Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

'दुई विषय'मा छलफल गरौं

१९ सोमबार , माघ २०७१११ बर्ष अगाडि

शाश्वत शर्मा
अहिले दुई 'थापाकाजी'को क्रियाकलाप ठम्याइनसक्नु भएको छ। धनकुटे थापा अर्थात सूर्यबहादुर थापा र मकवानपुरे थापा अर्थात कमल थापा। आफ्नो पार्टी राप्रपा संविधान

निर्माणको प्रक्रियामा मिसिएता पनि 'सहमति' नै चाहिएको छ भने उता हेटौंडाका थापा अर्थात कमल थापाले चैं 'राजासहितिको सनातन हिन्दू राष्ट्र' हुनुपर्छ भनेर भन्दा भन्दै पनि

आफ्ना सभासद दिलनाथ गिरीलाई 'गणतन्त्र नेपाल'को संविधान निर्माण गर्ने प्रक्रिया स्वरुप गठन गरिएको प्रश्नावली समितिमा सदस्यका हैसियतले पठाएका छन्। त्यसो त,

सबैलाई थाहा भएकै कुरा हो, यी दुवै थापा (हिजोका) राजावादी हुन् भन्ने कुरा। पैसा, इज्जत, पद, प्रतिष्ठा यी दुबै थापाले राजाकै पालामा प्राप्त गरेका हुन्। शायद त्यसैले पनि

हेाला कि कमल थापाले केही दिनअघिसम्म पनि राजा र हिन्दूधर्म भनेर अड्डी लिएका थिए। तिनले धर्म छाडेनन् र सत्तावादीबाट आइतवार ९० डिग्रीको फन्को मारेर संघीयता र

धर्मनिरपेक्षतालाई पनि प्रश्नावलीमा राख्न माग गरे। सत्तावादीबाट इन्कार हुनासाथ बैठक बहिष्कार गरेर बाहिरिएका छन्। तर, कहिले कालो टिका त कहिले गणतन्त्रवादी बनेर

आफ्नो सात पुस्तालाई पुग्नेगरी दाम (राजाहरुलाई भजाएर) कमाएका सूर्यबहादुर उग्र गणतन्त्रवादी भएको त उहिल्यै हो। वास्तवमा आधुनिक नेपालका राजाहरुको चर्चा गर्दा ००७

सालपछिका राजाहरु त्रिभुवन, महेन्द्र, वीरेन्द्र र अन्तिममा ज्ञानेन्द्रले जतिलाई 'बनाए' तिनीहरु सधै 'राजावादी हुन् कि होइनन्' भन्ने संशयमै रहे। राजतन्त्र फालिने निर्णय हुँदा

एकजना राजावादी पनि सडकमा देखिएनन्। अँध्यारोभित्र कता हराए हराए। स्वार्थ पूरा हुन्जेल राजावादी भएर पछि राजालाई धोखा दिन तम्सिनेहरुको फेहरिस्त निकै लामो छ।

खैर, यहाँनेर बासी कुरा कोट्याउनु भन्दा पनि अहिलेको घटनाक्रमको चर्चा गर्नु उपयुक्त देखिन्छ। सूर्यबहादुर थापा संकटका साथीका रुपमा प्रधानमन्त्री हुनका लागि काठमाडौं

दिल्लीयात्राको प्रसंग पनि यही बेला उठेको छ।
सूर्यबहादुरले गत शनिवार मालिगाउँ घरमै पत्रकार सम्मेलन गरेर एमाओवादीलाई सहमतिमा नल्याइकन संविधान निर्माण गर्नु हुँदैन भनेर आफ्नो 'ब्रम्हज्ञान' छताछुल्ल पारेका

छन्। साथै उनले माघ ८ घर्किसकेका हुनाले सबै मिलेर नयाँ मिति तोकिहाल्नु पर्छ भन्ने आग्रहसमेत गरे। यी धनकुटाका मुगाली थापालाई गणतान्त्रिक संविधान निर्माणको यति

बिघ्न चटारो छ। यद्यपि उनले सुशील कोइरालासँग सहयात्रा गरेर छोरालाई आपूर्ति मन्त्रीको बोनस खाइसकेका छन्। उनी भन्छन्: छोरो भनेको उत्तराधिकारी हो। मैले उसलाई

मन्त्री बनाएर के बिराएँ। हो त नि, उनले बिराएको हो र? उनको छोराले नेशनल टे्रडिङबाट ग्यास बितरण गर्ने रिबन त काटे, भोलिपल्टै यो कार्य फेल भयो, ग्यास बितरण कार्य

