Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

वेदले भेदभाव गरेको छैन

१४ बिहिबार , कार्तिक २०८२६ दिन अगाडि

वेदले भेदभाव गरेको छैन

योगी नरहरिनाथका सत्य वचन र बेदबारेमा लेखेका सत्य वचनहरू आज पनि नेपाली समाजमा साह्रै उपयोगी छन्, किन अनुशण नगर्ने ? – कविताञ्जली मिश्र


– सम्बन्धित देशको सामाजिक आर्थिक र मानसिकता अनुरूपको बिधि र पद्धति हुनुपर्छ न कि विदेशीले जबर्र्जिस्त थोपरी दिएको ।
– कुनै देशको अस्तित्व समाप्त पार्नु छ भने सबैभन्दा पहिले त्यो देशको धर्म सस्कृति भाषा भेष र मौलिक परम्परामाथि अतिक्रमण गर्नुपर्दछ भन्ने साम्राज्यबादीहरूवाट सचेत हुन् ढिला भइसकेको छ । देशको राजनैतिक अस्थिरताको मूलजड यस्तै साम्राज्यबादीहरूको सुनियोजित षड्यन्त्र पनि एक हो ।
– देश भनेको चारैतिर रेखांकन गरिएको भूभाग मात्र होइन । स्वतन्त्र स्वाधीन देशको आफ्नै मौलिक धर्म भाषा भेष सस्कृति र परमपरा पनि हुन्छ । त्यसमा पनि हाम्रो जस्तो १७ औ जेष्ठ देश नेपालको बिशेषता त झन महत्वको हुनु स्वभाबिक नै हो । यस्तो संबेदनशील बिषयको संरक्षणवाट नै देशको फरक अस्तित्व भएका बिबिध सम्प्रदायको पहिचानका साथै देश पनि जोगिन्छ । उसलाई खाने बाघले मलाई पनि खान्छ समाजमा एक अर्काको अस्तित्व खोज्न एक अर्काको सहयोगी हुनुपर्छ बाहिरियालाई गुहार्नु हुन्न । आयातित पद्धति भाषा नीतिले देशलाई अगाडी बढ्न दिदैंन ।
– सम्बन्धित देशको सामाजिक आर्थिक र मानसिकता अनुरूपको बिधि र पद्धति हुनुपर्छ न कि विदेशीले जबर्र्जिस्त थोपरी दिएको ।
– वैदिक कालमा आर्यहरूको साम्राज्य थियो । जहाँ एकजना पनि भोका नाङ्गा पिडित असन्तुष्ट रूढी थिएनन् । सम्यक राज्य नै साम्राज्य हो । वैदिक कालमा संस्कृत भाषा र वैदिक धर्म थियो ।
– जनताले राजालाई भिक्षा शिक्षा टिका अधिकार आदर र अस्तित्व दिन्छन् । जनताले नै राजाको जन्म दिन्छ । जनताले दिएको अधिकार जानेन भने राजा जान्छन् । जसरी भारतमा राजा गए ।
– राजाले राज्यभिषेक गर्ने वेलामा प्रतिज्ञा गर्नुपर्दछ । शपथ खानु पर्दछ । सबै प्रकारको सुखी भएको देश साम्राज्यमा राज्य गर्न पाउ भन्नुको मनसाय जनता सबै किसिमले सन्तुष्ट होउन् भन्ने हो । यसबाट के पनि बुझिन्छ भने जनतामा कुनै किसिमको अभाव र असन्तुष्टी नहुन् भन्ने हो  ।
– सबै जातिले गायत्री दिक्षा लिन र जनै लगाउन पाउछन्, योग्य छन् । सबै नारी जातीले पनि गायत्री दिक्षा र जनै लगाउन पाउछन् । नारीले पनि गायत्री दिक्षा लिन र जनै लगाउन पाउँछन् ।
’२०० वर्ष अगाडिका राजा हुन् थारू । थारूका सुन चाँदीका सिक्का थिए  ।थारू जातीले देश बचाऐका थिए  । पुनः देशलाई बचाउने छन् ।
वेदले भेद गरेको छैन । सबै समान छन् । सबै हिन्दू मिलेर हिन्दू राष्ट बचाउन पर्छ । राष्ट्र वेदले परिकल्पना गरेको साम्राज्य हुनुपर्दछ । संम्यक राज्य नै साम्राज्य हो ।
योगीको प्रवचन सुनौ र शेयर पनि गरौ । ता कि हिन्दू धर्म र हिन्दू साम्राज्यको अर्थ सबैले बूझुन् । अरूको भाषा र अरूको शिक्षाको कारणले राष्ट्र र हिन्दू धर्ममा प्रतिको गलत बुझाई नै हिन्दू धर्ममा आएको विचलनको हो । हिन्दू धर्म भेदभावकारी धर्म होईन सहिष्णु रहेछ । अरूको सभ्यता नष्ट गरेर जनतालाई लुटेर साम्राज्य हुँदैन । आर्य संस्कृति अनुरूपको राज्य मात्र साम्राज्य हुनसक्छ । वैदिक हिन्दू धर्मले कसैलाई भेद गरेको छैन । हिन्द धर्म र हिन्दू साम्राज्यमा सबै अटाउन सक्छन्, सबै समान छन् । सबैले जानुन् । सबैले बुझुन् ।