Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सुगतरत्न बन्ने भए कमिशनरत्न

२७ सोमबार , असार २०७३९ बर्ष अगाडि

वाशुदेव वाग्ले - मोटो ब्रिफकेस दिएर जसरी पनि आफ्नो स्वार्थ शिद्ध गर्नगराउन खप्पीस हिसिला यमीकी चहेता सुगतरत्न कंसाकार नेपाल एयरलाइन्सको महाप्रवन्धकबाट घोक्रेठ्याक लगाइए। पछि फेरि एमालेलाई खुशी पारेर उनी नेपाल एयरलाइन्सको महाप्रवन्धक बनेका छन्। नेपाल एयरलाइन्सले जहाज आलु किनेजसरी किन्न पाउनुपर्छ भन्ने कंसाकारले नयाँ जहाज किन्ने पहल गर्दागर्दै उडिरहेको बोइङ ७५७ बेच्ने निर्णय गराउन सफल भएका छन्। घूस ख्वाएर कुनै संस्थान अथवा सभासदसम्म बन्ने र संस्थानका सम्पत्ति, मानव तस्करीदेखि जसरी पनि कमाउन थाल्ने प्रवृत्तिबाट देश खोक्रो र बोक्रो मात्र रहने स्थिति बढ्दैछ।

तत्कालीन गिरिजाप्रसाद कोइरालाले छोरीको इच्छा पूरा गराएर कमिशन खान एकथान बोइङ विमान बेचेका थिए। त्यो विमान आज पनि अफ्रिकाको आकाशमा सकुसल उडिरहेको छ। अव बाँकी बोइङ सुगतरत्न कंसाकारको षडयन्त्रको सिकार हुने भएको छ। सञ्चालक समितिले समेत बेच्ने प्रस्ताव सदर गरेकाले विक्री हुने निश्चित भएको छ। यो विमान विक्रीको कमिशन एकातिर, अव किन्न लागिएको एयरबसको कमिशन अर्कोतिर, मालामाल हुने भए कंसाकार एण्ड उनका राजनीतिक, प्रशासनिक, शक्तिकेन्द्रका संरक्षक भ्रष्टहरु। \u000a    किन बेच्न लागिएको हो विमान? यस प्रश्नमा सुगतरत्न कंसाकार भन्छन्– धेरै विग्रिरह्यो, मरमत खर्च धेरै भयो, धान्न मुस्किल परेकाले बेच्न लागेको हो। \u000a    त्यसो भए मरमत नै गर्न नपर्ने विमान किन्ने हो? यसरी प्रश्न गर्दा कंसाकार भन्छन्– नयाँ विमानमा खर्च कम आउँछ, आम्दानी ज्यादा हुन्छ। एयरबसको दबाब र लोभमा फसेर बेच्न लागिएको त होइन? भन्ने सम्बन्धमा कंसाकारले नेपाल एयरलाइन्सको हितमा निर्णय लिइएको बताए।

मर्मतका लागि सिंगापुर लगिएको नेपाल एयरलाइन्सको बोइङ अव नेपाल नफर्कने पक्का भइसक्यो। उतैबाट बिक्री गरेर बिक्रीको पैसा एयरवसलाई बैना र कमिशन कंसाकारले भागशान्ति जयनेपाल गर्ने पक्कापक्की भइसकेको छ।बाँकी अर्को बोइङका लागि समेत खतराको घण्टी बजेको छ। एयरबस कम्पनीले युरोपको कालोसूची हटाइदिने आश्वासन समेत दिएपछि एउटा बोइङ बेच्ने निर्णयमा पुगेको र अर्को केही महिनाकै अन्तरालमा बेचिने कुरा चल्न थालिसकेको छ। सुगतरत्न कंसाकारले डेढवर्षमा दुईवटा एयरबस किन्ने निर्णयलार्य प्राथमिकतामा राख्न र सरकारको सकारात्मकता दिलाउन सफलता हासिल गरेकाले नेपालबाट बोइङ प्रतिस्थापन गर्न थालिएको स्रोतको भनाई छ।

नेपाली आकाश र नेपाली पर्यटन उद्यमी र विमान विज्ञहरुका अनुसार बोइङ सबैभन्दा उपयुक्त विमान हो। चिनियाँ जहाज ल्याएपछि कालोसूचीमा परेको नेपाल एयरलाइन्स बिस्तारै एयरबसको चंगूलमा फस्दै गएको हो। एयरबसको राम्रो मार्केट बन्ने भएको छ नेपाल। कंसाकारहरु मोटाउनु मोटाउने भए।