नै बन्द गरियो। क्या सफल रहेछन् सूर्यबहादुरका छोरा सुनिलबहादुर थापा?
र, राप्रपा नेपालका प्रतिनिधिले संविधानका प्रश्नावली निर्माण समितिमा राजतन्त्रको कुरा घुमाएर उठाए। खुमबहादुरको जति पनि हिम्मत राप्रपा नेपालमा देखिएन। खुमबहादुरले

सिधै पूर्वराजा र कांग्रेसवीच सहकार्य गरेर राष्ट्रियता बचाउनुपर्छ, अन्यथा राष्ट्रियता मर्‍यो, मर्‍यो भन्ने ठोकुवा गरेका छन्। राप्रपा नेपालले यति हैसियत पनि देखाएर। तव न गाई

पार्टी? दूध खाने, दूध दिने गाई र माईको कुनै वास्तै छैन। यद्यपि राप्रपा नेपालले संवैधानिक राजतन्त्रका बारेमा मुद्दा उठान गर्न छाडेको धेरै नै भइसक्यो। खाली हिन्दू, हिन्दू

भनिरहेको छ। जनतामा त परै जाओस् राप्रपा नेपालभित्रै पनि संवैधानिक राजतन्त्रका विषयमा छलफल नै हुँदैन भनेर एक सभासदले कुरा उठाएको सुन्दा उदेक लाग्छ। कतै

राप्रपा दुई डुङ्गामा खुट्टा टेकेर राजनीतिक वैतर्णी तर्नै तरखर त गर्दै छैन?
एकथरि जान्नेबुझ्नेहरु भन्छन्? दिलनाथ गिरीलाई प्रश्नावली समितिमा राख्नु राजतन्त्र र हिन्दूराष्ट्रका लागि एकदमै ठिक छ। त्यही ठाउँबाटै यी दुबै विषयलाई उठान गरेर, त्यहीबाट

जनताका माझ मस्यौदाका रुपमा लैजादा अझ राम्रो देखिन्छ। त्यसकारण राप्रपा नेपालले प्रश्नावली समितिमा आफ्नो मान्छे पठाउनु एकदमै उपयुक्त छ। यसैवीचमा प्रश्नावली

प्रस्ताव निर्माण समति भनेर नाम दिइएको उक्त समितिले जवरजस्ती आफ्नो काम सुरु गरिसकेको थियो। यो समितिको पहिलो बैठक गत शनिवार बसेर कार्यविधि बनाउन एउटा

उपसमिति गठन समेत गरेको छ। यसरी प्रमुख विपक्षी एमाओवादी र उसको १९ दलीय मोर्चा सहभागी नभएता पनि विधान निमर्िाणको प्रकृया अगाडि बढिसकेको हो। तर

आइतवारको वैठकमा राप्रपा नेपालले धर्मनिरपेक्षता र संघीयता जनमत संग्रहमा जानुपर्छ भन्ने प्रस्ताव गर्दा अस्वीकृत भएपछि बैठक नै बहिष्कार गरेको छ। अव यो प्रक्रियाबाट

एमाओवादी, मधेशवादीसहित राप्रपा नेपाल पनि बाहिरिएको छ। यस्तो तमासालाई देखेर कतिपयले त राजा सहितको गणतान्त्रिक संविधान बन्ने भो भनेर ठट्यौली समेत गर्न

थालिसकेका छन्। जेहास्, अहिले चर्चा एमाले अध्यक्ष के पी ओलीको ५–१० अरव दिए संविधानसभा खुल्छ भनेर हंगामा मच्चाइदिएका छन्। प्रचण्डको प्रतिक्रिया छ: यस्ता पनि

नेता छन्। अव राप्रपा नेपालको आन्दोलन सुरु हुन्छ, थापाकाजीले के नौलो चर्तिकला देखाउने हुन्? त्यसो त, राजतन्त्र र हिन्दूधर्मलाई स्थान नदिने हो भने नेपालमा कहिल्यै पनि

संविधान निर्माण हुन नसक्ने र निर्माण भए पनि त्यो दिगो र शान्ति प्रदायक नहुनेमा सबैको एकमतो छ। त्यसकारण जसरी भए पनि संविधान निर्माण गर्न गइरहेका

जनप्रतिनिधिहरुले सबैभन्दा पहिला यी विषयहरुमा छलफल चलाउन।