Advertisement Banner
Advertisement Banner

०२ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

फेक समाचार वा खेलवाड ?

३१ शुक्रबार , श्रावण २०८२३ दिन अगाडि

फेक समाचार वा खेलवाड ?

अचेल मिडियालेपनि गर्नु गरेको छ ।मूलुकी अपराध संहिन्ता लागु भएको दिन १भदौ २०७५ देखि पूर्णतः निषेध गरिएको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरि सरकारले कानुन ल्याउन लागेको “समाचार मिडियाहरूमा आएको छ ।त्यसपछि बिभिन्न संग संस्था र वौदिक व्यक्तिहरूले आ आफ्नो ठाउबाट आ–आफ्नै प्रकारका बिचारव्यक्त गर्नुलाई गलत भन्न सकिदैन । बरू यसले जनताको सचेतनास्तरलाई नै बताउँछ ।
जनतले मिडियामा आएको समाचारलाई नै आधिकारिक सम्झिने गरिन्छन् ।अब त्यो आधिकारिक हो वा फैक त्यो हेर्नेकाम हो प्रसाशन, सरकार वा सरोकारवालाको ।
देशको सम्विधानमा समावेसी र समाजवाद अन्मुख लेखेपछि व्यवहारमा जे–जस्तो गरेपनि हुनेरहेछ ।आखिर संसद भनेको वुजुर्वाहरूको गफ गर्ने थलो नै रहिछ । दार्शनिकहरूले भने झैं खसिको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने पसल यस्तै भएर त होला भनेको  । यो संसदिय व्यवस्थालाई कसरी बिस्वास गर्ने ? वा नगरेर पनि के गर्न सकिन्छ ? सर्वसाधारण जनता चिन्तित् छन् ।
बिभिन्न खालका राष्ट्रघाती विधेयक यहीँबाट पारित हुन्छन् । यहाँ सम्म पुग्ने भनेका त जनताका प्रतिनिधि बनेर आएका हुन् ।
सडकमा आफैले बिरोध गर्छन् सरकारमा पुगेभने त्यो विधेयक आफैले पारित गराउँछन् । अपराधीहरूलाई प्रहरिले आफ्नो प्राणको बाजि लगाएर दिन रात एक गरि छोपेर जेलमा हाल्छन् ।माथिबाट आम माफी हुन्छ ।
लेङ्गिय बिभिदका नियम कानुनहरू यतैबाट पारित हुन्छन् ।कसैले फैक समाचार भन्छन्,कसैले बिश्रृत् रूपमा व्यख्या गरेर प्रारण गर्छन् अथवा  लेखिरहेकाछन् । जनतालाई त सबैले भेंडा नै बनाएका हुन्छन् । यदि कसैले समाजिक सद्भाव बिथुल्न फैक समाचार सप्रेसण गर्छ भने त्यसलाई कसले हो सच्चाउने ? सरकारले त्यस्ता फैक समाचारहरू काहाबाट प्रकासितभए ? उनिमाथि कार्वाही कसले हो गर्ने ? आगो न लाग्दै धुवाँ उठेको हुँदैन । बहु विवाहको कानुन नै न ल्यायपनि बिगतमा बहुपत्नीका लोग्ने अँझै माथि तल हाम्रो  समाजमा भेट्टि रहेकाछन् । उनीहरूको तमासा दर्शक बनेर सदैभरी हेरिरहन पनि सकिदैन । बाटोमा आफ्ना बालबालिका फालेर पनि सुरक्षित् बसेका छन् ।त्यो अपराध होइन ? उनिहरूलाई कानुनको दायरामा असले हो ल्याउने ?
महिलाहरू अपहेलित र तिरस्कृत भएकैछन् ।कतै मोडल भनाएर कतै चिजहरूमा उनिहरूको अर्ध नङ्गन तस्विर चप्काएर, समान कार्य गराएपनि ज्यालामा विभेद अंझैपनि देखिन्छ ।हामि जस्तै आफूहरूलाई गरिब भनौदा ठेकेदारहरूले दिने ज्यालामा बिभेद हुनेगर्छ ।ठुला ठेकेदारहरूले त सिधै लुटेका हुन्छन् ।
