Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

नेकपाको आक्रोशपूर्ण निर्णय

०२ बिहिबार , आश्विन २०८२१९ घण्टा अगाडि

नेकपाको आक्रोशपूर्ण निर्णय

नेपाल कम्युनिस्ट पार्टी र अखिल नेपाल कम्युनिस्ट पार्टीबीचको हालै सम्पन्न सिद्धान्तनिष्ठ एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक उपलब्ध पोलिटब्यूरो सदस्यसहितको सहभागीतामा भक्तपुरमा सम्पन्न भयो । पार्टीका संयोजक क. लोकनारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकको आरम्भमा पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल र उहाँका योगदानहरुको उच्च मूल्यांकन गर्दै आमूल परिवर्तनको निम्ति भएका देश–विदेशका बिभिन्न आन्दोलनहरुमा शहादत प्राप्त गरेका सम्पूर्ण ज्ञात–अज्ञात अबिस्मरणीय  अमर शहीदहरुलाई स्मरण र श्रद्धास्वरुप एक मिनेट मौनधारणा गरिएको थियो ।
यस प्रथम ऐतिहासिक बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु लिएको छ । तिनलाई सार्वजनिक गर्नको लागि यो प्रेस बिज्ञप्ति जारी गरिएको छ ः
१. बैठकले पार्टी एकताको औपचारिक घोषणापछि  पार्टी र जनवर्गीय संगठनहरुका सबै तहका संरचनाहरुलाई संयोजन गर्ने, ब्यवस्थित गर्ने, आर्थिक ब्यवस्थापन गर्ने, प्रकाशन तथा प्रचार–प्रसारलाई सुचारु गर्ने तथा कार्यालय ब्यवस्थापन गर्ने  र पार्टी एकताको अभियानलाई निरन्तरता दिने क्रम जारी राख्ने महत्वपूर्ण निर्णय गर्दै केन्द्रीय समितिका सदस्यहरुको कार्यविभाजन गरि सबै कमरेडहरुलाई जिम्मेवारी सुम्पिएको छ ।
२. क. बैठकले देशमा ब्याप्त चरम भ्रष्टाचार, सत्ताधारीहरुको मनपरीतन्त्र र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध  बिरुद्ध र नागरिक स्वतन्त्रता र सुशासनको निम्ति भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमा उत्रिएका अबोध नेपाली जेन जेड समूहका सात दर्जनबढी किशोर किशोरीहरुको सुनियोजित ढंगले हत्या गरिएको र हजारभन्दा बढीलाई घाइते बनाइएको अनि भाद्र २४ गते देशका राष्ट्रिय धरोहर र  संबेदनशील सरकारी संरचनाहरुलाई समेत षड्यन्त्रपूर्वक आगो लगाएर खरानीमा परिणत गरिएकोमा केपी ओली नेतृत्वको एमाले–नेका गठबन्धन सरकार र त्यसका सुरक्षा संयन्त्रहरुले साम्राज्यवादी–विस्तारवादीहरुको गोटी बनेर घोर क्रूरता, चरम गैरजिम्मेवारी, अविश्वसनीय असक्षमता र खेदजनक मौनता प्रदर्शन गरेकोमा परम निन्दा, भत्र्सना र क्षोभ व्यक्त गरेको छ । यसरी २७ घण्टासम्म देशको केन्द्र राजधानी सहित सम्पूर्ण देस जलिरहँदा सरकार  राजीनामा दिएर अनि सुरक्षा निकाय रमिते बनेर बसेकोमा घोर आपत्ति प्रकट गर्दै यसक्रममा हत्या गरिएका सम्पूर्ण होनहार युवाहरुलाई शहीदको रुपमा श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनहरुप्रती गहिरो शोक–समवेदना बैठकले व्यक्त गरेको छ । साथै  बैठकले घाइतेहरुको शीघ्रातिशीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दै यो अत्यन्तै भयावह, आतंककारी र कोलाहलपूर्ण आपराधिक घटनाको उच्चस्तरीय न्यायिक छानबीन गरी सम्बन्धित सबै दोषी–अपराधीलाई सख्त कार्वाहीको माग गरेको छ ।  राज्यका संबेदनशील र जिम्मेवार अंगप्रत्यंगहरु मूकदर्शक बनेर सबै किसिमले राज्य असफल भएको कहालीलाग्दो अबस्था सिर्जना हुन गयो यसले गम्भीर दूरगामी असर पारेकोले सम्पूर्ण नेपाली जनता सचेत र एकताबद्ध रहँदै खबरदारीमा उत्रिनु पर्ने निष्कर्ष  समेत बैठकले निकालेको छ ।
