Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सिमेन्टमा गुणस्तर छ कि छैन? : रोशन कार्की

१३ सोमबार , असार २०७३१० बर्ष अगाडि

सिमेन्ट उद्योगहरु धमाधम खुलिरहेका छन्, बजारमा थरिथरिका सिमेन्टहरु उपलव्ध छन्। आमनागरिक यिनै सिमेन्ट लगेर घर निर्माण गरिरहेका छन्। सिमेन्ट त नेपाली नै हो, त्यो सिमेन्ट गुणस्तरीय छ कि छैन? सिमेन्टको गुणस्तर मापन गर्ने निकायले कति सक्षम तरिकाले जाँच गरेको छ?
रोटी पनि हेर्ना हुन्छन् भनेझैं सिमेन्टको गतिमति पनि त्यस्तै त छैन? कतिपय नागरिकका घर निर्माण गरेको वर्षदिन नपुग्दै ढलान गरेका घर चर्कने, माटो झरेजसरी सिमेन्ट झर्ने समस्या देखिएका छन्। सिमेन्ट गुणस्तरीय भएन भन्ने उपभोक्ताको गुनासो छ। पहिले पनि एडभान्स, अम्बे, विशाल, फोर्स, केपी, बृज, अग्निलगायतका सिमेन्टमा गुणस्तर नभएको चर्चा चलेको थियो। नेपालको प्रशासनमा पैसा दिएपछि जे पनि हुन्छ, प्रशासन भ्रष्ट छ भन्ने जगजाहेर भइसकेको छ। पैसा खुवाएर गुणस्तरही सिमेन्ट बेचेर जनताको जीवन र जीवनभरको कमाईमा कमसल सिमेन्ट उद्योगहरुले ठगिरहेका त छैनन्?
नेपालगञ्ज, झापा, काठमाडौंलगायतका स्थानमा सिमेन्टका कारण ढलान भइसकेपछि ढलान नै झरेका घटना पनि घटेका छन्। खासगरी सरकारी निर्माणमा यस्ता कमसल सिमेन्ट प्रयोग गर्ने गरिएको छ। कर्मचारी र ठेकेदारको मिलोमतोमा  भ्रष्टाचार बढ्दा राष्ट्रिय सम्पत्तिको दुरुपयोग भइरहेको छ। सीआइवीले यसतिर पनि ध्यान दिएर अनुसन्धान गर्ने हो भने ठूलै भ्रष्टाचार सार्वजनिक हुनेछ। देशमा उद्योग खुल्नु र सिमेन्टमा आत्मनिर्भर हुनु स्वागतयोग्य छ। उद्योग खुल्नु भनेको रोजगारी र आर्थिक सम्पन्नताको द्योतक पनि हो। त्यसमाथि एसेम्बल भन्दा पनि उत्पादनमुखी उद्योग खुल्नु त राष्ट्रिय विकासका लागि ठूलो उपलव्धि मान्न सकिन्छ। उद्योग खोल्ने नाममा, बजारमा देखिएका अनेकन ब्राण्डका सिमेन्टहरुको गुणस्तर मापन नगरी अथवा हचुवाको भरमा, प्रभाव र दबाबको भरमा, पैसा खाएर गुणस्तरीय चिन्ह दिनु पनि अपराध हो। यसकारण नियमित रुपमा बजारमा आएका सिमेन्टहरुको गुणस्तर मापन भइरहनु जरुरी छ। ताकि नेपाली सिमेन्टप्रति उपभोक्ताले शंका नगरुन्, गुणस्तर हो भन्ने विश्वासको जागरण होस्। अहिले धेरै सिमेन्ट उद्योगले किंकरसमेत भारतबाट आयात गर्छन्, त्यमा पनि रोक लगाउनु पर्छ र सबै कच्चापदार्थ नेपालमै उत्पादन हुनुपर्छ।