
एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गरेर सकृय पारेको छ । फोर्सका कमाण्डर पुष्पराज श्रेष्ठ वाईसीएल हुँदै एमाले प्रवेश गरेका गुण्डाका रूपमा चर्चा हुँदैछ । फोर्सले भनेको छ– सबैको ट्रय्राक गरेको छ, कसैलाई छोडिन्न ।
यिनी २०७५ भदौमा धम्क्याएर चन्दा उठाएको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्ति पनि हुन् । अहिले पनि फोर्सले धम्क्याउन र उठ्ती गर्न थालेको छ । प्रचारमा आएअनुसार पुष्पराज ४ वटा ज्यानमार्ने उद्योग, एउटा अपहरण र दुई वटा सार्वजनिक मुद्दामा सजाय पाएका व्यक्ति पनि हुन् । यिनी कहिले तत्कालीन माओवादी गृहमन्त्री रामबहादुर थापासँग र पछि केपी ओली निकट हुन पुगेका हुन् । उनलाई ओली निकट बनाएका महेश बस्नेतको ठूलो हात छ । ओलीको विश्वासपात्र महेशकै सिफारिसमा पुष्पराज नेसनल भोलेन्टियर फोर्सको नेतृत्व सुम्पिएका छन् । पुष्पराज अर्थात् चुनावअघि एमाले प्रतिरक्षात्मक बनेको हो ।
एमाले संसद पुनस्र्थापना भएन र चुनावमा जानुपर्ने भयो भने चुनावमा जानकै लागि जेनजीविरूद्ध पुष्पराजको सुरक्षाघेरा निर्माण गरेको विश्लेषण भइरहेको छ । विश्लेषकहरू भन्छन्– नेपालका दुबै छिमेकी र विश्वशक्तिले समेत बधाई दिइसकेको यो सरकारले गराउने चुनावको बिकल्प सोच्नु गलत छ, चुनाव हुन्छ, हुन्छ ।