ख. यस दर्दनाक घटनाका पछाडि  पटकपटकका परिबर्तनपछि सत्तामा मैमत्ता भएर मोजमस्ती  गरेका सत्ताधारी दलाल दल र तिनका भ्रष्ट नेताहरुको देश र जनताप्रतिको बढ्दो  गैर जिम्मेवारी, मनपरीतन्त्र, कमिसनखोरी, घुस–भ्रष्टाचार र कुशासनका एकपछि अर्को गतिबिधि धेरै हदसम्म जिम्मेवार छन् । साथै नेपाललाई बाह्य शक्तिकेन्द्रहरुले आफ्नो अखडा बनाउन चाहने  र तिनै साम्राज्यवादीहरुसँग लम्पसार परी आत्मसमर्पण गर्ने नेपाली शासकहरुको  लाछी र लाचार नीति र स्थिति मूल कारण हो जसले गर्दा हाम्रो  राष्ट्रिय  स्वाधीनता, स्वाभिमान र सार्बभौमिकतामाथि नै गम्भीर आँच पु¥याइरहेको छ र यसका बिरुद्ध निरन्तर खडा भएर खबरदारी गरिरहनु पर्ने भन्ने ठहर पनि बैठकले गरेको छ । 
ग.  देसको यस नाजुक, गम्भीर र दुःखद घडीमा सम्पूर्ण शोषित–पीडित बर्ग र तह–तप्काका जन समुदाय आज अझ बढी सचेत, अझबढी संगठित र अझ बढी संघर्षशील हुुनुको कुनै बिकल्प छैन भन्ने निष्कर्श निकाल्दै बैठकले आम जन समुदायलाई पनि एकताबद्ध भै प्रतिरोध गर्न समेत जोडदार आह्वान गरेको छ ।
३. देशमा उत्पन्न भएको पछिल्लो भयावह, तरल तथा नाजुक अर्थ–राजनीतिक स्थितिमा देशको सार्बभौमिकता, अखण्डता र स्वाधीनता जोगाउन तथा जनतन्त्र र जनजीबिकाका  जल्दाबल्दा समस्या हल गर्दै अघि बढ्न यतिबेला सबै क्रान्तिकारी कम्युनिष्ट, बामपन्थी तथा लोकतान्त्रिक एबं राष्ट्रप्रेमी शक्तिहरु समेत पहिले कहिल्यैभन्दा बढी एकताबद्ध हुनु पर्ने समयको ज्वलन्त माग भएको हुँदा नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुको सिद्धान्तनिष्ठ एकतामा बढी जोड दिदै र त्यसका निम्ति प्रयत्न गर्दै जाने कुरालाई बैठकले अहिले पनि पुन जोडदिएको छ । क्रान्तिकारी शक्तिहरुलाई सही सिद्धान्तको वरिपरी सही किसिमले गोलबन्द गर्ने, देसभक्त र जनवादी शक्तिहरुलाई मोर्चाबद्ध तुल्याउँदै जाने उद्देश्यले  क. शरणबिक्रम मल्लको नेतृत्वमा क. पुष्कर गौतम, क मुकुन्द आचार्य, क. महादीप पोख्रेल र क. नीरेन्द्र कुँवर रहनुभएको पाँच सदस्यीय पार्टी एकता–वार्ता समिति पनि बैठकले बनाएको छ र त्यसले तुरुन्तै आफ्नो काम शुरु गर्ने त्यसलाई निरन्तरता दिन थाल्ने बैठकको विश्वास छ ।
४.आजको टड्कारो आवश्यकता र दीर्घकालीन गन्तब्य समेतलाई मध्यनजर राखेर पार्टीले यही २०८२ असोज ४ गते ‘क्रान्तिकारी कम्युनिष्टहरुको एकता, आजको राष्ट्रिय आवश्यकता’ भन्ने  सामयिक र ज्वलन्त बिषयमा  एक अन्तरक्रिया गर्ने समेत निर्णय लिएको छ । यसबाट क्रान्तिकारी शक्तिहरुलाई एकीकरण र ध्रुवीकरणको बाटोमा लैजान मद्दत गर्ने छ भन्ने बिश्वास पनि  बैठकले लिएको छ ।
५. क. बैठकले जेन जी आन्दोलनमा घुसेका  घुसपेठिया दलाल  र गद्दारहरुले योजनबद्ध ढंगले देशका बिभिन्न संबेदनशील ठाउँ जलाएर नेपालका बिश्व सम्पदा मात्र नष्ट गरेकको नभै सम्पूर्ण  नेपाली जनताका सम्मानित सिद्धान्तनिष्ठ, सर्वाधिक स्वच्छ, स्वाभिमानी  र नैतिक नेता तथा नेपाल कम्युनिष्ट पार्टीका आदरणीय संस्थापक महासचिव  कमरेड पुष्पलालको बिराटनगरस्थित शालिक भत्काउने र काठमाण्डौस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा आगो लगाउने घोर आपराधिक दुष्कृत्य पनि गरेका छन् । त्यसको  पनि बैठकले घोर निन्दा र तीब्र भत्र्सना गर्दै ती अपराधीलाई पत्ता लगाई कडा कारबाही गरियोस् भन्ने पनि जोडदार माग गरेको छ ।      
