
अलेक्जेन्डर दुगिनका अनुसार, अहिले भारतलाई घेरे र भैरहेका रङीन क्रान्तिहरूभित्र एउटा लुकेको भू–राजनीतिक रणनीतिको रहस्यको संकेत गर्दछन्।
अलेक्जेन्डर दुगिन
हरेक रङ्गीन क्रान्तिहरूलाई जर्ज सोरोसले प्रवर्द्धन गर्ने गरेका थिए र ती अमेरिकन सहायता एजेन्सी USAID द्वारा वित्तपोषित थिए। अहिले भारतको वरिपरि केही देशहरूले आफ्नो प्रभाव बढाउने आफुलाई सभ्यतागत-राज्यको रूपमा पुष्टि गर्ने र भारतविरोधी चरमपन्थी शासनमार्फत बहुध्रुवीय शक्ति सन्तुलन विगार्ने प्रयास गरिरहेका छन्। यही क्रममा यस क्षेत्रमा क्रमशः रंगिन क्रान्ति गराउने कार्य भएको छ। जसमा बंगलादेश, श्रीलंका, म्यानमार र अहिले नेपाललाई समेत पनि सामेल गरिएको छ।
यो भूराजनीतिक मुद्दा हो र हामीले यसको पछाडिको रणनीति नबुझ्ने स्थिति होइन वा छैन। यो पश्चिमाद्वारा प्रयोजित हुनुपर्छ, किनभने चीनलाई यस्ता रङ्गीन क्रान्तिहरुको नतिजामा खासै चासो छैन। रुसको यसमा झन् ध्याननै छैन। किनभने अहिले रूस आफै युद्धमा अल्झिएको छ। तर प्रश्न भनेको यो हो कि यो कार्य कस्ले गरेको छ रु कुन पश्चिम गरेको छ रु ट्रम्पको नेतृत्वमा रहेको पश्चिम वा अरु:
तर, अहिले अमेरिकाभित्र ट्रम्पद्वारा सोरोसलाई आक्रमण गरिएको छ, र USAID समेत बन्द गरिएको छ। त्यसो भए, भारतविरोधी यस किसिमका भू(राजनीति घटनाहरु कसले अघि बढाइरहेको छरु संसारका विभिन्न स्थानहरूमा देखापरेका तथ्यहरूले यो प्रमाणित गर्छन् कि यहाँ कुनै अन्य पहिचान गर्न कठिन शक्ति जो यस परिदृश्य पछाडि गोप्य रूपमा सक्रिय छ।
नेपालमा कसैले एकातिर सत्ताधारीहरूको मूर्ख राजनीतिलाई समर्थन गर्यो र अर्कोतिर युवाहरूलाई Z-Zen को नाममा दंगामा उक्सायो। यही कुरा फ्रान्स, इङ्गल्याण्ड र जर्मनीमा पनि देखिन्छ। कसले उदारवादी नेताहरूलाई मूर्खतापूर्ण काम गर्न दबाब दिन्छ र त्यहीं समयमा जनसाधारणमा उनीहरूविरुद्ध घृणा भड्काउँछरु
हामीले ठीक यही ढाँचा सन् २०१४ को युक्रेनी क्रान्तिमा देख्यौं, तर त्यतिबेला सबै कुरा स्पष्ट थियो। पश्चिम पूर्ण रूपमा उदारवादी विश्ववादीहरूको नियन्त्रणमा थियो र अमेरिकामा डेमोक्र्याट उदारवादी विश्ववादी हाबी थिए। सोरोस, USAID, CIA, MI6 लगायत सबै एउटै एजेन्डामा मिलेर काम गरिरहेका थिए।
तर अहिले परिस्थिति केही फरक छ। ट्रम्प प्रणालीभित्र कुनै प्रकारको विदूषक वा छलकपट गर्ने पात्रझैँ देखिन्छ। मागा, एलोन मस्क र “ननउक” जस्ता नयाँ कारकहरू देखा परेका छन्। तर यी नयाँ कारकहरूले अमेरिकी राजनीतिम ९पश्चिमी संसारको त कुरै छाडौं० मात्र पनि पूर्ण रूपमा नियन्त्रण गरेको देखिँदैन।
त्यसैले, विश्वलाई वास्तवमै पर्दा पछाडिबाट नेतृत्व गर्ने संरचनाहरू पहिचान गर्ने कार्य अझै बाँकी छ। अहिलेको सम्पूर्ण चित्र अघिल्ला अवस्थाभन्दा धेरै जटिल देखिन्छन्, जहाँ स्पष्ट द्वैधता छ—वैश्विकतावादी उदारवादी र प्रतिवैश्विकतावादी जनप्रियवादी, राष्ट्रवादी, परम्परावादी। अब यसमा नयाँ तहहरू थपिँदैछन्।
यी सबैलाई सही ढंगले पहिचान गर्नु सजिलो छैन। झन्( झन् यस्तो देखिँदैछ कि सतही राजनीतिक शक्तिहरू, उच्चवर्गीय समूहहरू र निर्णयकर्ताहरू स्वयं पनि कुनै गहिरो खेलका बन्धक र अन्धा उपकरण जस्तै हुन्छन् । यदि उच्चवर्गीयहरू नै जहाँ प्रयोग भएका र ठगिएका छन् भने, त्यहा निरन्तर प्रलोभनमा पारिएका र प्रचारद्वारा भ्रमित बनाईएका आम जनसमुदायको अवस्था कस्तो होला के भन्न सकिन्छ ररु
अनुवाद - मोहनप्रसाद ज्ञवाली