Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

किन मानिस कम्युनिष्ट विचारबाट पतन हुन्छन्

१४ बिहिबार , कार्तिक २०८२६ दिन अगाडि

किन मानिस कम्युनिष्ट विचारबाट पतन हुन्छन्

अहिले धेरैजसो कम्युनिष्ट बिचारलाई छाड्ने र नयाँ राजनैतिक पार्टी बनाउनेहरू देखिन्छन् । कयौंले त अब कम्युनिष्ट बिचार नेपालमा लागु हुनसक्दैन पनि भन्छन् ।किन देशमा यस्तो विकृतिको जन्म भयो ? यो हाम्रो देशमा मात्र होइन विश्वमै कम्युनिष्ट आन्दोलनमाथि प्रश्न उठेको छ । आखिर कम्युनिष्ट बिचारधारा रक्षात्मक अवस्थामा किन पुग्यो ? अन्य देशहरूको छुट्टै छलफलको बिषय हो, त्यसको लागि विश्वकम्युनिष्ट आन्दोलनका ज्ञाताहरू वा विज्ञहरू द्वारा आउने नै छ ।हाम्रो देशको बारेमा कम्युनिष्ट बिचारधाराले के माइने राख्द छ ? यसबारे हामीले उठान नगरिकन आन्दोलनको व्याख्या गर्न गारो छ ।
हाम्रो देशको भगौलिक अवस्था अन्य देशहरूको भन्दा बिशिष्ट प्रकारको छ । दुबै देश चीन र भारत विश्वकै धनी देश मध्यका हुन् । उनिहरू मध्य एउटा नौलो जनवादी क्रान्ति सम्पन्न गरेर शिखरमा पुगेको देश हो भने भारतले लामू समयसम्म अंग्रेजहरूको गुलामी झेलेर मुक्त भएको देश हो ।चीनमा नयाँ जनवादी क्रान्ती सन् १९४९मा सम्पन्न भएको थियो ।उस्तै भारतमा त्यो भन्दा दुई वर्ष पहिले ब्रिटिष्टहरूबाट मुक्त भएको देश हो । यो करिब ७६÷७८ मा यी दुबै देशहरूले तरक्की गरेका छन् ।
भारतको भन्दा बढी चीनले तरक्की गरेको देखिन्छ । व्यवहारमा दुबै साम्राज्यवादी भनिए ता पनि नेपाललाई हेर्ने दृष्टीकोणमा भारतको भन्दा केही सकारत्मक चीनको देखिन्छ । यद्यपि नेपालीहरूको रूझान भारततिर बढी छ । किन की नेपाल र भारतको रहन सहन भेषभूषा चाढ पर्वहरू मिल्दाजुल्दा छन् ।नेपालीहरू हिन्दु बर्णका परायजसो भारतबाट नै आएका मानिन्छन् । भने मगर लगायतका केही जनजातीहरू मंगोल मूलुकबाट नेपालमा प्रवेश गरेको देखिन्छ । त्यसले गर्दा पनि भावनात्मक संवन्ध हुनु स्वभाविक हो ।
हाम्रो देशमा भारत र चीन दुबै देशको राजनीतिमा प्रभाव हुनु पनि स्वभाविकनै हो । त्यसो भयो भन्दैमा गलत नै भयो भन्नु पनि ठिक नहोला । देशभित्र थुप्रै धर्म संस्कृति, भाषा,फेसन आदि इत्यादि आयातित पनि छन् त्यो बढी भारत तिरबाट आएको छ ।हाम्रो देशको खुला सिमानाले आउने जाने स्वतन्त्रताले पनि त्यसमा मलजल पुराएको हुनसक्छ । उपरोक्त बिषयबस्तु एउटा पक्ष हो । कुनै देशका जनतासँग भावनात्मक संवन्ध हुनुलाई अस्वभाविक मान्न सकिदैन ।
तर देशमा कस्तो खालको राजनीति ठिक होला ? अर्थात नेपालको भूराजनीति कस्तो हुँदा यहाको माटो सौंउदो हुन
सक्छ ? त्यसबारेमा हामि सबैको उत्तिकै चासो हुनुपर्छ । हाम्रो देशमा कम्युनिष्ट किन अपच्य भयो ? यही आजको हाम्रो छलफलको बिषय हो । देशको माटोमा कम्युनिष्ट बिचार नपचेको किन हो ?
