Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

किन कसैलाई बिझ्दैन?

२४ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

शाश्वत शर्मा - पहिले पहिले एसडी मुनी जो नेपालका लागि खुनी व्यवहार गर्थे। अहिले खुनी मुनीका बदलामा जोली निस्केका छन्, जो झेली काम रिरहेका छन्। कुनै जोली भन्ने भाजपाका बी या सी ग्रेडका एकजना नेता छन्। दिल्लीको राजनीतिमा रुमल्लिइरहने ती जोलीले केही पत्रकाहरुसँग कुरा गर्दै अव नेपालमा कुनै पनि हालतमा राजतन्त्र नफर्किने दावी गरेछन्। खासगरी महाभूकम्पमा पीडित भएकाहरुप्रति नेपालका पूर्वराजाले कुनै चासो नदेखाएकोमा ती जोलीको आपत्ति र गुनासो छ। नेपाल आउँदा ज्वाईं सरह मानमनितो पाउने भारतीय नेताहरुमध्येका एक ती विजय जोलीको यो भनाई केही नेपाली अनलाइनहरुले व्यापक रुपमा प्रचारप्रसार गरिरहेका छ्।

भाजपाका एकजना जिम्मेवार नेताले यस्तो कुरा गरेपछि स्वयं राजतन्त्रवादी नेपालीहरुले अचम्म मानेका छन्। भाजपा जब संघ मात्र थियो, त्यतिबेला देखि नेपालको राजदरवारबाट सहयोग लिइरहेको वर्तमान भाजपाका एकजना जिम्मेवार नेताले आफ्नो सार्वभौम छिमेकी मुलुकको आन्तरिक मामिलाबारे बोल्नु हुँदैनथ्यो। द्विपक्षीय सम्बन्ध, आर्थिक, राजनीतिक र सुरक्षा चासोमा मात्र सिमित रहनुपर्ने भारतीय नेताहरु यसरी बेला बेलामा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गर्छन्।

कुनै प्रभावशाली नेपालीले भारतमा पुनः राजा रजोैटाहरुलाई राज्य फिर्ता गर्नुपर्छ भनेर भन्यो भने त्यहाँका नेतादेखि लिएर प्रेस सम्मले कसरी खेद्छन्? काश्मिरलाई स्वतन्त्र राष्ट्र बनाउनुपर्छ भनेर आफ्नो मत कुनै नेपाली नेताले दियो भने विचरा त्यसको हाल के हुन्छ होला? तर, हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्दा कसैलाई पनि बिझ्दैन। अव यहाँका गणतन्त्रवादीहरु त चूपचाप बस्ने नै भए। किनभने नेपालमा राजतन्त्र पुर्नस्थापना हुँदैन भन्ने जोलीको हावादारी जोखाना छ। र, नेपालमा राजतन्त्रवादी नेपालीहरु निर्णय गर्न सक्षम छन्। राजतन्त्रवादी संघसंस्थाहरु पनि कार्यरत छन् । खोई कसैले पनि सत्यतथ्य बुझेर विरोध गर्ने आँट गरेनन्।

नेपालमा गणतान्त्रिक नै भए पनि राजतन्त्त फर्किन्छ, फर्किनुपर्छ। किनभने यो नेपालको आवश्यकता हो। नेपाल बाँच्नलाई पनि एकताको सूत्र चाहिएको छ। यति महत्वपूर्ण विषयलाई एकजना लठ्ठक भारतीयले भन्दा किन कोही पनि बोल्दैनन्? किन राजतन्त्रवादीहरुलाई बिझ्दैन? राजतन्त्र पुर्नस्थापना गर्ने पसल खोलेर दिन बिताउनेहरुले तुरुन्तै विरोध गरुन्। अन्यथा यी जोलीहरु उत्साहित भएर नेपालविरुद्ध झेली बोली र काम दुबै गर्दै जानेछन्। नेपालका मामिला नेपाली आफैले सल्टाउन सक्छन्, नेपालको निर्णायक नेपाली आफै हुन् भन्ने जोलीहरुलाई बुझाउनै पर्नेभो।