Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

नेपालमा शाहबंशले कति हालीमुहाली गरे ?

०३ मंगलबार , मंसिर २०८२५ घण्टा अगाडि

नेपालमा शाहबंशले कति हालीमुहाली गरे ?

स्वयम्भुनाथ कार्की --------  
जंगबहादुरले स्थापना गरेको राणा शासन एकसय चार बर्षसम्म थपनाको राजा थापेरै कायम राखिएको थियो । राणा शासनको अन्त्य पछि नेपाली कांग्रेसले फेरी राजालाई थपना नै राख्न चाह्यो । यो कुरा पाुच बर्षमै राजा भएका त्रिभुवनको निमित्त सामान्य नै थियो । तर, संभवत महेन्द्रलाई पाच्य भएन । नेपालमा देशको सम्पुर्ण वागडोर आङ्खनो हातमा लिएर सत्ता चलाउने शाह वंशीय राजा केवल चार बटा मात्र भए । दुई हजार त्रीसठ्ठी सालबाट राजालाई पाखा लगाउने अभियान शुरू भएर मुलुक गणतन्त्र घोषित भएकोे छ ।
नेपालको एकिकरणको नेतृत्व गर्ने पृथ्वि नारायण शाहले आङ्खनो सम्पुर्ण कार्यकाल भरि नै आङ्खनै हातमा शासनको वागडोर राखे । उनको कार्यकालको सबैजसो हिस्सा एकिकरण अभियानमा नै खर्च भयो । तथापि आगामी शासकको निमित्त मार्ग दर्शनको रूपमा केहि उपदेश छोडेर गए । उनको आत्मकथा शैलीमा टिपेर प्रकाशमा आएको दिव्य उपदेशले धेरै कुरा भन्छ । तर देशको एकिकरण नै शोषक तथा सामन्ति कदम थियो भनेर भन्न उत्प्रेरित गर्ने अहिलेका हालीमुहाली गर्ने दलहरूको दृष्टिकोणले गर्दा कुनै भुभाग नेपाल नै होईन नेपालले उपनिवेश बनाएको भन्ने आवजहरू बाक्लिन थालेका छन । यही क्रम रहने हो भने नेपाल अखण्ड रहोस भन्नेहरू दण्डित हुने अवस्था हुन सक्छ ।
बडामहाराजले जितेको वा एकिकरण जे भने पनि गरेको नेपालमा उनका सन्तानहरूले नेपालमा कति हालीमुहाली गरे त्यो रोचक छ । पृथ्वि नारायण शाहका छोरा प्रताप सिंह शाहले केवल दुई बर्ष सत्ता सम्हाले र आङ्खनो हातमा शासनको वागडोर राख्ने दोश्रा शाहवंशिय राजा भए । दुई बर्षका काखे बालकलाई थपना राखेर आफु संसारबाट बिदा लिए । यो नै नेपालमा  शिशुराजाको आरम्भ थियो । राजमाताको नाममा राजेन्द्र लक्ष्मी र काका बहादुर शाहले नै राजाको नाममा वास्तविक सत्ता सम्हाले । यो आलंकारिक राजाको पनि शुरूवात थियो । गिर्वाणयुद्ध विक्रम शाह पनि सानैमा राजा भए । बालक राजाको थपना राखेर भिमसेन थापाले लामो समयसम्म मुलुकमा हाली मुहाली चलाए । राजपरिवार भन्दा बाहिरका भएर पनि मुलुकमा हालीमुहाली चलाउने उनि पहिला व्यक्ति हुन पुगे । 
त्यस पछि राजेन्द्र विक्रम शाहले पनि सानैमा राजाहुने परंपरा थामे । आफुले त आङ्खनो करिब एकतीस बर्षिय कार्यकालमा बागडोर लिन सकेनन् । श्रीमतीलाई शासन सुम्पिन पुगे । उनकै कार्यकालमा नेपालको ईतिहासमा थापा र पाण्डेको आपसी कलहले मुलुक नै हल्लाउन पुग्यो । भिमसेन थापा, रण जंग पाण्डे, माथवर सिंह थापाहरू रानी राज्य लक्ष्मीलाई रिझाएर सत्ताको बागडोर आङ्खनो वरीपरी राख्न सफल भए । रानीको आज्ञाले आफ्नो मामालाई गोली ठोकेर जंगबहादुरले आगामी शताव्दिसम्मको राणा शासनको जग हाले । 