अनि कसलाई भन्ने ? यो देशको नियम हात्थिको देखाउने दाँत मात्र भएको छ ।छाउगोठमा अँझैपनि बिभिन्न कारणबाट महिलाहरू मरेका देखिन्छन् । महिलाहरू अहिलेपनि समाजमा अपहेलित छन् । बोक्सिको आरोप निर्दोशले पनि झेलेकै हुन्छन् । यद्यपि हामी सबैलाई जन्माउने हुर्काउने महिला नै हुन् ।
दहेजको बलि चढेका हुन्छन् ।सरकार र प्रसाशनहरू त यस्ता घटनाहरूलाई लुकाउने माध्याय बनेका हुन्छन् ।
कुनैपनि घटनालाई एकपक्षिय रूपमा हेर्नु गलत हुन्छ । अहिले न्यायको कुरा गरिरहंदा उधारणका लागि भन्नुपर्दा  ।अचेल उस्तै महिलाहरूको हर्कत पनि छ  । लव इन टुगेदरमा बसेर जन्माएका छोराछोरीलाई हक अधिकार दिलाउने कुराहरूले उनिहरूको पहिल्यै देखि घरमा भएका बालबालिका महिलाहरूको अधिकार खोसिएको मान्नु पर्यो की परेन ? विवहाको उमेर पनि १८÷२० ठिकै हो ।यो कानुनी मान्यता भएपनि कसैले तीस वर्ष सम्म विवाह नगरेपनि किन गरेनस् भनेर उसलाई प्रताडित वा सजाय दिने कुरा भएन ।यो त न्यूनतम् कानुनी सिमा नै हो । पछि पछि विस्तारै समाजले चौबीश पच्चीस वर्ष गराएपनि त्यो सयममा गराउन सकिन्छ ।
अहिले १८–२० वर्षलाई बालिग मानेर उनिहरू बिच विवाह हुन्छ भने ठिकै हो । त्यो वेलासम्म राम्रो नराम्रो बारे जाँचबुज गर्नसक्ने क्षमताको विकास भएकै हुन्छ ।
यी सामन्या कुरा हुन सकेसम्म अहिले समाजमा पढेलेखेका युवाहरू द्वारा आफ्नो भविश्य कसरी उज्वोल बनाउने भन्नेबारे अन्जान छैनन् । त्यसको पछाडी उनिहरूका आफन्ती पनि छन् ।असली मुद्दा त महिलाहरूलाई छोरा सरह समान अधिकारको हुनुपर्छ,छाउगोठको विरूद्धमा कस्तो व्यवहार अप्नाएर यो कुरितीलाई पञ्छाउने,बलात्कारिहरू माथि कस्तो व्यवहार गर्ने, दाइजोप्रथा समाजमा प्रवेश गरेको कलङ्कको बारेमा कसरी यसलाई फैलिनबाट रोक्ने आदि विषयमा छलफल गर्नुपर्ने हो ।तर आज  दुःखलाग्छ सरकारको यस्तो व्यवहार देख्दा र सुन्दा आखिर पुरूषले कति विवाह गर्ने लव इन टुगेदर वा रिलेसनमा परेर जन्मिएका बालबालिकालाई न्याय दिने र उनिहरूलाई कार्वाही गर्नुको सट्टा बहु विवाह गर्ने छुट दिएपछि समस्या समाधान होला त ? बरू विस्तारै समाजलाई पुरानो धरतलमा पुराउने योजना पो छ की ! सती प्रथा तर्फ फर्काउन पो खोजिएको छ की ? आसङ्का उब्जिरहन्छन् । संसदमा बसेका छोटे महाराजहरूलाई धेरै स्वास्नी राख्ने मन लग्यो की ? हुन त उनिहरूको एउटीले मन नभरिन सक्छ । जनताको पसिना बाट आएको रूपियाबाट पाल्न सकिन्छ ।
