
कात्तिक २० गतेसम्म आठौटापार्टीको एकता घोषणा गर्ने पार्टीको नाम नेकपा समाजवादी राख्ने । र जुनाव चिन्ह पांचकुने तारो राख्ने निर्णय भएको थियो । पछि एक एक गरेर दुइवÞटा गुटहरू सामिल भएपछि नौं पार्टी बिच एकता भयो, प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक बने । तर माओवादी र नेकपा स का शक्तिशाली नेताहरू यो सहमतिबाट उछिट्टिन पुगे । जसका कारण यो एकताको स्थायित्वमा प्रश्न उठ्न पुग्यो, सम्पूर्ण विश्वास हुनसकेन ।
यद्यपि, धन्यवाद जेन्जी बिद्रोहलाई जसले साडे सात दशक देखि टुक्रिंदै आएका कम्युनिष्टहरूलाई ऐना देखाउन सफल भएको छ । यो पनि एउटा ऐतिहासिक संदेश मान्नुपर्छ ।
पार्टीको राजनीताक सीध्दान्तबाट माओवाद हटाएर माक्र्सवाद –लेनिनवाद राख्ने । यो संदेश बाहिर मिडियामा आएको छ । राजनीतिक सिद्धान्तमा यति ठुलो परिवर्तन् भएको जस्तो देखेर कयौंलाई अपच पनि हुनसक्छ ।
हतास र निरास हुनुपर्दैन यो अहिलेको औपचारिक घोषणा मात्र हो । सैद्धान्तिक र व्यवहारिक रूपमा उनिहरूले माओवाद छाडिसकेको धेरै भयो । त्यो मात्र होइन माले सिद्धान्तबाट पनि उनीहरू धेरै अगाडी बढी सकेका छन् । यसरी उनिहरू बिचमा एकता हुनु भनेको अहिलेको अबस्थामा पार्टीको अस्तित्वको रक्षा गर्ने उद्देश्यले नै हो । जेहौस् अबको यो पार्टी एकता लेनिनको आलुको बोरी नबनोस् त्यही कामना गर्दछौँ । तथापि वाम खेमाभित्रै आलुको बोरीको चर्चा छ ।
यो ऐतिहासिक कार्यमा जुटेकाहरू ः– (१)माओवादी केन्द्र, (२) माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, (३) महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, (४) विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, (५) प्रेमबहादुर सिंह समूह, (६) राजु कार्की नेतृत्वको नेकपा समाजवादी (७) सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, ८ कर्णजीत बुढाथोकी लगायत अन्य दुइटा दललाई मिसाएर नेकपा नौवÞटा दलबीच एकताको घोषणा भएको छ ।
एकता प्रक्रियामा रहेका दलका नेताहरूले एकता घोषणा गरी निर्वाचन आयोगमा नयां दल दर्ताको निवेदन दिने तयारी गरेका छन् । त्यसवारेमा सयुँक्त बयान पनि हस्ताक्षर सहित आएको छ ।
आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नु प्रने छ भनेको छ । त्यसैलाई मध्यनजर गरेर उनिहरूले यो एकताको प्रकृया पुरा गर्दैछन् ।साहिद नौवÞटा पार्टीहरूको बिचमा गृहकार्य पार्टी एकता पछि बिस्तारै हुने समझ्दारी बनेको हुनुपर्छ ।
त्यसरी गरिएको एकता कत्तिको बलियो हुन्छ भन्ने कुरा भबिश्यले पुष्टी गर्ने छ । केहि दिन पहिले नेकपा माओवादी केन्द्रको सचिवालयको बैठकले आधिकारिक रूपमा भनेको भएता पनि उनिहरूका शीर्ष नेता पार्टी एकताको विरोध गर्दै आएका जनार्दन शर्मा भने त्यो बैठकमा सहभागी थिएनन् भन्ने कुराको जानकारी आयो । प्रचण्ड भने जनार्दनलाई समयमै फर्किन अनुरोध गरेका छन् । जनार्दन र विप्लव कम्युनिष्ट केन्द्र बनाउनतिर लागेका छन् ।
