Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

गणतन्त्रविरुद्ध जनआवाज किन उर्लियो ?

१६ मंगलबार , बैशाख २०८२२ दिन अगाडि

गणतन्त्रविरुद्ध जनआवाज किन उर्लियो ?

सुरेशकुमार पाण्डे-------------------

अहिले धेरै व्यक्तिहरू र कयौँ नेताहरू समेतले जानि नजानी गणतन्त्रको बिरोधमा अभिव्यक्ती दिएको देखिन्छ र यसका पछाडिका कारणहरूको समिक्षा गर्नुपर्छ जस्तो मलाई लाग्छ र यति भन्दा यसबारे प्रष्ट हुनैपर्ने के छ भने प्रजातन्त्रको विकल्पमा राजतन्त्र हुनैसक्तैन र प्रजातन्त्रको बिकल्प प्रजातन्त्र नै हो र जस्तो की सीपी (चन्द्रप्रकाश) मैनालीले भनेको जस्तो “अबको पालो राजतन्त्रको सफल आन्दोलन’ त्यो उनिभित्रको भाव बाहिर आएको जस्तै भाव यहाँ भनिएको होइन भनेर प्रष्ट हुनुपर्छ र किन की राजतन्त्र देश र जनताको हितमा हुनसक्दैन भनेर लोकतन्त्र ल्याइयो, लोकतन्त्र समेत देश र जनताका लागि हुनसकेन र लोकनेताले लोकको आशा र अपेक्षामा तुषारापात गरिदिए ।
गणतन्त्रलाई फेल गर्ने षड्यन्त्र गणतन्त्रको भित्रैबाट हुँदै गएको छ  भन्ने कुरामा संशय नगर्दा पनि हुन्छ ।
जेहोस् अहिलेसम्म आइपुग्दा गणतान्त्रिक व्यवस्था शंकामै छ ।
आज एकातिर अध्यापकहरूको आन्दोलन् र आर्कोतिर सरकारी विद्यालयहरूको भबिष्य दाउमा छ र यसैको बिचमा आज आठ गतेका दिन शिक्षा मन्त्री विद्या भट्टराईको राजिनामा आएको छ र रघुजी पन्त शिक्षा मन्त्री बनेका छन् र यिनी पनि आठपासे नै हुन् र यिनले देशको बिग्रेको भत्केको शिक्षालाई कसरी मार्गदर्शन गर्लान् ? विद्याको राजीनामा राज्यले शिक्षामा केही राहत दिन्छ की भन्ने आशा पलाएको वेला आएको छ र त्यसकारण हाम्रो लागि यो आर्को दुर्भाग्य बन्न गयो ।
हुन त राजीनामा आएपछि बिभिन्न खाले संघ संस्था वा बुद्दिजिवीहरूको बिभिन्न तर्क आएको छ र आउँदै जानेछ र कसैले उनको यो कदमलाई सकारात्मक र कसैले नकारत्मकमा लिएका छन् र सबैले आ आफ्नै बिचार व्यक्त गर्ने नै हो र तर शिक्षालयलाई स्वास्थ दुरूस्त कसरी राख्ने ? बिमार भएको शिक्षालाई उपचार कसरी गर्ने, यावत मुद्धाहरूमा मैत्रिपूर्ण छलफलको आवश्यकता थियो दुर्भाग्यवस त्यसो हुनसकेन र शिक्षकहरू आन्दोलन लामिदैजाँदा कक्षा बाह्रका विद्यार्थीहरूको भबिष्य नै दाउमा छ र त्यो मात्र होइन आर्कोतिर यो वेला सरकारी विद्यालयहरूमा भर्ना गराउन जोड दिनेवेला हो तर प्र अ लगायतका अध्यापकहरू हड्तालमा पुगेका छन् र यसको पुरा फाइदा निजि विध्यालयहरूले उठाएका छन् र आधारभूत विद्यालयहरू विद्यार्थी बिहिन हुने सम्भावना देखिन्छ ।
