Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

रुस, चीन र नर्थ कोरिया एकता

२५ बुधबार , भाद्र २०८२५ दिन अगाडि

रुस, चीन र नर्थ कोरिया एकता

शङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका शीर्ष नेता किम जोङ् उनले एकढिक्का रहेको सन्देश दिएका छन् । तिनै आणविक शक्ति राष्ट्रहरुको एकताले शान्तिको भन्दा बढी शक्तिको प्रदर्शन गरेका छन् र शान्ति स्थापनाको नाममा तेस्रो विश्वयुद्ध हुनसक्नेतिर इसारा पनि गरेका छन् ।
भदौ १८ गते चीनले ‘भिक्ट्री परेड’ का अवसरमा प्रदर्शन गरेको खतरनाक हतियार, विशाल सेना र सांघाई सहयोग संगठनका १० सदस्यहरु चीन, रुस, कजकिस्तान, किर्गिस्थान, ताजकिस्तान, उज्वेकिस्तान, भारत, पाकिस्तान, इरान र बेलारुस र डाइलग पार्टनर, पर्यवेक्षकहरुको एकता देख्दा लाग्छ, चीन विश्वशक्तिका रुपमा स्थापित भइसकेको छ । भेला भएका ९० प्रतिशत राष्ट्रहरु अमेरिकाप्रति नकारात्मक दृष्टि राख्ने रहेका छन् । यसबाट बुझ्न सकिन्छ– एससीओ के हो ?