Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

हाम्रो धार्मिक समाज र मेला पर्व

२२ बुधबार , आश्विन २०८२२ दिन अगाडि

हाम्रो धार्मिक समाज र मेला पर्व

दशै तिहारको सेरोफेरोमा नेपाली समाजको दृश्य अवलोकन गर्दा प्रष्टै हुन्छ हामी कति धेरै धार्मिक छौँ । अहिले त नेपालमा आउनै पर्दैन विश्वलाई फेशबुक हेरे पुग्छ । बोकाहरू, राङ्गाहरू काटेर प्रदर्शनमात्र गराइदैन कसरी उनिहरूको हत्या गरिन्छ भनेरपनि मुहार पुस्तिकामा लाइभ राखेका भिडियो र फोटाहरू प्रसस्तै भेटाउन सकिन्छ ।
कति नराम्रो क्रु प्रकारले पशुहरूको हत्या गरिन्छ त्यो देखाएर संसारमा आफूलाई बहादुर भएको गौरव गर्छन्  ।देवाली गर्दा बली चड्छ, दशैँ तिहारमा घर घरमै मासु पाक्छ । मासु त अन्य देशका व्यक्तिहरूले पनि खान्छन्, होटेलहरूमा पाक्छ, दोकनमा काटेर बिक्री गर्छन्, त्यो उनिहरूको व्यापार हो । हाम्रो गाउँ घरको समाजमा प्रायजसो तड्पाई तड्पाई काटेको पनि सार्वजनिक रूपमा राखिन्छ । हामी कति धेरै इमानदार छौँ ! जति बखान गरेपनि थोरै हुने छ ।हाम्रो समाजको इमान्दारिताको लागि मिसाल छ । देश टुक्रियोस्, नागरिकहरूको आँगनमा लाश हौस तर मासु काटेर सञ्जालमा अपलोड गर्न छाडिदैन ।
हामिलाई थाह छ हाम्रो सन्तान एक प्रकारको सिकारी हो । हामीले गर्भै दिखि मासु माछा खाँदै आयौँ । यसरी संसारमै प्रचार किन गर्ने ? बरू विस्तारै मानव समाज सचेत हुनुपर्ने हो । संसारका कयौँ देशहरूमा मासु ,माछा खान्छन्, उनिहरू शब्य भएर आफूलाई इच्छा भएको चिज खाएका हुन्छन् । कसले के खायो 
त्यसबारेमा छिमेकीलाई पनि जानकारी हुदैन । त्यो पनि एकप्रकारको अनुसाशन हो । हामीले त संसारमा प्रचार गरेका हुन्छौँ । एकातिर धर्म गर्ने बहानामा देशबिदेशका तीर्थ डुल्छौँ, देशभित्रका मठ मन्दिर कुनैपनि छाड्दैनौँ । आर्कोतिर यस्तो अबस्था छ पशुहरूको बली उनिहरूको हत्या त्यो पनि अत्यन्तै क्रुर प्रकारले हत्या गरेर फेशबुकमा राखेका हुन्छौँ । एकातिर समाजले शान्तिप्रिय समाजको वÞकालत गर्छ आर्कोतिर हिँशक बनेर दुनियाँलाई देखाइन्छ । एक पटक पनि हामिले आफ्नो स्वाभिमानको बारेमा सोंच्दैनौं । हामी नेपालीहरू त्यो देशको नागरिक हौँ जहाँ वौद्ध जस्ता महान दार्शनिक जन्मिएका थिए । जो शान्तिका दुत बनेर संसारमा आजपनि उनको बिचार फैलाउँदैछन् । उनले आफ्नो देशलाई चिनाई रहेका हुन्छन्  । हाम्रो धर्म संस्कार भनेको आखिर के हो ? यस्को परिभाषा कस्तो हुनुपर्ने हो ?
देशभित्र आपसमा एउटै सन्तानका बिचमा काटाकाट हुन्छ । सत्तामा बसेकाहरूले गलत बाटोमा देशलाई लतार्न खोज्दा देशको अश्मिता नै विदेशीका हातमा पुग्छ । सार्वभौम डगमगाउँ छ । जनताहरूलाई पशुतुल्य सम्झिने दुस्साहस गर्छन् नेताले ।भ्रष्टाचार गरेर, विदेशीहरूको दलाली गरी साहुकार बन्ने होड नै छ देशमा । उनैले धर्मको अभिनय गरेका हुन्छन् । शान्ति र सु व्यवस्थाको दुहाई दिन्छन्, अशान्ति र हिँशाको रङ्गमञ्मा घुलेर आफ्नो सक्कली अनुहार लुकाउने प्रयत्न गरिन्छ ।
आजको हाम्रो समाजमा पढेलेखेका थुप्रै छन् बरू अब अनपढ चामलमा बियाँ जस्तै हुनसक्छन् । तरपनि समाज झन पछि झन् गलत र नराम्रो बाटातिर लम्किंदै छ ।युवाहरूले के पढ्ने भनेर त्यसको चयन गर्न सकिरहेका छैनन् ।समाजलाई गलत दिश तर्फ डोराउन प्रशिक्षण दिंदै आएका हुन्छन् । त्
