Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सर्वपक्षीय संवादबाट मात्र निस्किन्छ निकास

०३ मंगलबार , मंसिर २०८२५ घण्टा अगाडि

सर्वपक्षीय संवादबाट मात्र निस्किन्छ निकास

जेन–जी आन्दोलन पछि अनेक प्रश्न उठेका छन् भन्दै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले यो संकटको निकास सर्वपक्षीय संवादबाट मात्र निस्कने विचार व्यक्त गर्नुभएको छ उहाँका संवाद, सहमति र सहकार्यको प्रस्ताव उचित र समयोचित भनेका छन् । उहाँको विचार छ–
सुधारको बाटो जेन–जी आन्दोलनको प्रत्यक्ष रूपमा र त्यसभित्र अन्तर्निहित नेपाली जनाताको निराशा चिर्दै आशा सम्बोधन गर्ने दीर्घकालीन रणनीति के हो ? त्यसरी हे¥यो भने हाम्रो जिम्मेवारी ठूलो छ । केवल निर्वाचनले मात्रै यो आन्दोलनको मर्म पूरा हुन्छ जस्तो मलाई लाग्दैन । सायद खोजेको पनि त्यो होइन । खोजेको केही बढी हो, तर हुन गइरहेको केही कम देखिएको छ । यसमा तालमेल नमिलाई चुनाव भए फेरि त्यही प्रश्न दोहोरिन्छ । चुनावको औचित्यमा फेरि प्रश्न उठ्छ । 
..अहिले हामी जटिल अवस्थामा छौँ । जुन मार्गचित्रमा हामी गइरहेका छौँ, त्यसबाट पनि निधोको स्पष्ट आभास भइरहेको छैन । यो अनिश्चय वा अनिर्णयको संघारमा हामी उभिएका छौँ । त्यो अस्पष्टता भनेको राज्यले सहन नसक्ने अवस्था हो । राज्य त स्पष्ट हुनैपर्छ, कुन बाटोमा जाने ? त्यो बाटोमा कसरी चाँडोचाँडो हिँड्ने र लक्ष्य प्राप्त गर्ने भन्ने कुरामा रणनीति र कार्यनीतिसहित अगाडि बढ्नुपर्ने हो, त्यो छैन । ..यो मुभमेन्ट आफैँमा ठूलो विस्फोट हो । शान्तिपूर्ण उद्देश्यले गरिएको आन्दोलन अशान्तपूर्ण अन्त्यमा पुगेको छ । क्षति अपूणरणीय भएको छ । त्यसको जिम्मा कसले लिने त्यो देखिँदैन । नाफाखोर त अवश्य होलान्, यसको जिम्मा लिन कोही कस्सिएको देखिँदैन । 
व्यापारिक संघसंस्थाले ढुक्कसाथ लगानी गर्ने क्षमता गुमायो । यो अवस्थामा देश लगानीका लागि योग्य छैन भन्ने भाव व्यापारीले बोक्यो भने त्यो झन् त्रासादीपूर्ण हो, त्यो कुनै फिगरभन्दा माथि हो । त्यसलाई कसरी सम्बोधन गर्ने ठूलो चुनौती छ । समाधानको नीति अविलम्ब सरकारले लिनुपर्ने थियो र लिनुपर्ने छ । सरकारले आर्थिक क्षेत्र, प्रहरी र कर्मचारीतन्त्रको मनोबल बढाउनु पर्नेछ । जेन–जी आन्दोलनमा कसैको सम्पत्तिमा आगलागी लुटपाट हुँदा भोलि अर्को आन्दोलनमा मैले क्षति व्यहोर्नु पर्दैन भन्ने सुरक्षाको आधार के ? हरेकले त्यो संघारमा भोलि म पनि हुन सक्छु भन्ने त्रासदिमा बाँच्नु प¥यो भने देशमा बस्न चाहनेको संख्या बढ्छ त ? 
