
हरि मञ्जुश्रीको खोज
यी महिला पोल्यान्डकी जोया प्याट्रिजा रहिछन् । यिनी क्याथोलिक इसाई परिवारमा जन्मेकी रहिछन् । तर इसाईहरूको व्यवहार देखेपछि इसाईप्रति उनको मोह भङ्ग भएछ । उनी अध्यात्मतिर ढल्किछन् । त्यसपछि उनले कुरानको अध्ययन गरिछन् । तैपनि उनको मन भरिएनछ । अनि उनले उपनिषदको अङ्ग्रेजी अनुवाद पढिछन् । बल्ल उनलाई आफ्नो आध्यात्मिक घर भेट्टाएजस्तो लागेछ । त्यसपछि उनले सनातन वैदिक धर्मसँग सम्बन्धित ग्रन्थका अङ्ग्रेजी अनुवादहरू भेट्टाएसम्म पढिछन् । अनि अरूलाई पनि ती ग्रन्थ पढाउन थालिछन् । अचेल उनी ‘हिन्दू फ्रम पोल्यान्ड’ नामक ब्लग र ‘हिन्दू धर्म सबैका लागि’ भन्ने फेसबुक चलाउँदी रहिछन् । पोल्यान्डमा उनका ब्लग र फेसबुक लोकप्रिय रहेछन् । उनका कारणले पोल्यान्डमा हिन्दूहरूको सङ्ख्या बढिरहेको रहेछ ।