गुमराह गरिंदै छ । कुसंस्कार कारणले ।
हामीले भन्छौं जाँड रक्सी जस्ता नसालु मादक पदार्थ प्रयोग गर्नु गलत हो । आज हजारौं युवाहरू नसामुक्ती केन्दरमा सुधार केन्द्रको शोभा बढाई रहेकाछन । त्यसको जिम्मेवार को हो ? आजपनि दशैँ लगायतका पर्वहरूमा मदिरा चढाउने ,घर माइतीहरूलाई कोसेली उपहार दिने चलन छ । पढाईको कमि भएर होइन । एम ए, बिए गरेका छन् तर उनिहरूले परमपरा र धर्मको नाममा मदिरा र मासु प्रसादको रूपमा ग्रहण गरिरहेकाछन् । बिस्तारै उनीहरूको त्यो परमपराले आफ्नो आघोसमा लिन्छ र उनिहरू नसाका आदि बन्छन् । यही समाजले उनिहरूलाई जँड्याको उपाधी पनि दिन्छ । अबिभावकले नै आ–आफ्ना छोरा नातीहरूलाई अंशमा दिएको यो कुसंस्कार हो ।
अनि विवेक बिनाको त्यो डिग्रिको के फाइदा ? पढाई त केवल रोजगारको लागिमात्र गरिने रहिछ । समाजमा रहेका बिभेद कुरितीहरू र फोहोर भित्र रोमलिएर जीवन यापन गर्ने नै हो भने त्यो विवेक हिन मानवको के फाइदा ? मानवता बिनाको मानिस जसले सही र गलत छुट्टाउनै सक्दैन, जीवजन्तु पशुपंक्षीको मर्म बुझ्न सक्दैन र जङ्गली जीवनमा रमाउँछ भने ज्ञान आर्जन गरेको के काम ?
सही के हो र गलत के हो त्यसको बारेमा चिन्तन् हुनैपर्छ यदि हामी मानव हौं भने ।धर्मको परिभाषालाई बुझ्नैपर्छ ।
अहिले जसले पुजा पाठ गर्छन् लक्षबत्ती बाल्छौँ र देश बिदेशका मठ मन्दीरहरूमा गएर संगमरमरका मूर्तीहरूको दर्शन गर्छौँ एक पटक आफ्नै छातीमा हात राखेर निदार खुम्चाएर सोंचौ त हाम्रो मन कत्तीको सफा छ, कत्तीको फोहोर मुक्त छौँ हामी ? परमपराको नाउमा हामिले अप्नाउँदै आएको संस्कार कती ठिक छ कती बेठिक छ ? यसबारे पनि थोरै आफैसँग छलफल गर्नुपर्छ की ? 
मेरो बिचारमा हामीले ढिलो चाँडो आत्मा मन्थन् नगरी सुख्ख छैन । 
नराम्रो फोहोरलाई पखाल्न सक्नुपर्छ ।
हिंजोको दिनहरूमा र आजको दिनहरूमा सामाजिक र राजनैतिक हिसाबले पनि धेरै फरक छ । पहिलेका साशकहरूले आफ्नै हितका कुरा गर्दथे तर आज सर्वहितका कुराहरू हुनेगर्छन् ।दशैँको पर्वमा जुवा तास, पासा, कौडा आदी खेल्न सिकाउँथे तर आज हामिले त्यसो नगरौँ भनेर शीक्षा दिन्छौँ । त्यो वेला जुवा खेल्ने र ऐयासी गर्नेहरूको शान हुन्थ्यो आज त्यो गैरकानुनी मानिन्छ । हामीले हिजो “कक्कड“ काँचोपातको खेती गरेका थियौँ  । खेती गरिने चलन थियो तर आज क्रमसै त्यो चलन हड्दै गयो । आज सार्वजनिक ठाउँमा सुर्तिजञ्य बस्तु बर्जित छ ।
त्यसकारण हिंजोका अनावश्याक चिजहरूलाई हामिले छाड्दै गएकाछौँ ।त्यो एउटा सकारत्मक पक्ष हो । परमपरा भनेकै पनि ठिक बेठिक हुन्छन् र त्यसबारेमा मानव समाजले आफ्नो विवेकले छुट्टाउन सक्नुपर्छ ।
त्यसैले पनि यो समाजमा रहेका पशु बली र मदिराको प्रसादको परमपरामा पनि केही सुधार गर्नका लागि आत्मामन्थन् गर्नुपर्छ । हामी एक्काईसौँ शताब्दीका विज्ञ मानवहरू हौँ ।जसले यो सारासंसारलाई बदलन सक्षम छ भन्नेबारे आफ्नो पौरख र कलाले प्रष्ट पारेको छ । ज्ञान विज्ञान र टेक्नोलोजीको दुनियामा । आज संसारको एउटा हाम्रो समाज हो जहाँ अहिलेपनि परमपराको नाममा अनैतिक कृयाकलाप हुदै आएका हुन्छन् । छुवाछुत,झारफूक र पशु पंक्षीको बली मङ्श मदिरा समेत हाम्रो समाजमा प्रसाद बनेका हुन्छन् । अब यसबारेमा हामी मानव समुदायले 
कसरी बुझ्ने त्यसलाई पनि अब आफैले छुट्टाउने प्रयास गरौँ  ।