जीवन साथि भनेको त जीवनभरिको लागि हो ।तर पश्चिमको संस्कारलाई पनि उल्टा रूपमा बुझ्न थालेका छन् । प्रगतिशीलको हर्थ छाडा व्यवहारले आज समाजमा विक्रिती सिर्जना भएको देखिन्छ । गीत उस्तैछन्,नृत्य जस्तो नृत्य छैन ।हुन त हाम्रो देशमा सदिंयौं देखि ठटौले पारामा निर्णय लिने बानी बसेको छ । सतीप्रथा जस्तो घृणित व्यवहार यही देशका शासकहरूले अप्नाएका थाए । भर्खरै त हो सती प्रथामा रोक लगाएको  ।चन्द्र शमशेरले वि.स.१९७७मा पूर्णरूपमा रोक लगाए । जंगबहादुरले त नेपालको सती प्रथालाई हटाउने प्रयास १९१०मा १२वर्षकी किसोरी अवस्थामा लोग्नेको मृत्यु भयो भने उसलाई सती जान नपर्ने बताएका थिए । पछि उनैले उक्त उमेरलाई १६ वर्ष गराएका थिए ।दासप्रथालाई हटाउने पनि उनैले विस.१९१० मा सुरू गरेका थिए ।
तर त्यो केटाकेटी खेल झैं भयो । पछि चन्द्र शमशेरले नै वि.स.१९७१मा दास प्रथा हटाउन आवहान गरे  ।१९७७÷८०मा दास दासीहरूको तथ्याङ्ग तैयार गर्न लगाए । ज–जस्को सर्वश्वहरण भएको थियो उनिहरूलाई तुरून्त मुक्त गर्ने आदेश गरे । त्यो वेलको कुल जनसंख्या ५५,लाख ७३हजार७८८मध्य ५१हजार ७ सय १९जना दासदासी र १५७१९जना मालिक थिए । चन्द्र शमशेरको अपिल पछि केहि मालिकहरूले विना क्षतीपूर्ति मुक्तगर्न राजी भएपछि दासदासीको उमेर हेरेर क्षतिपूर्ति तोकिएको थियो । त्यो वेलामा पनि ३६७००० खर्च गरेर उनिहरूलाई मुक्त गरेका थिए । वि.स.१९८२वैशाख १ गतेदेखि नेपालमा  दासदासी मुक्त गरिएको थियो । त्यो वेला कुल ५९,८७३ दासदासि मुक्त भएको इतिहासमा भेटिन्छ । यो १०४ वर्षको राणाशासनकालमा भएको अति उतकृष्ट कार्य मध्यको थियो ।
यद्यपि पछिसम्म उनिहरू जीवन यापनको व्यवस्था नभएपछि कुनैन कुनै रूपबट दास दासी भन्न पुगेका घट्नाहरू पनि भेटिन्छन् । गणतन्त्र आएपछि त राणाले गरेको जस्तो पनि हुनसकेको छैन । बरू नियम बनाउने र भत्काउने व्यवहारले दङ्गदाश परेका छौँ ।
यसरी नेपालमा कयौं प्रकारको व्यवहारबाट मानवहरूको शोषण हुँदै आएको देखिन्छ । असलमा कुनैपनि कार्यको वैकल्पिक व्यवस्था नहुदासम्म त्यो व्यवस्थाको अवशेष रहिरहन्छ । त्यसैले कसैलाई जीवन निर्वाहका लागि गाँस बासको व्यवस्था राज्यले उपलब्ध गराइदिंदैन भने स्वतन्त्रता दिएर मात्र त्यो सार्थक हुनसक्दैन । हाम्रो देशभित्रको सामाजिक अवस्था छुट्टै प्रकारको छ ।
दिनभरी सिकार खेलेर रक्सी र मासुको मातमा भजन कीर्तन गर्ने समाज छ । आफैले रिस्बत खाएर भ्रष्टाचार मुर्दावाद ! भन्दै नारा लगाउने देशमा छन्  । फोहोरमा रम्नेहरूले जती पोहोरको बिरोध गरेपनि उनिहरूलाई त्यही फोहोरमा निन्द्रा लाग्छ । हिंजो मर्दकी दशौटी भन्ने उखान कतिपय ठाउँमा स्वयम महिलाकै मुखबाट सुन्न सकिन्छ । न्यायका कुरा गर्ने महिला अश्लिल गीतमा ढलेंढले भन्दा मख्ख पर्छन् ।
हामीहरू महिला मुक्तिका कुरा जति गरेपनि दलदबाट निकालेपनि उनीहरू गएर झन ठुलो खाडलमा खसेका तमाम उधारणहरू छन् । महिलालाई छोरा सरह सम्पत्तीमा अधिकार नहुँदासम्म उनिहरूको भविश्य अन्योलमा र पुरूषको आश्रृतमा रहिरहने देखिन्छ ।