Advertisement Banner
Advertisement Banner

०९ सोमबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

भुटानको बुद्ध कूटनीति

०९ सोमबार , मंसिर २०८२१२ घण्टा अगाडि

भुटानको बुद्ध कूटनीति

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत ९ नोभेम्बरमा भुटानको दुई दिने भ्रमण गरेका थिए । भारतले भुटानलाई अहं महत्व दिएको छ र भुटान चीन वा पश्चिमी मुलुकतिर नलहसियोस् भनेर विशेष ध्यान दिने गरेको छ ।
भारतले भुटानमा १०२० मेगावाट क्षमताको जलविद्युत परियोजनाको उद्घाटन गरेका थिए । भूटान नरेश जिग्मे खेसर नामग्याल वांगचुकसँग विशेष वार्तालाप पनि गरेका थिए । राजा नामग्यालले एयरपोर्ट नै पुगेर मोदीलाई विदाई गरेका थिए ।
विशेष गरेर बुद्धको प्रतिमाका सामु उभिएर खिचेको यो तस्वीरले धेरै कुरा बोल्छ, अर्थपूर्ण पनि लाग्छ ।
बुद्ध नेपालमा जन्मेका हुन् भनेर हामी गर्व गर्छौं । तर बुद्धलाई विश्वव्यापीकरण गरेर बुद्धको महत्व बढाउन र बौद्धपर्यटनमा हामी अझै पनि चुकेका छौं । बौद्ध मुलुक भुटनाले बुद्धलाई साक्षी राखेर बुद्ध कूटनीतिमा धेरै अघि बढेको छ तर हामी परम्परागत असंलग्नतादेखि बुद्ध कूटनीति दुबैतिर चुक्दै गएका छौं ।