एनआरएनए अध्यक्ष तथा पूर्वअध्यक्ष शेष घले, उपेन्द्र महतोसहितका टिमको आग्रहलाई नेपाली सेनाले स्वीकार गरेर बिपद् ब्यबस्थापनका समझदारी कायम गरेको छ। ५ साउनको यो समझादारीले देशमा आइपर्ने कुनै पनि प्रकारको बिपद् ब्यबस्थापनमा अव नेपाली सेनाले गैरआवासीय नेपाली संघसँग मिलेर काम गर्ने निश्चित भएको छ।
भूकम्प, बाढिपहिरो लगायतका ठूला बिपदसँग जुध्ने क्षमता अभिबृद्धि गर्ने तथा त्यस्ता बिपद्का बेला राहत सामाग्रीको प्रभावकारी भण्डारण र बितरणका लागि दुवै संस्थाले मिलेर काम गर्ने समझदारी भएपछि नेपाल भित्रिएका राहतका सामग्रीको दुरुपयोग नहुने पनि पक्का भएको छ। साउन ५ मा यस सम्बन्धि समझदारीपत्रमा नेपाली सेनाका तर्फबाट ब्यबस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले हस्ताक्षर भएको हो। हस्ताक्षर हुँदा प्रधान सेनापति राजेन्द्र क्षेत्री र एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो उपस्थित थिए। समझदारीअनुसार नेपाली सेना र गैरआवासीय नेपाली संघवीच उद्धार र राहतका लागि तालिम प्रदान गर्ने, उद्धारका लागि आबश्यक सामाग्रीहरु आदानप्रदान गर्ने तथा औषधि, लत्ताकपडा र खाद्यान्न जस्ता अत्याबश्यक मानवीय सामाग्री भण्डारण गर्ने सम्मका सहमति भएका छन्। प्रधानसेनापतिले उपस्थित सबैलाई नेपाली सेनाले भूकम्पपछि र अरु प्राकृतिक विपदाका समयमा सेनाले गरेको कामको नकारी गराएका थिए। उनले गैरआवासीय नेपालीहरुले भूकम्पको समयमा निस्वार्थ भावनाबाट गरेको सहयोगको पशंसा गर्दै नेपाली सेनाको तर्फबाट हार्दिक कृतज्ञता समेत प्रकट गरेका थिए।
अध्यक्ष शेष घले द्रवित मुद्रामा थिए र उनले उद्दार र राहत वितरणमा नेपाली सेनाले पुराएको सहयोग लागि धन्यवाद दिंदै नेपाली सेनाको मनोबल र कार्यक्षमताबाट आफू निकै प्रभावित भएको उल्लेख बताए। यही समन्वय र सहकार्यले आज यस सम्झौतासम्म ल्याईपुराएको भन्दै अवसर दिएकोमा आभार प्रकट गरे।