यदि पार्टी एकता हुन्छ भने उनिहरूलाई बधाई छ । तर यो फेरी चुनावका लागि मात्र नहोस् । दीर्घकालिन रूपमा बलियो एकता हौस् ।
एकातिर एकताको प्रकृया चलेको छ भने आर्को तिर फूटको बतास पनि रोकिएको छैन । एमाओवादी केन्द्रमा फुट् हुने सङ्केत पनि उत्तिकै तृवरूपमा देखिएको छ । जनार्दन शर्मा पहिले देखिनै असन्तुष्ट छन् । समाजवादीमा फुट भैसकेको छ । पार्टीको नाम जेसुकै राखेपनि खासै फर्क पर्दैन जबसम्म व्यवहारमा सुधार हुदैन । समधुर सम्बन्ध कायम हुन सक्दैन । सबैभन्दा प्रमुख बिषय सिद्यान्त र कार्यन्वयन पक्ष अर्थात व्यवहार नै हो ।
राष्ट्रिय राजनैतिक पार्टी देश र जनताको हितमा हुनुपर्ने हो तर हाम्रो देशमा ब्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पद प्रतिष्ठाको बाँडफाड गरिने हुँदा पार्टी एकता भन्दा बढी फुट हुँदै आएको छ । यहाँ हल्ला पार्टी एकताको तर प्रयास फुटको गर्ने गरिन्छ ।एकताको आवरणभित्रको यथार्थ फुटको खेल नै भएको हुन्छ । नेपालको कम्युनिष्ट इतिहास त झन् फुटैफूट र आरोप प्रतिआरोपले भरिएको पाइन्छ । विश्वको कम्युनिष्ट आन्दोलन भन्दा पनि हाम्रो देशको कम्युनिष्ट आन्दोलन बेग्लै र बिडम्वनायुक्त छ ।हुन त विश्वमै कम्युनिष्ट आन्दोलन् रक्षात्मक अबस्थामा छ तर पनि हाम्रो देशको कम्युनिष्ट आन्दोलनले जनताको साथ सहयोग पाएर पनि ७७ वर्षमा २३ % कम्युनिष्ट नैतिक्ता अप्नाउन सकेको देखिदैन ।
यति ठुलो जनताको साथ सहयोग पाएका एमाले र एमाओवादी केन्द्र आज यस्तो दयानिय अवस्थामा परिणत भएकाछन् एमाओवादीले त आफैले पद प्रदर्शनको सिध्दान्तको रूपमा मान्दै आएको माओवाद समेतलाई तिलाञ्जली दिने कगारमा आइपुगेको छ । हिंजोका दिनहरूमा माओवादलाई उनिहरूले पार्टीको सैद्धान्तिक हतियारको रूपमा मान्दै आएका थिए त्यो अहिले त्यो सिद्धान्त छाडेका छन् । हुन त त्यो घाणो झुन्डाएर मात्र पनि काम लाग्दैनथ्यो । बज्दै न बज्ने घाँडोलाई भिर्नु वा झिक्नुले खासै अर्थ लाग्दैनथ्यो पनि ।
केही आफूलाई कम्युनिष्ट भनेर दाबी गर्नेहरू धुँदा धुँदा ओरिज्नलबाट डुप्लिकेट भैसकेकाछन् । दुधमा पानी हालेर पानीको रङ पनि सेतो त भएको छ तर दुधको स्वाद भने छैन । नेपालको कम्युनिष्ट आन्दोलनको अवस्था त्यस्तै भएको छ ।
वि.स. २००६ बाट अहिलेसम्मका कम्युनिष्टका तमाम् हांगावाङ्गाहरूले आफूलाई कम्युनिष्ट क्रान्तिकारी भन्न छाडेका छैनन् । यस माइनेमा साहिद डा.बाबुराम भट्टराई अलि इमान्दार रहेछन् भन्न सकिन्छ । उनले भने लामो समयपछि आफु र आफ्नो पार्टीलाई कम्युनिष्ट नाउबाट चिनाउन छाडेका छन् र देशमा कम्युनिष्टको अब आवस्याकता नभएको पनि भन्दै आएका छन् । एमालेबाट हाम्फालेका दुर्गा प्रसाई त झनै रायमाभीmलाई उछुनेर कटर राजावादी बनेकाछन् । कम्युनिष्ट बिग्रियो भने कुहेको अण्डा जस्तै हुन्छ भनेर भनेको कहावÞत केसरजङ रायमाझिबाट दुर्गा प्रसाई सम्मको यो जमातले पुरा गरेको छ । बिस्तारै क्रान्तिकारी कम्युनिष्ट पार्टी र अबसरवादी दक्षिणपन्थीहरू फिल्टर हुनेछन् । यदि त्यसो भयो भने छिट्टै क्रान्तिकारी कम्युनिष्ट पार्टी बलियो हुने छ । जसले राष्ट्रियता र जनताको लागि नयाँ अभियान सुरू गर्नेछ ।
