रहका लेखक कपिल किशोर घिमिरेले मुक्तक लेख्दा तथा प्रकाशन गर्दाका अनुभवहरू   सुनाउनुभएको थियो। 
सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा।टीकाराम उदासी, कोषाध्यक्ष डा. खेमराज मल्ल, राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा समीर झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, साहित्यकारहरू यज्ञबहादुर डाँगी, शशिधर भण्डारी, प्रमोद धिताल, यमुना घिमिरे, कुन्दन किशोर घिमिरे, घनश्याम अस्तित्व, एकनारायण चापागाईं, एकराज शर्मा अधिकारी, हरिप्रसाद पाण्डे, नगेन्द्रकुमार आचार्य, चन्द्रप्रकाश देवकोटा, गिरिराज पौडेल, देवेन्द्र कुमार रिजाल महेश कुमार न्यौपाने सुवाष न्यौपाने, दामोदर पौडेल,  गिरिप्रसाद पन्थी, शरद गौतम, मधुसुधन गौतम, वीना रोका क्षेत्री नारदप्रसाद भण्डारी, धनसिंह गिरी , खेमराज गाउँले, यशोदा केसी साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो। 
राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ गरिएको कार्यक्रमको सञ्चालन सचिव  घनश्याम केसीले गर्नुभएको थियो भने संस्थाको तर्फबाट साहित्यकार घिमिरेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो।