Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रधानमन्त्री सुशीला कार्कीज्यू

०५ आइतबार , आश्विन २०८२९ महिना अगाडि

प्रधानमन्त्री सुशीला कार्कीज्यू

अन्तरिम सरकार प्रमुख सुशिला कार्की ज्यु यो सानो काम त् गर्न सक्नु हुन्छ नि ?
खोइ किन हो यो बिषयमा  हाम्रो समाजको बौद्धिक व्यक्तित्व हरु बोल्नु हुन्न र ?
१ नेपालमा चरम भ्रष्टाचार हुनुको धेरै कारण मध्य धेरै दल र नेता हरु हुनु  पनि हो राजनीति लाइ पेट र अपराध सङ्ग जोडेर कमाइ खाने भाडो बनाएका छन् यो प्रवृति अब रोक्नु पर्छ।
२ अपारदर्शी तरिकाले चन्दा लिने दिने प्रवृति
३ मनि  र मसल बिना निर्वाचन जितिन्न  भन्ने कथित नेता हरुको  मानसिकता यी ३ कारणले नेताहरुले जबर्जस्ति चन्दा माग्ने र पहुच हुनेले भ्रष्टाचार गरेर पैसा असुल्ने गर्छन
परिबर्तन को लागि भएको विद्रोहको यो अबस्थामा किन संबिधान र निर्वाचन कानुन परिमार्जन गरेर ३ देखि ४ दल सम्मको मात्र अस्तित्व रहने निर्वाचन आचारसंहितामा चन्दा लिने दिने प्रवृति लाइ पारदर्शी किन न बनाउने
जस्तै 1. उम्मेदवारले बिदेशी व्यक्ति वा सस्था संग चन्दा लिनु दण्डनीय अपराध मान्ने कानुन बनाउने २. चन्दा कुनै व्यापारिक प्रतिष्ठानको खाता बाट  होइन सम्बन्धित व्यक्तिले कर तिरेको प्रमाण सहितको आफ्नो व्यक्तिगत खाता बाट  मात्र दिनु र लिनु पाउने ३. नेपालको शंदर्भमा १ लाख भन्दा बढी रकम चन्दा लिंदा दिंदा अनिबार्य रुपमा बैङ्किग  प्रणाली बाट  मात्र गर्नु पर्ने नगद लिन निषेध गर्ने र सो को जानकारी कर कार्यालय निर्वाचन आयोग सम्बन्धित व्यक्ति वा दलको वेब साइटमा अनिबार्य राख्नु पर्ने र लेखा परिक्षणमा त्यो रकम उल्लेख हुनु पर्ने ४. निर्वाचन पश्चात निर्वाचन प्रयोजनको लागि उठाएको रकमको खर्च विवरण पनि निर्वाचन आयोग कर कार्यालय सम्बन्धित व्यक्तिको वा दलको वेब साइटमा  अनिबार्य राख्नु पर्ने र व्यक्तिले निर्वाचन प्रयोजनको लागि उठाएको र्बांकी रकम सम्बन्धित दलको खातामा जम्मा गर्नु पर्ने र व्यक्तिगत खर्च गरे भ्रष्टाचार ठहरिने दण्डनीय कानुन बनाउने
हाम्रो जस्तो सानो भूगोल र जनसंख्या भएको देशमा धेरै दल र नेता अभिस्राप प्रमाणित भैसकेको छ होइन र ?