Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

परराष्ट्रनीतिलाई डेनमार्कको जोल्ट

२० सोमबार , असार २०७३१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-
कूटनीतिक जोल्ट दियो डेनमार्कले। नेपालमा २५ वर्षदेखि दूतावास खोलेर नेपालको विकास साझेदार बनेको डेनमार्कले दूतावास नै बन्द गर्ने निर्णय गरेको छ। यसको अर्थ नेपालका परराष्ट्रनीतिमा कमी, कमजोरी छ भन्ने हो।
अघिल्लो सालको अन्त्यसम्ममा डेनमार्कले नेपालस्थित दूतावास बन्द गर्ने भनेको छ। समय छ, डेनमार्कलाई नेपालमा उपस्थिति बनाइराख्न राजनीतिक दलहरुले कूटनीतिक क्षमता देखाएर रोक्नुपर्छ। अन्यथा अन्य दूतावासहरु पनि बिस्तारै नेपालबाट टाढिन सक्छन्। दूतावास बन्द गर्नु भनेको सम्बन्धमा चिसोपना र व्यवहारमा रुखोपनाका कारण हो। परराष्ट्र मन्त्रालयले तत्काल परराष्ट्रनीतिमा भएका गल्तीहरु सच्याएर अघि बढ्नु जरुरी छ। विदेशी मुलुकहरुले बिस्तारै नेपाल छाड्नु अथव नेपाललाई कम महत्व दिनु भनेको कूटनीतिक जोल्ट हो। यो जोल्टको अनुभव सबै राष्ट्रिय पार्टीहरुले गरेको हुनुपर्छ, गर्नैपर्छ जिम्मेवार दल हुन् भने।
पहिले नै बेलायत र अष्ट्रेलियाले नेपालस्थित भीसा कार्यालय दिल्ली सारिसकेका छन्। अव डेनमार्कले दूतावास नै दिल्लीमा सार्ने निर्णय गरेपछि अन्य युरोपियन मुलुकहरुले पनि त्यसै गर्न सक्छन्। इटली, इन्डोनेसिया, लिविया दूतावासले काठमाडौंमा दूतावास स्थापना गरेर बन्द गरेका थिए। अव डेनमार्कले त्यो मार्ग पक्डेको छ। यसैगरी बेलायतको जनमत संग्रहपछि युरोपियत युनियनबाट बेलायत अलग हुने निर्णय भएपछि नेपालका विकास साझेदार अन्य मुलुकहरुले पनि नेपाल छाड्ने निर्णय गर्नसक्छन्। यसरी इयु मुलुकहरु नेपालबाट टाढिनु भनेको नेपालको प्रभावकारीतामा क्षयीकरण भएर हो भन्ने नेपालले समयमै बुझ्नु जरुरी छ।