Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मागा (MAGA) ले उदारवादलाई समाप्त गर्नै पर्छ।

१४ शनिबार , भाद्र २०८२एक बर्ष अगाडि

मागा (MAGA) ले उदारवादलाई 
समाप्त गर्नै पर्छ।

ट्रम्प विरुद्ध  उदारवादी अधिनायकवाद
मागा (MAGA) ले उदारवादलाई समाप्त गर्नै पर्छ।

️अलेक्जेन्डर दुगिन

अलेक्जेन्डर दुगिनको तर्क अनुसार विश्व अहिले सभ्यतामूलक अधिनायकवादको युगमा प्रवेश गर्दैछ। जहाँ ट्रम्प स्वतन्त्र शासकका रूपमा उदाउँदै छन्। यहाँ  उनले उदारवादी "कमिस्सारियल डीप स्टेट" लाई ढाल्ने र अलौकिक (illiberal) मागा (MAGA)  व्यवस्थाको मार्ग प्रशस्त गर्ने प्रयास गरिरहेका छन्।

विश्व निश्चय नै सभ्यतामूलक अधिनायकवादको स्थापना तर्फ अघि बढिरहेको छ र प्रत्येक अधिनायकवादको स्वरूप त्यसले प्रतिनिधित्व गर्ने सभ्यतामा पूर्णत: निर्भर हुने गर्दछ। पश्चिममा यो उदारवादी रूप धारण गर्दछ; तर पश्चिमबाहिर यसले त्यस्तो स्वरूप लिँदैन। कार्ल स्मिटले भनेझैँ, अधिनायकवाद दुई प्रकारका हुन्छन्—सार्वभौम (sovereign)  कमिस्सारियल (commissarial) यो भिन्नता थहा पाउनु अत्यन्तै महत्वपूर्ण छ। सार्वभौम अधिनायकवादमा शासक नै सबै निर्णय गर्दछ अनि अरूले पालन मात्र गर्छन्। शासकले युद्ध घोषणा गरे युद्ध हुन्छ; शान्ति भने शान्ति हुन्छ; सबै मौन रहन्छन्। तर कमिस्सारियल अधिनायकवाद विचार वा आदर्शद्वारा निर्देशित हुन्छ। जसको अधीनमा शासक स्वयं पनि रहन बाध्य हुन्छन्—जस्तै रूसमा अर्थोडक्स परम्परा वा भारतवर्षमा हिन्दु धर्म।

कमिस्सारियल अधिनायकवाद गौरवपूर्ण स्वरूप हो; सार्वभौम अधिनायकवाद पनि कम भए पनि स्वीकार्य छ। तर सबैभन्दा जरुरी कुरा भनेको  जुन बस्तु हो त्यसलाई त्यही वस्तु कै  नामले सम्बोधन गर्नु उचित हो।

उदारवादी अधिनायकवाद पनि कमिस्सारियल प्रकारकै हो। तर यसको मार्गदर्शक विचार उदारवाद भएकाले यसलाई घृणास्पद ठानिन्छ।

ट्रम्प उदारवादी कमिस्सारियल अधिनायकवाद—अर्थात् “डीप स्टेट”—लाई ढाल्ने प्रयत्नमा लागेका सार्वभौम अधिनायक हुन्।

मागा (MAGA)एउटा अलौकिक कमिस्सारियल अधिनायकवादको परियोजना हो—स्वयं पूर्ण रूपमा उत्कृष्ट विचार, तर यसलाई मूर्तरूप दिन JD Vance आवश्यक छ। तर ट्रम्पको तत्कालीन लक्ष्य उदारवादको ध्वंसमा केन्द्रित छ। फेडरल रिजर्भसँगको उनको टकराव यस यात्राको निर्णायक चरण हो।

ट्रम्पसँग प्रायः सबै कुरा स्वीकार्य छन्, यद्यपि युक्रेन युद्धको मामिलामा उनको दृष्टिकोण त्रुटिपूर्ण र भ्रमपुर्ण छ। अहिले उनी बिस्तारै यो विषय आफ्नो क्षमताभन्दा बाहिर रहेको महसुस गर्न थालेका छन्। त्यो मुकुट उनको टाउकाका लागि अति भारी छ। त्यसैले उनी केही समय छेउमै बसेर उचित क्षणको प्रतीक्षा गर्नु नै बुद्धिमानी ठहरिन्छ।

अनुवाद: मोहनप्रसाद ज्ञवाली