Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पृथ्वीबहादुरजी तपाई पनि?

२४ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-

ल्हारक्याल लामाको गोली राख्दा समेत सीसीटीभीको फुटेज हटाएर संरक्षण गर्ने इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे अव भक्तपुरका विष्णुप्रसाद प्रजापतिलाई माण्डु हाइड्रोपावरमा अवरोध गरेको भन्दै गुण्डा लगाएर मार्ने धम्की दिन पुगेछन्। यिनै पाण्डे हुन् जसले ब्ल्याकमनीलाई बैंकमार्फत वैदेशिक लगानीका नाममा स्रोत नखुलेको पैसा भित्र्याइरहेका छन् र यिनका मार्फत सुमार्गीहरु कूमार्गी बनिरहेका छन्। पैसाको प्रभावका कारण यिनीमाथि छानबिन भइरहेको छैन।

विष्णु प्रजापतिले आफ्नो जग्गामा पाण्डेले माण्डु हाइड्रो पावरका लागि डोजर लगाएर सम्याएको, निर्माण कार्य सुरु गरेकोआरोप लगाउँदै सर्वोच्चमा उजूरी दिएपछि पाण्डेले ज्यानको माया छैन कि के हो? भनेर तर्साएका छन्।

नेपालमा कानुनभन्दा पनि राजनीतिक र आर्थिक शक्ति बढी प्रभावशाली हुँदै गएको छ। यहीकारण सामान्य जनतामाथि दमननीति बढ्दै गएको छ। माण्डुका सञ्चालक हौं भन्नेहरु कमल सुवेदी? महेश्वरप्रकाश श्रेष्ठ, सुमिन श्रेष्ठ र तिनका बाहुबलीहरु सामान्य जनताको जग्गा हड्पेर, जसरी पनि माण्डु जलविद्युत योजना कार्यान्वयन गरिछाड्ने पक्षमा छन्। विद्युत उत्पादन गर्नुपर्छ तर सामान्य नागरिकको जग्गाको क्षतिपूर्ति दिएर, तिनको सहमतिमा बनाउनु उचित हुने हैन र?

पृथ्वीबहादुर पाण्डेजी तपाई पनि? तपाईजस्ता बैंकर, धनाध्येले आपराधिक मार्ग अपनाएर अघि बढ्नु उचित हो र? अपराधी त अपराधी भए, अपराधमा बढोत्तरी हुँदै गएको छ। अपराधकै मार्गमा बैंक, धनाध्ये, प्रभावशालीहरु पनि लाग्ने हो भने नैतिकता, सभ्यता र संस्कृत के बाँकी रहला र?

कम्तिमा मर्नुपर्छ भन्ने हेक्का रहनु उचित हुन्छ। सबै मर्छन, अमर कोही छैन। तर पृथ्वीबहादुर पाण्डेजस्ता यो संसारभन्दा त्यो संसार निकट भइसकेका व्यक्तिहरुले पनि अपराधिक मार्गमा हिड्नु भनेको दुर्भाग्यको कुरा हो। सामान्य नागरिकले अन्याय भयो, मार्ने धम्की दिए, ज्यान जोगाई पाउँ भनेर अदालत गुहार्नुपर्ने स्थिति भनेको समाजमा अराजकता बढ्दै गयो भन्ने हो। कानुनको शासन समाप्त भएको लक्ष्यण हो। पैसा र प्रभावको दबाबमा सामान्य नगारिक मर्नु न बाँच्नुमा पुगेछन् भन्ने योभन्दा थप प्रमाण अरु के चाहिन्छ र? अव हेर्नुछ, पाण्डेहरुले प्रजापतिजस्ता अन्यायमा परेका नागरिकको हत्या नै गर्ने हुन् कि बाँच्न दिनेछन्?

नयाँ संविधान जारी भएपछि नेपाल जंगलराजतिर उन्मुख हुनथालेको छ। राजनीतिक नेतृत्वले गुण्डातन्त्रलाई काखी च्यापेर हिडेकाले शान्तिको खोज गरिरहेका जनता अशान्त, अन्यायमा पर्न थालेका छन्। यसरी कहिलेसम्म देशलाई त्रासदीमा पारिरहने? लोकतन्त्रका नायकहरुले लोकतन्त्रको मर्यादा त राख।