आङ्खना बाबुलाई सत्ता छोडन लगाएर सोह्र बर्षैमा शासन समाल्ने सुरेन्द्र विक्रम शाह पनि किशोरावस्था मै राजा भएका हुन । किशोर राजा रिझाएर आङ्खनो निमित्त श्री ३ को पदवि सहित महाराज भनाउन सफल हुन जंगबहादुर राणाको निमित्त कुनै कठिन काम थिएन । युवराज त्रैलोक्य विक्रम शाह जवान भई सकेका थिए । पकडमा राख्न आङ्खनो भाईको छोरीहरूसंग बिवाह गराउदा पनि उनलाई अचेट्न जंगवहादुरलाई हम्मेहम्मे परेको थियो । तर गद्धिमा चढन भन्दा पहिल्यै भएको उनको शंकास्पद मृत्युले राणा शासनको जग मजबुत ग¥यो भने रणबहादुर शाहदेखी आरंम्भ भएको थपना राजतन्त्रबाट शाहवंश मुक्त हुन पाएन ।
त्यस पछिका पृथ्वि वीर विक्रम शाह तथा त्रिभुवन विर विक्रम शाह शिशु राजा नै भए । तर हजुर बुबा त्रैलोक्य विक्रमको सोच त्रिभुवनमा आउँखा थपना राजा हुनुले उनको मन पोलेको हुनुपर्दछ । उनि राणाको चंगुलबाट मुक्त हुन चाहे, त्यसको निमित्त कोशिस गरे अनि सफल पनि भए । उनको यो सफलतामा लुकेरै भएको भए पनि भएको जनतासंगको सम्पर्कको महत्व छ । त्रिभुवनलाई राजकाज भन्दा राणाहरूको अपमानबाट फुत्कन जुन मोल पनि चुकाउन तैयार थिए । 
युवा महेन्द्र विर विक्रम शाहले गद्धि समाल्दा मुलुक संक्रमण कालमा थियो । छ बर्षको दलहरूको खिचातनी पछि आङ्खनो हातमा मुलुकको वागडोर लिन उनि सफल भए । त्यस पछिका एघार बर्षको शासन कालमा मुलुकको अन्तरराष्ट्रिय चिनारी, देशमा औद्योगीकिकरण, र विकासका पुर्वाधार बनाउने जस्ता काम आज कसैलाई मन परे पनि नपरे पनि भएका छन । 
युवा विरेन्द्र विर विक्रम शाहले आङ्खनै स्वेच्छाले वागडोर आङ्खनो हातमा राखेनन् । पूर्वार्धमा रानी ऐश्वर्यको हातमा र उत्तरार्धमा संवैधानिक राजा भएर दलको हातमा शासन सुम्पन पुगे । उनले बुबा राजा महेन्द्र भन्दा मान खाएर काम नगरी बस्न पाउने रानी एलिजावेथ पछ्याउन उपयुक्त माने । उनको शासनकाल सकृय राजतन्त्रको युग भनिएको २०२८ देखि २०४७ सालसम्म ऐश्वर्यको शासनमा प्रत्यक्ष हाली मुहाली देख्नेहरू जीवितै छन । उनको हत्या भए पछि राजा भएका ज्ञानेन्द्र विर विक्रम शाह शाहवंशमा दोश्रा माहिला छोरा गद्धि चढने राजा हुन् । आङ्खनो शासनको उत्तरार्धमा पुग नपुग दुई बर्ष मुलुकको बगडोर आङ्खनो हातमा माने ।
यसरी राजाहरूले आपैmले सत्ताको बागडोर थामेको जम्मा चौबीस बर्ष मात्र हो । राज परिवारका सदस्यहरू समेतले वागडोर थामेको गणणा गर्ने हो भने पेैसठ्ठी बर्ष ईतिहासले देखाउँछ । बाँकी एकसय पचहत्तर बर्षको हिसाब पनि अहिलेका अगुवाले खोज्नु नै पर्दछ ।