Advertisement Banner
Advertisement Banner

१२ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बुद्धको देशमा दैत्य हरुको शासन

१९ मंगलबार , कार्तिक २०८२एक बर्ष अगाडि

बुद्धको देशमा दैत्य हरुको शासन

सत्य हो कि असत्य थाहा छैन स्कुले जीवनमा गफ हुन्थ्यो सुडानका  तानाशाह  तत्कालिन  राष्ट्रपति इडी अमिन ९१९७१ (१९७९ ०जसले   नागरिक सरकार लाइ अपदस्थ गरि सत्तामा पुगेका थिए उस्न्ले मानिसको गिदी खान्थे रे। अहिले बुद्धभूमिकुनै बेलाको शान्ति क्षेत्र नेपालमा प्रमुख वा ठुला  भनिने  राजनैतिक दलका जिम्मेवार नेताले  सार्बजनिक रुपमानै बिरोधि लाइ ूकिमा र कवाफ ूबनाउने दैत्यको जस्तो बक्तब्य दिएको  सुन्दा हामि नेपाली  सत्ता स्वार्थको लागि कुन हद सम्म तल झार्न सक्छौ कति हिंसात्मक अमानबिय र तानाशाही सोचको राजनीति गर्दैछौ रु यस्तो सुन्दा रौ  नै ठाडो हुन्छ समाज देश कता जाँदै छ चिन्ता लाग्छ। बिरोधि लाइ ूकिमा र कवाफ ू बनाइ दिने रे के मानसिक स्वास्थ्य सामान्य भएको नेताले यस्तो सोच्न र व्यक्त गर्न सक्छ रु सार्बजनिक रुपमा यस्तो अमानविय र दण्डनीय बक्तब्य दिन मिल्छ रु
यस्तो हिंसात्मक र भड्काउ बक्तब्य सार्बजनिक हुँदा राज्य राज्य संयन्त्र मुर्दा शान्तिमा रमाई रहेको छ। के यहि होइननेपाल  असफल हुनुको प्रमाण रुभ्रष्टाचार दण्डहीनता अराजकता असुरक्षा हिँसा अस्थिरता लुट बलात्कार बिकृति विसंगतिको पहाड अनिकानुन ब्यबस्थापनमा  निश्प्रभाबी वा असफल सरकार। यस्तो अराजक हिंसात्मक बोलि सुन्नु पर्दा बेद र बुद्धको उद्गमस्थल नेपालको नागरिक कसरि भन्न सकिन्छ रु जहाँ नास्तिक र हिंश्रक हरुको राज छ। लाजले आज नेपाल र नेपालीको शिर निहुरिएको छ। दशक हुन् लाग्यो बिस्वकै न्यूनस्तरको बिबेक भएका नागरिकको सुचिमा परेको हामि अझै सुध्रिने भन्दा खस्कने बोलि र ब्यबहारमा नै छौ कहिले सम्झने महामानव बुद्ध लाइ र बेद लाइ रुकठै कस्तो थियो यो देश दैत्य हरुको कुशासनको कारण कस्तो  हालतमा पुग्यो।

गान्धीले भन्नु भएको थियो ूहिंसात्मक बिद्रोहले हिंसात्मक स्वतन्त्रताको जन्म दिन्छ जसले भारत मात्र होइन बिवा लाइ पिरोल्ने छ ूआज नेपाल ठिक त्यहि नियति भोगी रहेको छ। कथित माओबादको नाममा नेपालमा १० बर्ष जुन हिंसात्मक र अराजक बिद्रोह भयो त्यसले नेपालमा हिंसात्मक र अराजकताको स्वतन्त्रता दियो जसले आज नेपालकै अस्तित्व समेत धरापमा पारेको छ। स्मरण रहोस १० बर्षे हिंसात्मक बिद्रोहमा जति हत्या लुट बलात्कार आगजनी तोडफोड भयो कथित माओबादीले नेपालको राजनीतिको मुलधारमा आए पछी  ३ गुणा बढी मानिसको हत्या लुट बलात्कार आगजनी तोडफोड भएको प्रहरी तथ्यांक छ। ६३ पश्चात नेपालमा बिभिन्न बिबादमा २५ हज्जार नेपालीको हत्या भएको र जुन अझै अकल्पनीय रुपमा बढी रहेको छ।
यसरि राजनीति लाइ भ्रष्टीकरण र  अपराधीकरण गरे पछी ग्रे लिस्टमा परेको देश कालो सुचिमा पर्ने जोखिम पनि बढेको छ। हिँसा र असुरक्षाको कारण देशमा लगानीको स्तर खस्कने क्रम बढेको छ। निरासा र पलायन बढ्दो छ। यस्तो संबेदनसिल तरल अबस्थामा देशमा ४र५ दशक सम्म राजनैतिक अनुभब गरेका पाका नेतृत्व बर्गले आफ्नो बिबेक गुमाएर थप हिँसा लाइ प्रोत्साहन गर्ने कि सहिष्णुता सद्भावना प्रेमिल र समझदारीको बाटो खोज्ने रोज्ने रु राजनीति नै त् हो देश लार जनता लाइ जोड्ने अब नेतृत्व नै हिंसात्मक असहिष्णु बनि दिए पछि देशको भबिष्य कस्तो होला रु
बुद्धको देशको मर्यादा सम्मान बढाउँन प्रत्यक नेपालीले आफ्नो बिबेक लाइ सदुपयोग गर्नु पर्छ दायित्व निर्वाह गर्नु पर्छ। दोष होइन आफु असल भएको उदाहरण दिन सक्नु पर्छ। स्वतन्त्रता र अधिकारको मर्म र अर्थ अर्कोको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने दायित्व पनि हो यो  चेत के नेता के जनता सबैमा हुनु पर्छ। देश कुनै बाद दल पद्धती वा नेता बिशेषको होइन सबैको सह अस्तित्व र सम्मान हुनु पर्छ तब मात्र देशको एकता बलियो हुन्छ राष्ट्रको सम्मान बढ्छ।
दैत्य सोच त्यागौ बुद्धको शन्देश लाइ आत्मसाथ गरौ।