
सय दरको मुद्रा र १० रूपैयाँको टिकट । यो नई प्रकाशनको उपलब्धि अर्थात् राज्यले स्वीकार गरेको मुद्रा र हुलाक टिकट हो । सम्भवतः नइ प्रकाशन अर्थात निजी क्षेत्रले सञ्चालन गरेको प्रकाशनले राज्यबाट पाएको सबैभन्दा ठूलो सम्मान यही नै होला । नइ प्रकाशन नेपालको साहित्य इतिहासमै सबैभन्दा बढी सम्मानित र विश्वसनीय संस्था मानिन्छ । नइ प्रकाशनसँग नेपालका अधिकांश साहित्यकारहरू जोडिएका छन् । नइ प्रकाशनका तर्फबाट नरेन्द्र राज प्रसाईले लख्नुभएको छ– हिँड्दै जाँदा जिन्दगीले स्वर्णिम समय पनि पाउँदो रहेछ । पट्यार लाग्दो समयमा पनि भोकतिर्खै हिँडेको पुरस्कार राज्यबाट नै पाउँदा जिन्दगी सार्थक भएको अनुभूति भएको छ । हामीलाई यहाँसम्म ल्याउन मद्दत गर्नेहरू नै हाम्रा आफ्नै आकाश हुन्, हाम्रा आफ्नै धर्ती हुन् ।


