Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नयाँ शक्ति नेपाल बचे न रहला

१० सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

राशन कार्की -  कहिले सिक्किमीकरण र कहिले भुटानीकरणको हौला देखाउने, कहिले उत्तर र दक्षिणतिर मर्ज हुनसक्छ भनेर त्रासदी नै फैलाउने डा.बाबुराम भट्टराई नयाँशक्ति पार्टी दर्ता भएपछि चर्चाको सिखरमा छन्। पार्टी दर्ता गरे लगत्तै बाबुराम दिल्ली सफरमा निस्किएका छन्। एकपन्थ दो काज, सम्बन्ध सुधार पनि हुने र नेपालमा हुनलागेको सत्ता परिवर्तनमा नयाँशक्ति पार्टीको रणनीति रङि्गन बनाउने पनि। बाबुराम त्यसै पनि बुद्धिजीवीमा गनिन्छन्, उनको बुद्धि, उनको नेपाल प्रेम अव निखारिएर जनमानसमा प्रकट हुने स्थिति सिर्जना भइसकेको छ।ओली र प्रचण्डको खटपट, प्रचण्ड र देउवाको मिलाप, आफैमा आश्चर्यपूर्ण घटना हुन्। किनभने ओलीलाई मानसिक उपचार गर्न तत्कालीन सुशील कोइराला सरकारलाई सुझाउने प्रचण्ड नै थिए र सुशीलपछि तिनै ओलीको उलिन्काठे बनेर सरकार बोक्न तैयार भए। प्रचण्डले काँध फेर्न खोज्दा ओली सरकार धरापमा पर्‍यो, कांग्रेसलाई भरिया बनाउन प्रचण्ड सफल त भए तर ओलीले संवैधानिक संकट उत्पन्न गराइदिएका छन्।

स्थिति यस्तो छ कि सरकार संकटमा पर्दा कार्यान्वयन नै हुन नसकेको संविधान जखम भएर समाप्त हुने जोखिममा परेको छ। नेपाल राष्ट्र संविधानकै कारण बिखण्डन र बिभाजन, अस्थिर र अराजकताको सिकार बनेको छ। नेपाल बचाउन एउटा बुद्धिमान नेताको सख्त खाँचो परेको छ। त्यो खाँचोको पूर्ति डा.बाबुराम भट्टराईले गर्न सक्छन्। तैंचुप, मैचुप भएर रहेका ठूला दलहरुलाई थाहा छ– राजतन्त्रलाई स्पेश नदिने हो भने शान्ति र स्थिरता सम्भव नै छैन। बोल्ने कसले? कांग्रेस बोलोस् भन्ने माओवादी, माओवादी बोलोस् भन्ने एमाले, एमाले, माओवादी बोलुन् भन्ने कांग्रेस। बोल बोल मछली मुखभरि पानी जस्तो राजनीतिक स्थिति छ। यो गञ्जागोल स्थितिमा डा. बाबुराम भट्टराईले चिस्सिएको नेपाल–भारत सम्बन्ध र भाँडिएको आन्तरिक राजनीतिलाई एउटा निकास दिन डा.बाबुराम भट्टराई भूमिका खेल्न सक्छन्। भनिन्छ, डा.बाबुरामले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लामो वार्ता गरेर दिल्ली गएका हु्न। डाक्टरसावले राष्ट्रलाई लागेको अतिसार राजनीतिको उपचार गर्र्न हिम्मत गर्लान्?