यसबारेमा हड्ताली अध्यापकहरू वा सरकार दुबै सम्वेदनहीन भएको महसुस् भयो र बैशाखको आठ गते सात बुँदे प्रस्ताबमा प्रधानमन्त्री र शिक्षा मन्त्री बिचको छलफलबाट निष्कर्ष नआएपछि विद्या भट्टराइले आफ्नो राजिनाम प्रधानमन्त्रीलाई बुझाएको हो । मन्त्रीको राजीनामा र नयाँ मन्त्रीको नियुक्तीले समस्या हल हुन्छ वा समस्या झनै बल्झिन्छ ? निश्चित रूपमा समस्या बल्झिन्छ र समस्या सुल्झाउनको लागि यो सात बुँदे एजेण्डा अगाडी आएको थियो तर प्रधानमन्त्रीबाट गम्भिररूपमा लिइएनन्, परिणाम अहिलेको अबस्था आयो र शिक्षानीति डावाँडोल भयो ।
के छ सात बुँदे प्रस्ताबमा – ईसीडीका शिक्षकको तलब १७ हजार तीन सय बनाउने,सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन गर्ने, मर्यादाक्रम कायम गर्ने, हाललाई निजामती अस्पत्तालबाट शिक्षकको उपचारमा छुटको व्यवस्था गर्ने लगायत थियो र तर माग त उनिहरूका धेरैछन् र उपरोक्त बुँदाहरूमै सहमत हुन नसकेपछि विद्या भट्टराइले राजिनामा दिएको बुझिन्छ र सरकार नै बिरोधी भएको बेलामा नयाँ मन्त्रीले के नै लछारपाटो लगाउलान् र ?
यसरी सधैँ सडक र सदनमा बिवाद हुँदै जाँदा देशमा अनिश्चिताको अबस्था सिर्जना हुँदै आएकोले गणतन्त्र नै बेठिक हो की भन्ने भ्रम सिर्जना हुँदै आएको छ र परिणाम देशमा गणतन्त्रप्रति वितृष्णा ह्वात्तै फैलिंन पुगेको छ ।
कहिले कुलमानलाई बर्खास्त गरेपछि उनका समर्थकहरूले आन्दोलन गर्ने, कहिले शिक्षक आन्दोलनलाई सरकारले सम्बोधन नगर्ने र आखिर किन उनीहरूले मैत्रिपूर्ण छलफल गरेर आइपरेका समस्याहरूको समाधान गर्दैनन् ? के साँच्चै गणतन्त्रको दौसल्ला ओडेकाहरू बाटनै गणतन्त्र खतरामा छ ? यसबारे शङ्का गर्ने ठाउँ प्रसस्तै देखिन्छ र भलै राजनैतिक पार्टीका नेताहरूले खुलेआम राजतन्त्रको वÞकालत गरेका छैनन् र तरपनि उनिहरूको व्यवहारले राजावादीहरूलाई फाइदा पुराएकै छ र राजतन्त्र नै बिकल्प हो कि भन्ने बहस समाजमा बढेको देखिन्छ ।
सरकारमा आफ्नो हैसियत राख्न चाहाने वा विजन भएका व्यक्तिहरूलाई हटाउने वा राजिनामा दिन लगाउने व्यवहारले देशको भबिष्यमा खतरालाई बढावा दिन पुगेको छ ।
को हुन विध्या भट्टराई ? उनि नेपालको संघीय संसदको सदस्य र हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री,जो सन् २०१९ फर्वरी (२०७६) मा हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका रविन्द्र प्रसाद अधिकारीकी श्रीमती हुन् र उनि ६ वर्ष पहिले त्रिभुवन विश्वविध्यालयमा उप प्राध्यापकको पदमा कार्यरत थिइन् र श्रीमानको मृत्युपछि उनी एमालेको टिकटमा कास्की २ बाट उप निर्वाचनमा भारि मतले विजयी भइन र उनले काँग्रेसका उमिदवार खेमराज पौडेललाई ८ हजारभन्दा बढी मतान्तरले हराएकी थिइन र सन् २०२२मा सोही क्षेत्रबाट पुनः निर्वाचित भइन र उनि २०४६ साल देखि एमालेमा रहेर काम गर्दै आएकी थिइन र समाज शास्त्रमा एम ए, र मानव शास्त्रमा एम फिल सम्म अध्ययन गरेकी विध्याको राजीनामाले शिक्षक आन्दोलन समेत प्रभाव परेको छ ।
