Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

३ घण्टामा देश ठप्प पार्दिउँ?

१९ सोमबार , माघ २०७११२ बर्ष अगाडि

हिन्दूबाहुल्य देशमा धर्मनिरपेक्षता कसरी सुहाउँछ? यसमा गल्ती भएको हो, गल्तीवस धर्मनिरपेक्षता घोषणा भएको छ। यो सुधारिनैपर्छ। कमल नयनाचार्य (मुक्तिनाथ बाबा)को

कथन हो यो। निर्वाचित नेताहरुले जनमतलाई ख्याल गरेनन्। इटहरिमा माघ १८ गते पत्रकारहरुलाई यस्तै प्रवचन दिए बाबाले। 'सबैभन्दा ठूलो दान मत र विचारको दान हो' यसरी

ठूलो दान गर्ने जनताको मन दुखाए नेताहरुले। भोट दिनेलाई चोट दिए। जनता जनार्दन हुन्छन् लोकतन्त्रमा, जनसहभागिता कतै देखिदैन। खाली नेताहरु विवाद गरिरहेका छन्।

महगो समय खेर फालिरहेका छन्। अव अति भयो।
हामी निरीह छैनौं, नेताहरु सच्चिहाल्लान कि भनेर कुरेर बसेकोमात्र हो। हामी मुक्तिनाथ परिवारले चाह्यौं भने ३ घण्टामा देश ठप्प पारिदिनसक्छों। अझै नेताहरु चेत्दैनन् भने देश

ठप्प पारेर देखाइदिन्छों, बाबा बम्किए। बाबाले अगाडि भने– बनाउने केही नसक्ने, सियोसम्म पनि भारतबाटै ल्याउनुपर्ने, जुन कुरामा पनि भारतकै भर पर्नुपर्ने, यस्तो अवस्थामा

के को बन्द, किन गरिन्छ हड्ताल? बन्द हड्ताल गरेर कोही पनि बहादुर बन्दैन। हिन्दूहरुमा चेतना र गर्व जागरण भइसकेको छ। हिन्दुमाथि गरिने कुनै पनि दमन, अन्याय सह्य

हुनसक्दैन।
हिन्दू भनेको त्यागको प्रतीक हो। बाबाको मत छ– धर्मै नमान्नेलाई पनि निकट सम्बन्ध राखेको छु। सुध्रने मौका दिनुपर्छ, नेताहरु सुधि्रने अन्तिम आश बाँकी छ, त्यो आशा

गरिरहेका छों। आगामी फागुनमा ठूलो यज्ञ गर्न लागेको छु, त्यो समयमा विपरित ध्रुवहरु एक भएर चमत्कार हुनेछ। त्यतिबेला १ सय ८ फिट अग्लो तामाको विश्वशान्ति कलश

स्थापित गरिने छ। के चमत्कार हुन्छ, त्यो बाबाले बताएनन् तर ३ घण्टामा देश ठप्प पारिदिने मुक्तिनाथ बाबाको कथनमा हिन्दूहरु आकर्षित हुँदै गएका छन्।