लामू समयदेखि कम्युनिष्टको बिचार बोकेका, व्यवहारमा उतारेका पुराना कम्युनिष्टका खम्बा कहिलाएकाहरू पनि उत्तर बिहिन बन्न पुगेका छन् । कहिलेकसो उनिहरूको बिचार अष्पष्ट आएका पनि हुन्छन् । उनिहरूले दोहोरो अर्थ लाग्ने खालका बिचार व्यक्त गरेका हुन्छन् । त्यो सबै उनिहरूको कुरा हो ।अब देशको र देशका अधिकाँस जनताको लागि कस्तो व्यवस्था आए ठिक होला ? त्यसबारेमा भन्नुपर्दा देश र जनताको हितमा यो अहिलेको पुँजिवादी व्यवस्था ठिक छैन  ।फेरी कस्तो ठिक होला ? नेपाल सदियौं देखि स्वतन्त्र राष्ट्रको रूपमा रहेको विश्वको इतिहास छ ।देशमा प्रचुर मात्रामा साधन श्रोत पनि छन् । यस्तो विकासका तमाम आधार हुँदाहुदै आखिर किन पछिडिएको छ ? के भूपरिबेष्ठित हुनु यसको कारण हो ? थोरै जनसंख्या भएको यो देश विश्वमै धनमान् हुनुपर्ने आखिर किन गरिबीको रेखामुनि झुण्डिएको छ ? यद्यपि विश्वको कुनै कालखण्डमा देश कसैको गुलाम नभएको ऐतिहासिक तथ्य हाम्रो अगाडी छ । अहिले यसैमा गहन शमीक्षाको जरूरी छ ।
हाम्रो कम्जोर पक्ष झ्यास्सै आर्काको विश्वास गर्ने रह्यो । जसलाई अंग्रेजहरूले प्रष्ट रूपमा बुझे र सुगौली संन्धि सँगै गोरखा भर्ती केन्द्र सुरूगरे ।उनिहरूले नेपालका विर पौरखी युवाहरूलाई रोजगारको सपना देखाए र आफ्नो वुद्यी र गोरखालीको बलमा आफ्नो भबिश्य देखे । नेपालीहरू लडाकु,बफादार, सुरवीर र निडर भएकाले अंग्रेजले नेपालीहरूलाई उपयोग गर्यो  । छिमेकमा रोजगार पाएपछि युवाहरू तेतै भूले शाशकहरूले कमिसनमा देश चलाउन थाले ।यही व्यवहारले देशमा बिकास हुनसकिन । पछिल्ला दिनहरूमा आएका नेताहरू पनि त्यसैमा रमन्थाले ।हुँदाहुदै नदिनालाको सम्झौता र देश समेतलाई धरौटीमा राखेर पनि ऐयाशी गर्नथाले । बहुदलिय व्यवस्था आएपछि पनि जुनसुकै झण्डा बोकेका भएपनि दलाली गर्न उनिहरूलाई त्यो झण्डाले रोक्न सकेन । छिमेकीले पनि त्यहीनै चाहन्थ्यो । 
रातो झण्डा छोपेकाहरूलाई आफ्नो दलाल बनाउदा उनिहरूलाई बढी फाइदा हुनसक्थ्यो । एक त उनीहरू द्वारा आफ्नै देशका लाल फितासाहीलाई कम्जोर बनाउन सकिन्थ्यो अर्को बिरोध गर्नेहरू नभएपछि देशको दोहन गर्न सजिलो हुनथ्यो । त्यसैले उनिहरूलाई आफ्नो गुप्तचर बिभागद्वारा आफ्नो नजिक तान्न थालियो र त्यसमा उनीहरू काफी हदसम्म सफल पनि भए । त्यसैको परिणाम देशमा विकासको सट्ट भएका कलकारखानाहरू समेत बन्द हुने कगारमा पुगे जसलाई व्यवस्थित गर्ने बहानामा