Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

'बम्बै' बन्यो खाडीको गल्ली गल्ली : धर्मरत्न श्रेष्ठ-

०६ सोमबार , असार २०७३१० बर्ष अगाडि

खाडी मुलुकहरुमा यौन व्यवसायमा बन्देज लगाइएको छ तर वैदेशिक रोजगारीका नाममा खाडी मुलुकहरुमा पुगेका नेपाली युवतीहरु गल्ली गल्लीमा ग्राहक खोज्ने र कोठामा पुगेर यौन व्यवसाय गरिरहेका छन्। बम्बै बनिसक्यो खाडी मुलुकमा नेपाली यौनव्यवसायीहरुको जीवनचर्या। राम्रो लाउन, मीठो खान र पैसा कमाउन विदेशीएका युवतीहरुको जीवन अत्यासलाग्दो छ खाडी मुलुकहरुमा।
नेपालमा देहव्यापारमा बन्देज छ तर टोलटोलमा खुलेका छन् मेरी स्टोप्स र स्वास्थ्यकेन्द्रहरु। यिनको काम गर्भपतन गराउनु हो। एक अध्ययनका अनुसार टिनेजर र स्कूले ठिटीहरु ज्यादातर सेक्स स्क्याण्डलका सिकार बनेका छन् र तिनीहरु नै गर्भपतन सेन्टरका स्थायी ग्राहकहरु पनि हुन्। खाडी मुलुकहरुमा पनि देहव्यापारमा बन्देज लगाइएको छ। तर, नेपाली युवतीहरु यौनधन्दा चलाइरहेका छन्, धेरैजसो इच्छाले र थोरै बाध्यता र जबरजस्तीमा परेर। हेर्ने नेपाल सरकारलाई फुर्सद छैन। अप्ठेरो र आपतमा परेर फर्काइदिने कसले?
हो, यौनव्यवसाय पुरानो पेशा हो। संस्कृति र सभ्यताको सुरुआतसँगै देहव्यापार पनि फैलदै गएको हो। विश्वमै व्यापार, मनोरञ्जनको साधन हो युवती र सेक्स। नेपालमा जसरी यौन व्यापार फस्टाएको छ, खाडी मुलुकहरुमा पनि यौनव्यापार बढ्दै गएको छ र यौन व्यापारको मुख्य साधन बनेका छन् नेपाली युवती। दलालमार्फत र बैध रुपमा खाडी पसेका युवतीहरु पनि यौन व्यवसायमा लागेका छन्। धेरैजसो दलालबाट ठगिएर, बेचिएर र मालिकले नै यो पेशामा लगाउने गरेको पनि पाइन्छ। कतिपय युवती त भनेजति पैसा पाइने भएकाले लागेको खुशीसाथ बताउँछन्। घरमा काम गर्न पुगेको युवतीहरु घरमालिकबाटै बलात्कृत भएका घटनाले पनि यौनव्यवसाय अँगाल्न बाध्य भएकाहरु पनि धेरै छन्। कतिपय युवतीहरु एड्स लागेर मरेका पनि छन् र कतिपय जेलमा सडिरहेका छन्। कतिपय असक्त भएपछि फर्काइने गरेको घटना पनि देखिन्छ।