कुलमानको मुद्धा अदालतमा बिचाराधिन भएकै अबस्थामा अहिले फेरी विध्या भट्टराइको राजीनामाले सरकार झन पछि झन कम्जोर अबस्थामा पुगेको देखिन्छ र भलै विध्याले आनुशासित बनेर आफ्नो राजीनामा दिएकी छन् तर अहिलेको अबस्थामा राजिनामा भन्दापनि शिक्षक आन्दोलनलाई समाधानको बाटो खोज्नु पर्दथ्यो र जुन अवसर गुम्यो ।
शिक्षा मन्त्रीको राजिनामा सँगै प्रधानमन्त्रीले झनै आक्रामक रूख अप्नाउन थालेको उनको अभिव्यक्तिबाट बुझिन्छ र “अब शिक्षकको माग पुरा हुँदैन आआफ्नो काममा जाउ’ भन्दै रूखो अभिव्यक्ती दिएका छन् र शिक्षकहरूका कयौँ मागहरूमा त राज्यको आर्थिक खर्च नै हुँदैन र त्यस्ता मागहरूमा खिचातानि गरेर समय खेरा फाल्नुको साटो आपसमा टेवुल गरेर समाधानको बाटो खोज्नु पर्ने हो र तर अहिले पनि उनीहरूको तानातनीले शिक्षालयको र स्वयम विद्यार्थीको भविष्य जोखिममा पुग्यो ।
त्यो मात्र होइन शिक्षक र सरकार को समेत भविष्य दाउमा छ र उनिहरूको लडाइबाट कसलाई फाइदा भयो ? निजी विध्यालयहरूमा धमाधम भर्ति प्रकृया पुरा गरेर स्कुलहरू सञ्चालनमा छन् तर सामुदायिक स्कुलहरू नाङ्गिँदै गएका छन् र कर्मचारी र सरकारको व्यवहार र माष्टरको आन्दोलनले गणतन्त्रमाथि नै प्रश्न चिन्ह खडागरेको छ ।
उनिहरूको व्यवहार देख्दा गणतन्त्र भित्रैबाट गणतन्त्रमाथि प्रहार गरेर पुन प्रतिगमनलाई फाइदा पुराउँने षड्यन्त्र त भएको छैन ? प्रश्न उठाउने ठाउँ छ ।
अध्यापकहरूको राजधानीमा आन्दोलन चलिरहेको छ यता अनुगमन टोलीहरूले सरकारी स्कुलमा विद्यार्थी भर्ना भएका छन् की छैनन्, पाठशालामा काम सकारात्मक र सुचारू छ की छैन भन्दै छानबिन प्रकृया अगाडी बढाएको छ र सरकार आफैले हड्ताल लम्बाएको छ र स्कुलहरू खालि भएकाछन त्यो जीम्मेवार स्वयम सरकार हुनुपर्छ र कर्मचारीहरूको मागमा तुरून्तै छलफल गरेर स्कुलहरू रित्तिनबाट जोगाउन सकिन्थ्यो र अब सरकारले अध्यापकहरू प्रति प्रतिषोधको व्यवहार गर्ने र उनिहरू माथि कार्वाही गर्न कम्मर कसेको देखिन्छ ।
गणतन्त्रको व्यवहार सही भएन र त्यसैले जनतामा गणतन्त्रको बिरूद्धमा आक्रोश पैदाभयो र गणतन्त्रको बिकल्प भन्दा पनि बुढा नेताहरुको बिकल्प खोज्नेतिर जनता लागेका छन् र हामी यो देशका नागरिकहरूले देश र जनताको भबिष्यको बारेमा चिन्तित् हुनु आबश्यक छ र आखिर देशमा गणतन्त्रको बिरूद्धमा आवाज किन उठिरहेको छ यसको मुख्य दोषी व्यक्ति भन्दा पनि नेतृत्वको नैतिकहीनता नै हो ।