Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

पुनर्निर्माण कहाँ पुग्यो? - धर्मरत्न श्रेष्ठ

१० सोमबार , जेठ २०७३१० बर्ष अगाडि

 ८ लाख परिवार अझै छ पालमा, खोई सरकार, पुनर्निर्माण कहाँ पुग्यो? युवाहरुले यसरी प्लेकार्ड बोकेर सुतेको सरकारलाई उठाउने प्रयत्न गरेका छन्। तर सुतेको नाटक गरेर ठूला ठूला सपनामात्र देखाउने सरकारले युवाहरुले उठाएका यस्ता प्रश्नमा जवाफदेही हुनेगरेको छैन। सरकार सिंहदरवारमा छ, जनताको जीवन र समाजको अपेक्षामा सरकार कतै पनि देखिन्न। बरु धुर्मुस र सुन्तलीजस्ता कलाकार देखिन्छन्, बेलायतका राजकुमार ह्यारी देखिए, केही सामाजिक कार्यकर्ता र संवेदना भएकाहरु देखिन्छन् तर जनताप्रति, देशप्रति जिम्मेवार हुनै पर्ने सरकार कर्तव्य पूरा गर्र्न जिम्मेवार बन्न सकेन। जनताप्रतिको दायित्व पूरा गर्न नसकेको सरकारप्रति संसदमा प्रश्न उठेको छैन। प्रमुख प्रतिपक्षी कांग्रेससहितका साना दलहरु रनभुल्ल परिरहेका छन्, मधेसी मोर्चासहितका अन्य सानादल सडक आन्दोलनमा छन्। वर्षा सुरु भइसक्यो, भूकम्पपीडितले सरकारले घोषणा गरेको राहत रकमसमेत पाएनन्।

नागरिक समाज, पत्रकार, सामाजिक कार्यकर्ताहरु सरकारलाई झकझक्याइरहेका छन्, युवाहरुले यसरी पर्चा, ब्यानर देखाएर सरकारलाई कर्तव्यप्रति नैतिक हुन दबाब दिइरहेका छन् तर सरकारमा बस्नेहरु छाडा साँढे प्रवृत्तिमा प्रवृत्त छन्।