अहिले कयौं गुटमा बिभाजित कयौँ नेताहरू अँझैपनि आफू ख्रुश्चेभको गोठालो बनिसक्दा पनि आर्कोलाई कालो भन्न छाडेका छैनन् ।
बाचुञ्जेलसम्म पदमा जुको झैँ चप्किने र देश विदेशको भ्रमण गर्ने औषधी उपचार गराएर आफू तन्दुरूस्त हुने कार्यक्रतालाई लडाउने मराउने यही उनिहरूले गरेको विकास हो । देशको अवस्था जस्तो भएपनि जनताको अवस्था जतिसुकै बदहाल भएपनि उनिहरूको चिन्ता भनेको आर्थिक सङ्कलन र पद प्रतिष्ठाका लागि गरिने दाउँपेच यही परायजसो कम्युनिष्ट नेताहरूको प्रयास हुदै आएको छ ।आफू खुसहाल हुनुनै उनिहरूको मुख्य उद्देश्य हो ।
कयौं मैन पावरको दालाली र सहकारी संस्थाहरूमा उल्झिएका छन्, कयौँ प्लाटीङ्का नाइके छन । यस्तो अबस्थामा उनै बोक्शी उनै धामी भएका छन् । आफैले भ्रष्टाचार गर्ने र आफै भ्रष्टाचारको बिरूद्धमा नारा लगाउने दोग्लो नीतिका पारखीहरू हुन् ।
झण्डै आठ दशकको बृद्धा हुँदासम्म कम्युनिष्ट पार्टीले राष्ट्रियता र जनतन्त्रको हितमा गुणत्मक विकास गर्न सकेन । क्रान्ति सङ्घारसम्म आएर फिर्ता गयो तर उनिहरूको सद्बुद्धी आएन । नेताहरूमा कम्जोरी हुदैनथ्यो भने देशमा नौलोजनवादी सरकार हुने थियो ।
तर आज नयाँ जनवादी क्रान्त होइन बरू समाजवादी क्रान्तिका कुरा गर्दैछन् । गाउँलाई नगरपालिकाको दर्जा दिएर विकास भयो भन्नु र देशमा समाजवादका कुरा गर्नु एकै एकै हुन् । यसबारेमा कसैलाई चिन्ता छैन । देश अहिले पनि अर्ध सामन्ती युगमा छ, अर्ध उपनिवेसिक अबस्थाबा छटपटाइरहेको छ ।
यदि देश र जनताको हितको योजना हुन्थ्यो भने पार्टी यसरी बिभिन्न गुट उपगुटमा बिभाजन हुनेनै थिएन । मैत्रिपूर्ण छलफल हुन्थ्यो र देश र जनताको हितमा एउटा साझा मुद्दा अगाडी सारेको हुन्थ्यो । आपसमा वर्गिए मित्रता हुन्थ्यो तर अहिले त कम्युनिष्टले कम्युनिष्टलाई नै नग्याउने प्रयासमा छन् । जनताले कम्युनिष्ट सम्झेर दुई तिहाई मत दियो । ताकि उनिहरूले हामी अल्पमतमा भएर काम गर्न सकेनौं भन्ने मौका नहोस् । तर पनि उनिहरूको घैटोमा घाम कहिल्यैई लागेन ।
अहिले उनैले भन्छन् जेन्जीले ठिक गर्यो देशमा भ्रष्टाचार चरम अबस्थामा थियो । आफू सरकारमा तर भ्रष्टाचार गरेको आरोप आर्कैको सिरमा जडेका छन् । जनतालाई उल्लु बनाएर आफ्नो स्वार्थ पुरा गर्ने प्रयास हो । जनतालाई भेंडा सम्झिने भुल नगरे हुन्छ ।
अबका जनता सचेत छन् आफ्नै विवेकले काम गर्नेछन् ।अँझैपनि राजनैतिक पार्टीहरू सचेत नहुने र आआफ्नो दृष्टिकोणमा सुधार नगर्ने हो भने देशभित्र फेरी यो भन्दा पनि भयानक आन्दोलन हुने छ । तसर्थ सबै राजनैतिक दलहरूलाई सचेत र संगठित गर्नु आज समयको माग हो । एकता स्वार्थका लागि होइन देश र जनताको लागि हुनुपर्छ,कम्युनिष्ट सिध्दान्तको रक्षाका लागि हुनुपर्छ । उनिहरूले गरेको एकताले अवश्यपनि सन्देश सकारत्मक दिने छ भन्ने कामना गर्नुपर्छ ।