   ख. त्यसैगरी प्रजातान्त्रिक आन्दोलनका नेत सम्मानित ब्यक्तित्वहरु बीपी कोइराला, गणेशमान सिंह र कृष्ण प्रसाद भटराईका शालिकहरुमाथि पनि आक्रमण गरेर त्यस्ता घुसपेठियाहरुले नेपालका स्थापित बाम–प्रजातान्त्रिक आन्दोलनका नेताहरुका जुन अपमान गरेका छन् बैठकले त्यस प्रकारको दुष्कृत्यको पनि जोडदार बिरोध, निन्दा र भत्र्सना गरेको छ । 
६. बैठकले पार्टी एकीकरणलाई पूर्णता दिन र सफल तुल्याउन अहोरात्र खटेर लाग्नु भएका कमरेडहरु सबैलाई हार्दिक धन्यबाद दिदै यो एकतालाई  दीगो र दरिलो पार्दै अन्य क्रान्तिकारी कम्युनिष्ट शक्ति, समूह र व्यक्ती–व्यक्तित्वहरुलाई एकीकृत र ध्रुवीकृत गराउँदै नेपाली क्रान्तिकारी कम्युनिष्ट पार्टी र आन्दोलनको पुनर्गठन र सशक्तीकरण गरेर आमूल अग्रगामी उच्च परिबर्तनको लागि आन्दोलनको आँधिबेहरी ल्याउन समेत सबै जिम्मेवार कमरेडहरु लागिपर्नु हुने विश्वास बैठकले लिएको छ ।
७.  प्यालेस्टिनलाई सम्पूर्णरुपमा समाप्त पार्ने हिसावले गाजामा जुन नर संहार र जाति सफाय साम्राज्यबादको सबै किसिमको आडधापमा बिस्तारबादी इज्रायलले मच्चाइरहेको छ त्यो आजको २१औं शताब्दीको अत्यन्तै क्रूर, घोर अमानबीय एबं त्रासद घटना हो । यसलाई रोकेर न्यायपूर्ण प्यालेस्टिनी राज्य पुनस्र्थापना गर्ने प्यालेस्टिनी जनताको प्रतिरोधी आन्दोलनप्रति बैठक ऐक्यबद्धता र दृढ समर्थन जनाउँदछ र  स्वाधीन, सुरक्षित र सार्बभौम पेलेस्टिनी राज्यको मागप्रति पूर्ण समर्थन जनाउँदै, इज्रायली अतिक्रमणकारी युद्धको कारण उत्पन्न स्थितिमा इज्रायलमा काम गर्न गएका नेपाली बिपिन जोशीको तत्काल रिहाईको माग गर्दछ ।
८.नाटोको बिस्तार गर्ने पश्चिमा साम्राज्यबादको उक्साहटमा शुरु भएको यूक्रेन युद्धमा ठूलो जनधनको बिनाश भइरहेको छ । यस युद्धलाई तुरुन्त रोकेर बार्ताद्वारा समाधान खोज्न बैठकले सबै सम्बद्ध पक्षसँग जोडदार माग गरेकोछ ।
९.साम्राज्यबादी अमेरिकाको कर युद्ध(टेरिफ वार)ले आज बिश्व आक्रान्त छ र यसले नयाँ अर्थ–राजनीतिक ध्रुबीकरणको समाधान खोज्ने, बिश्वले नयाँ समीकरण ग्रहण गर्ने र यसरी बिश्व अब एकल ध्रुबको मनपरीबाट मुक्त भएर जाने सम्भावना बढेको बैठकले मूल्यांकन गरेको । 
१०. बिश्वमा प्रकृति र मानब समाजको निर्मम दोहन गर्ने साम्राज्यबादी पूँजीवादी प्रबृतिले प्रकृति र मानब समाज दुबैलाई ध्वस्त पार्ने गतिबिधिहरु बढी रहेका छन्, जलवायु, परिबर्तन, बढ्दो गर्मी यसका प्रत्यक्ष प्रमाण हुन् । यसले मानब र प्रकृति द्रोही मुनाफखोरी बिकास प्रणालीलाई नरोक्ने हो भने बिश्वले सर्बनाशको बाटो लिने बाहेक अरु केही हुँदैन । त्यसैले बिश्वको अस्तित्व र बिकासको निरन्तरताका लागि पनि पूजीवादको बिकल्पमा समाजबाद एक मात्र सुरक्षित  प्रणाली हो भन्ने पुष्टि भइरहेको समेत बैठकले निष्कर्श निकालेको छ । 
११.सानो भूपरिबेस्ठित अफ्रिकी देश बुर्किनो फासोका देशभक्त सैनिक राष्ट्रपति इब्राहिम त्राओरेले जुन जुक्ति, बुद्धि र साहसकासाथ साम्राज्यबादका बिरुद्ध दृढतापूर्बक खडा भएर बिदेशी पूँजी, हैकम र दख्खल हस्तक्षेपको बिरुद्ध लडिरहेका छन् र बिदेशी पूँजीको राष्ट्रियकरण गरेका छन् त्यो साहस, इच्छाशक्ति र त्यसप्रतिको दृढ निरन्तरताले अफ्रिका लगायत बिश्वका उत्पीडित राष्ट्रहरुलाई ठूलो प्रेरण दिइरहेको बैठकले उल्लेख गरेको छ । अभिबादनका साथ

(लोकनारायण सुवेदी)
     संयोजक
नेपाल कम्युनिष्ट पार्टी