सरकारले प्याकेज घोषणा गर्नुपर्छ । त्यो कुनै भाषणबाट आउने होइन, त्यो भोग्न सकिने क्रियात्मक आश्वासनबाट मात्रै आउन सक्छ । यो ६ महिनामा चुनाव त गर्न सकिन्छ, तर गुमेको विश्वास र अवसर ती ६ महिनामा पुनस्र्थापना गर्न सकिने खालका छैनन् ।
जेन–जी पुस्ताले अहिले मुख्यगरी भ्रष्टाचार नियन्त्रण र सु–शासन दुईवटा शब्द उठाइरहेको सुनेको छु । त्यो हुन्छ किन ? त्यसको पृष्ठभूमि त होला नि ! कानुनमै छिद्र राखेर धराप थापेपछि हुन्छ भष्ट्राचार । त्यो सजिलैसँग कहाँ निणन्त्रण हुन्छ ? प्वाँल टाल्नुपर्ने हुन्छ । हाम्रोमा नीतिगत, कानुनी, संरचनागत चारित्रिक समस्या छ । हामीले चरित्र निर्माणमा ध्यान दिएकै छैनौँ । हामीले नैतिक शिक्षा कति पढ्छौँ ? मौका नपाउँदासम्मका इमान्दार धेरै पाइन्छ । यो ठूलो प्रश्न हो । संविधान, राजनीति, न्याय, चरित्र, ऐन कानुन, प्रक्रिया सबै ठिक हुनु प¥यो ।
जेन–जीले मागेको सु–शासन र भष्ट्राचार कुनै वस्तु होइन । माग्नेलाई त्यति सजिलै दिन सकिने विषय होइन यो । यी सबै कुरा ठिक भएपछि बल्ल सु–शासन हुन्छ । यसका लागि राज्यले आफूलाई पुनरावलोकन गर्नुपर्नेछ । संविधान परिवर्तन मिलेर भन्नुपर्छ ।
यक्ष प्रश्न छ, आगामी दिनमा कुन बाटो हिँड्ने तय गर्नुपर्नेछ । सुरक्षा निकाय, कर्मचारीतन्त्र, आर्थिक, राजनीतिक समस्या छन् । एक पक्षले हार्ने, अर्को पक्षले जित्ने होइन । यसरी हार्ने जित्ने भएर समाधान हुँदैन । सबैलाई जिताउने र समेट्ने सोचबाट संवाद गर्नुपर्छ । अहम्लाई एकातिर राखेर सद्भाव, सौहार्दता, सहकारिता समन्वय यी धेरै ‘स’लाई मिलाएर संवाद गरौँ ।
राजनीतिक वृत्तलाई पनि भन्छु ।  त्यसैले यो चुनौतीलाई सबै मिलेर बुद्धिमतापूर्वक सम्बोधन गर्नुपर्छ । राष्ट्रको जग फेरि जरासम्म हाल्नुपर्छ ।
यो जिताउने हराउने बेला होइन । यसलाई त सहन सक्ने बिन्दुसम्म कि टार्नुपर्छ कि सम्हाल्नुपर्छ । विवादका कारण र पक्ष छन् तिनलाई मध्यस्थता र मेलमिलापको माध्यमबाट समाधान गर्न सक्नु प¥थ्यो नि । राज्यले संवाद नगरी अन्य अस्त्र प्रयोग गर्नु हुन्न भन्ने मलाई लाग्छ । त्यसकारण यो संवाद अर्थपूर्ण मानेको छु । जेन–जी,भाइबहिनी भन्दा हेपेको जस्तो हुन्छ । १६ वर्ष पुगेपछि त ‘पितापुत्र समाचार्य’ बाबुछोरा पनि मित्रवत् बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ । जेनजींहरूले परिवर्तनको रफ्तारलाई निरन्तरता दिनुस् । व्यवसायिक क्षेत्रले पनि आफ्नो जिम्मेवारी बुझेर, शोकबाट मुक्त भएर समाधानको मार्गप्रशस्त गर्ने पुनस्र्थापनाको एप्रोच राखेर काम गरौँ ।