Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

सलाम देवनारायण...

१७ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

शाश्वत शर्मा - अहिले दुई कुरो चर्चित छन् मुलुकमा। सप्तरीको तिलाठी र त्यहीका वीर नेपाली देवनारायण यादव। यही साउन १३ गते छिमेकी मित्रराष्ट्र (?) भारतको तर्फबाट खाडो नदीमा एकतर्फी रुपमा नदीको मुहानै थुन्ने गरेर भारतीय पक्षबाट बाँध निर्माण गरेपछि सप्तरीवासी आक्रोसित भए। खाडोनदी नेपालको सप्तरीको तिलाठी र भारत विहारको सुपौल जिल्ला अन्तर्गत कुनौली ग्राम पञ्चायतको वीचबाट बग्छ। त, भारतले एकतर्फी रुपमा बाँध बाँधेर नेपालतर्फ डुबान पार्न लागेपछि सप्तरीका अन्य नेपालीहरु झैं पूर्व जिविस सदस्य देवनारायण यादव पनि आक्रोसित भए। उनी र उनका साथीहरुले भारतीय पक्षको वीरतापूर्वक प्रतिकार गरे। अहिले त्यसैको फलस्वरुप त्यहाँ बाँध बाँध्न रोकिएको छ। भारत पछि हटेको छ।

सानै प्रयास स्वरुप नेपालीहरुको एकता र वीरताले त्यत्रो विशाल भारत रोकिएको छ। भनिन्छ, भारतले नेपालको ६० हजार एकड भूभाग जबरजस्ती हड्पेको छ। तर काठमाडौं बोल्न डराउँछ। अरु त अरु आफ्नै भूभाग, जसमा रानजीति गर्नु पनि छ, त्यो भूभाग भारतमा गाभिदा पनि मधेसी नेताहरुसमेत चुइँक्क बोल्दैनन्। मधेसी जनताका लागि काठमाडौंमा लड्ने नेताहरु नेपालको भूभाग नै भारततिरजाँदा पनि एकशव्द नबोल्नुले यिनीहरु पनि भारतीय नै भएको प्रष्ट हुन्छ। अव नेतृत्व नै चुपचाप भैदिए जनता बोल्ने कुरै थिएन। अलि अलि काठमाडौंबाट निस्कने पत्रिकाहरु यस सम्बन्धमा बोल्थे, केही पत्रकारहरु आवाज उठाँथे। बाँकी सिमानाको सुरक्षा लिएर बसेको निकाय पनि खुलेर बोल्दैनथे। भारतको यतिबिघ्न भय। यदाकता सरकारलाई रिपोर्टसम्म दिएको भन्ने सुनिन्थ्यो तर जनतालाई सुसूचित गर्ने र यस सम्बिन्धमा रोकथाम गर्ने कार्य गरेको कहिल्यै सुनिएन। तर अव...देवनारायण यादवजस्ता वीर नेपालीहरुको आश छ। तिलाठी र सप्तरीका जनताहरुले जसरी आफ्नो भाूभागलाई डुबानमा पर्नबाट बचाए, त्यस्तै खालको हिम्मतको आश छ। नेपाल सरकारमा जो जान्छन्, तिनीहरु त भारतको दास नै हुने गरेका छन्। तर जनतामा स्वाभिमान रहेछ भन्ने फेरि एकपटक पुष्टि भयो। अरु त अरु मधेसीहरुमा नेपालीत्व खोज्ने पहाडेहरुको पनि मुखमा टालो कोचिदिए सप्तरी तिलाठीका देवनारायणहरुले। त्यसो त, दौरा सुरुवाल लगाएका र पहाडे अनुहार भएका नेपालीहरुले नै गरेका छन् जे पनि गलत सन्धि सम्झौताहरु भएका छन्। राष्ट्रघाती सन्धि, सम्झौताहरुमा, प्रायः पहाडेहरुले नै हालीमुहाली गरेका छन् तर नेपाल सधैं भारतबाट पिल्सिएको पिल्सियै छ। पहाडे सत्ताधारीहरु कसैले बोल्ने र प्रतिकार गर्ने आँट नै गरेनन्। पहिलोपल्ट मधेसको राष्ट्रवाद जाग्यो।

तर अव...। जस्तो कि माथि उल्लेख गरियो। नेपाली जनता जागरुक हुन खोजिरहेको आभाष मिलेको छ। सकार त सुन्दैन, बुझ्दैन, अव देवनारायणहरुजस्ता नेपालीहरुले केही गर्लान् कि? नेपाली जनता संगठित भएर प्रतिकारमा उत्रियो भने, विशाल भारत समेत पछि फर्कन बाध्य हुँदो रहेछ भन्ने तिलाठीको घटनाले प्रमाणित गरेको छ। तसर्थ, अव नेपाली जनता संगठित हौं। आफ्नो भूभागको रक्षार्थ एकजुट हौं। नेताहरु त बोल्दैनन्। भारतीय सहयोग र समर्थनमा सत्ताको खेलमा लागेकाहरुले नबोल्नु स्वभाविक पनि हो तसर्थ, सप्तरीका देवनारायण यादवजस्ता वीर सुपुत्र लाखौंल्ााख उत्पादन गर्न थालौं देशको रक्षार्थ। यसको विकल्प छैन।

सलाम छ, देवनारायणहरुलाई।