नीजिकरण गरियो  । उनिहरूको दलालि गर्ने र सुख्ख सँग धनमान बन्ने र सत्तामा रहिरहने लोभले गर्दा पनि विकास नहुनुको कारण हो  । अझै हामीले यसबारेमा गृह कार्य गर्न सकिरहेका छैनौँ । देशमा नागरिकहरू अत्यान्तै दुखी भएकाछन्  । भिषण बिषफोटको आधार तैयार हुँदैआएको छ । तर कुनै न कुनै रूपमा समय समयमा त्यसको अभ्यास पनि हुँदै आएको छ ।
जो अहिले जेन्जीडको माध्यायमबाट भयो । यो देशमा हुनसक्ने सम्भावित भयंकर बिष्फोटको सङ्केत मात्र हो । यदि समयमै यसबारे गृहकार्य गरेर समाधान हुनसकेन भने भबिष्यमा ठुलो घट्ना घट्न सक्छ । अब हाम्रो देशलाई कस्तो खालको व्यवस्थाको आवस्यकता छ ? यो देशमा ठुलो पैमानामा श्रमजीवी जनताहरू छन् जो देश विदेशमा आआफ्नो परिश्रम न्यूनतम् ज्यालामा बेच्न बाध्य छन् । देशभित्र रोजगार छैन नागरिकको अरू कुनै जीवन निर्वाहको आधार भनेको जमिन हो । कृषिप्रधान् देश भनेर पनि चिनिन्छ । जमिनमा पनि अनिमिता छ केही मुट्ठिभर जमिदार वा गोठी सँग धेरै जमिन्छ भने ९५ प्रतिसत किसान सँग ५% जमिन छ । जसले परिश्रम गर्छन् उनिहरू सँग जमिन छैन, जसले काम गर्दैनन् उनै धनमान् छन् उनिहरू सङ्ग ९५% भूमि छ । उनै देशमा बिभिन्न निकाएंमा अधिकृत वा ठुलठुला पदमा आसिन छन्  । यस्तो अवस्थामा कानुन् व्यवस्था कठ्पुतली जस्तै छ ।
समाजमा धार्मिक र जातिय असमानता,लैङ्गीय बिभेद ,आदिले अक्रान्त छन् । भ्रष्टाचार, महंगी र अपराध लगायतका तमाम समश्यहरू समाजभित्र छन् ।यस्तो अबस्थामा नेलमा कृर्षि क्रान्तिको नितान्त आबस्याकता हुन्छ । किन की हाम्रो देशको मूल आयश्रोत भनेको कृषि हो । त्यसकारण जमिन जोत्नेलाई दिइन्छ भने देशमा अनाजको उत्पादन हुनसक्छ ।देशको ठुलो समश्या कृषि क्रान्तिबाट समाधान हुनसक्छ । त्यो कम्युनिष्टको नेतृत्वमा नै सम्भव छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ्ग बिचारधारामा आधारित कम्युनिष्ट पार्टीको नेतृत्वमा नौलोजनवादी क्रान्ति देश र जनताको अहिलेको आवस्यकता हो । यस्तो प्रष्ट हुदाहुदै पनि मानिसहरू कम्युनिष्टबाट किन टाडा हुन्छन् ? यही देशको बिडम्वना हो ।
वास्तबमा कम्युनिष्ट पार्टी भनेको भौतिकवादमा आधारित राजनैतिक पार्टी हो । हाम्रो समाज भनेको आध्यात्मकवादी परमपरामा हुर्केको छ र त्यसैभित्र उल्झेको छ । यही दुइटा परसपर बिरोधी तत्वहरूको असन्तुलनका कारण हाम्रो समाजले कम्युनिष्ट बिचारधारालाई पचाउन सकिरहेको छैन ।यसले कार्लमाक्र्सको त्यो भनाईलाई प्रष्टपारेको छ । धर्म भनेको अफिमको नसा हो ।.. नेपाली समाजले धर्म गर्न पनि लगातार पापनै गरेका हुन्छन् ।यस्तो रूढीवादी समाजमा भौतिकवादको विकास सजिलै हुन नसकेको हो । हाम्रो रूढीवादी बिचारधाराले शोषकहरूलाई द्रबिलो र प्रभावशाली बनाएको हुन्छ । आज पाठशाला जस्ता शिक्षण संस्थाहरूमा पनि आर्थिक जोह गर्न महाज्ञ अर्थात भगवानको आरधना गरिन्छन् । चरम रूढिवादी समाजमा भौतिकवादी बिचारधारा दुई ढुङ्गाको तरूल जस्तै बनेर बसेको हुन्छ ।
समाजमा आरन लगाउने इञ्जिनियर हरूलाई अपमानित गरिन्छ, तिरस्कार गरिन्छ । फूलबुट्टा भरेर मानव समाजनै सिङ्गारनेहरू अपहेलित हुन्छन् । यसो भन्दा अशान्दर्भिक नहोला तमाम श्रमजीविहरूको परिश्रम अबमूल्यन हुदै आएको छ । तमाम उनिहरूका आविस्कारहरूलाई अदिश्य र काल्पनिक शक्तीको चमत्कार भन्ने गरिन्छ । त्यसैले यो मानव समाजले ठिक वेठिक छुट्याउन नसकेको भन्नुपर्छ र यस्को भ्रत्शान गर्न हिचकिचाउनु हुदैन । यदि हामी कम्युनिष्ट बिचारधाराका व्यक्ति हौं र देशमा शान्ति सुव्यवस्था चाहान्छौ भने सर्वप्रथम रूढिवादमा आधारित तमाम बिचारधारालाई त्यागनु पर्छ र सही र सत्यतामा आधारित न्याय सङ्गत रोज्नु पर्छ । त्यसले हामीलाई भौतिक बिचारको नजिक पुराइदिन्छ  । भौतिक बिचार हामीले गह्रण गर्न सक्यौं भने बल्ल कम्युनिष्टको बाटो पचछ्याउन पुग्ने छौँ । जो हाम्रो देश र यो देशका जनताको हितमा हुने छ ।
अहिले जेन्जी आन्दोलनले थोरै समयमा धेरै उथलपुथल पार्यो ।त्यसतो किन हुनसक्यो ? जबकी कम्युनिष्ट क्रान्तिकारीहरूले साडे सात दशकसम्मको लामो यात्रामा गर्न सकेका छैनन् । यद्यपि जेन्जीड्ले उठाएका मुद्धाहरू उनिहरूले सुरू देखि उठाउदै आएका छन् । आर्को सवाल यँहीनिर उभ्भिन्छ, त्यो व्यवहारिक पक्ष । भ्रष्टाचारको बिरोध गर्नेहरू स्वायम भ्रष्टाचारी बन्दै गए त्यसैको परिणाम पटक पटक समाजमा बिस्फोट हुदै आएको छ । अहिले त्यो आन्दोलनको नेतृत्व देख्दा जेन्जीले गरेको जस्तो लाग्छ ।तर त्यो कति सत्य हो भन्नेबारेपनि छर्लङ्गै हुँदै आएको छ ।
माथि भनेको जस्तै अहिलेको अबस्थामा क्रान्तिकारी पक्षको आत्मगत अवस्था तैयार छैन । क्रान्तिकारी शक्तिको आत्मगत अबस्था तैयार हुन नसक्दाको नतिजा बिष्फोटलाई उस्तै शक्तिले हत्याएको हुनसक्छ । देशभक्त शक्ति कम्जोर भएको बेला विदेशीको झोलीमा पर्ने उत्तिकै खतरा हुन्छ ।